Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आनीहरू सामाजिक गतिविधिमा
आनीहरू सामाजिक गतिविधिमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १५, २०७८
IMG_7633
Hardik health
काठमाडौं– भिक्षुणी (आनी)हरूलाई सामाजिक गतिविधिमा सरिक गराउने उद्देश्यका साथ आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सम्पन्न भएको हो । समापनको क्रममा सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक ऊर्जाशील प्रेरणामा थपेको सहभागी आनी थुप्तेन ल्हामुले बताएकी छन् । यस्ता प्रशिक्षणहरूले आनीहरूको सवाल–जवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग पुर्‍याएको आनी फुन्जोक ल्हामुले बताएकी छन् । सो गोष्ठीमा सहभागी आचार्य पेमा रिन्छेनले अध्ययन र सिकेका ज्ञानगुनका कुराहरू सबैसामु खुलस्त भन्न सक्ने क्षमताको विकास गरेकोमा समितिप्रति खुसी व्यक्त गरिन । समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले मन्त्रालयको कार्ययोजनाअनुसार सम्बन्धित सरोकारवालाहरूबीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् । यसैगरी, कार्यकारी निर्देशक दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सीमित नगरी आम समुदायमा पुर्‍याउनु आजको आवश्यकता रहेको बताए । उनले इशापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले आफ्नी छोरीमार्फत धर्म प्रचारप्रसार गरेको स्मरण गर्दै बौद्ध धर्मलाई सबैसम्म पुर्‍याउनु पर्ने बताए । कार्यक्रममा १३ वटा गुम्बाका आनीहरूको सहभागिता रहेको कार्यकारी निर्देशक दोङले जानकारी गराएका छन् । गोष्ठीमा सामाजिक सशक्तिकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकासक्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित विषयमा क्रमशः रूपेश श्रेष्ठ, आचार्य नुर्बु शेर्पा, पुण्यप्रसाद पराजुली र आनी छोइङ डोल्माले प्रशिक्षण दिएका थिए । शनिबार भएको उद्घाटन समारोहमा बोल्दै समितिका अध्यक्ष पुपू छेम्बे शेर्पाले बौद्ध धर्मले शान्तिको मार्ग लिएकाले यसको अनुसरण गर्नु पर्ने बताएका थिए । सिकेका सबै कुरा व्यवहारमा उतार्नका लागि पनि गोष्ठीमा सहभागीहरूलाई उनले आग्रह गरे । महिला सशक्तिकरणका लागि पनि आनीहरू अग्रसर हुनु पर्ने र सोहीअनुसार आफूलाई तयारी अवस्थामा राख्नुपर्ने सुझाएका छन् । कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP