Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा श्रमिक पठाउन सुरु
कोरियामा श्रमिक पठाउन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १०, २०७८
download (1)
Hardik health
काठमाडौं– कोरोनाका कारण लामो समयदेखि रोकिएको रोजगार गन्तव्य मुलुक दक्षिण कोरियामा श्रमिक पठाउन सुरु भएको छ । इपिएस कोरिया शाखाका निर्देशक सुरेश रावतका अनुसार कोरोनाका कारण ०७६ चैतदेखि रोकिएको श्रमिक पठाउने काम पहिलो चरणमा बुधबारदेखि सुरु हुने भएको हो । कोरिया सरकारले राखेको सर्त पूरा गरेर पहिलो चरणमा प्रतिबद्ध श्रमिकहरूमध्ये ४८ जनालाई पहिलो चरणमा कोरिया पठाउन लागिएको निर्देशक रावतले बताएका छन् । उनले भने, ‘कोरियाले राखेको सर्त पूरा गरेर भोलि (बुधबार) ४८ जनालाई सिधै कोरिया पठाउँदै छौँ ।’ कोरिया सरकारले सुरुमा ४ वर्ष १० महिना कोरियामा रोजगारी गरेका श्रमिकहरूलाई लैजान सुरु गरेको उनले बताएका छन् । करिब २० महिनासम्म रोकिएको कोरिया रोजगारी पुनः सुरु हुनु नेपालका लागि सकारात्मक भएको उनले बताए । पहिलो चरणमा जाने श्रमिकको पिसिआर रिपोर्ट नेगेटिभ आएको पनि निर्देशक रावतले बताएका छन् । उनले भने, ‘कोरिया सरकारले राखेको सर्तमध्ये ४८ घन्टा पहिलेको पिसिआर रिपोर्ट नेगेटिभ हुनु पर्ने पनि एक हो ।’ कोरिया जाने सबै प्रक्रिया पूरा भएको र ४८ जना बुधबार साँझ ७ः३० बजे कोरियन एयरलाइन्समार्फत कोरिया जाने निर्देशक रावतले बताएका छन् । उनले भने, ‘कोरियाले सिधा उडानबाट मात्रै कोरिया आउनु पर्ने भनेको थियो ।’ निर्देशक रावतका अनुसार श्रमिकले कोरिया पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने, सो अवधिको बिमा गर्नु पर्ने र त्यसको खर्च श्रमिक आफैँले बेहोर्नु पर्ने छ । कोरिया जाने युवाहरूले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पनि अनिवार्य रूपमा लगाउनु पर्ने सर्त राखिएको उनले बताए । उनका अनुसार कोरियामा क्वारेन्टाइन बस्दा कुनै दुर्घटना भएमा सहजीकरण होस् भनेर बिमा अनिवार्य गरिएको हो । कोरियाले पहिलो चरणमा १ सय १९ जनाको कन्फर्मेसन सर्टिफिकेट अफ इन्सुलेसन पठाएको र बाँकी रहेका ७१ जना नोभेम्बरसम्म कोरिया जाने निर्देशक रावतले बताएका छन् । बुधबार कोरिया जाने श्रमिकलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने इपिएस कोरिया शाखाले जनाएको छ । सो कार्यक्रममा सबै जना अनिवार्य उपस्थित हुनुपर्ने निर्देशक रावतले बताए । कोरोनाका कारण कोरिया जाने श्रमिकले टिकटसमेत आफैँले व्यहोर्नु पर्ने उनले बताएका छन् । नेपालका तर्फबाट लामो प्रयासपछि श्रमिक पठाउन सफल भइएको भन्दै निर्देशक रावतले खुसी व्यक्त गरेका छन् । रावतका अनुसार नेपालले नयाँ श्रमिक लैजाने विषयमा पनि आग्रह गरिरहेको र कोरिया त्यसमा पनि सकारात्मक देखिएको छ । उनीहरूको पहिलो प्राथमिकतामा प्रतिबद्ध श्रमिक परेकाले नयाँ श्रमिक पनि छिट्टै जान पाउन विश्वासमा आफूहरू रहेको उनले बताए । अहिले कोरिया जाने प्रक्रियामा २ हजार ५ सय जना प्रतिबद्ध र करिब ७ हजार नयाँ श्रमिक रहेको शाखाको तथ्यांकले देखाएको छ । कोरियाले हरेक चरणमा ५० जनाका दरले नेपाली श्रमिक लैजाने बताइएको छ । कोरिया जाने श्रमिकले सिधा काठमाडौं–सोल उडानमार्फत जानु पर्ने छ । रोजगारदाताको चाहना तथा नेपाली पक्षको निर्णयअनुरूप काठमाडौं–सोल सिधा उडान गरिएको निर्देशक रावतले बताएका छन् । उनका अनुसार शाखाले काठमाडौं–सोल सिधा उडानका लागि बोलपत्र आह्वान गरेको भए पनि कुनै पनि एयरलाइन्सले माग पूरा गर्न नसक्दा कोरियन एयरलाइन्सबाट जानु पर्ने भएको हो । कोभिड–१९ का कारण १८ फागुन ०७६ का लागि तय भएको उडान रद्द भएको र त्यसपछि कोरिया जान नसकेको निर्देशक रावतले बताए । प्रतिबद्ध श्रमिकलाई लैजान सुरु गरेसँगै कोरिया जाने पर्खाइमा बसेका नयाँ श्रमिकमा पनि उत्साह थपिएको देखिएको छ । पुराना लैजान सुरु गरेसँगै नयाँको पनि पालो आउने आसा बढेको खोटाङका भुपेन्द्र राईले बताएका छन् । लामो समयदेखि कोरिया बन्द हुँदा निरास बनेको भन्दै अब आसा जागेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP