Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तिहारलाई १८ लाख बढी माला
तिहारलाई १८ लाख बढी माला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ९, २०७८
supari-fulll
Hardik health
काठमाडौं– यसवर्षको तिहारका लागि भारतबाट झण्डै अढाई लाख बढी माला भारतबाट आयात गरिने भएको छ । स्वदेशी उत्पादने धान्ने अवस्था नभएपछि पुष्प व्यवसायीले यस वर्षको तिहारका लागि दुई लाख ५० हजारभन्दा धेरै सयपत्री फूलको माला आयात गर्ने तयारी गरेका हुन् । यसवर्ष तिहारका लागि करिब १८ लाख ५० हजार माला आवश्यक पर्ने अनुमान गरिएको छ । विगतका वर्षमा पनि तिहारको समयमा सयपत्री फूलको माला छिमेकी मुलुक भारतलगायतका देशबाट आयात गर्ने गरिएको थियो । तर, यसवर्ष मागमा वृद्धि हुँदा पनि उत्पादन भने घटेकाले विगतको तुलनामा धेरै फूलको माला आयात हुने भएको छ । केहीदिन पहिलेको बेमौसमी वर्षाले पनि पुष्पखेतीलाई असर पु¥याएको छ । वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले पनि गत वर्षभन्दा धेरै भारतबाट फूलको माला आयात गनर्नु पर्ने भएको छ । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्यांक छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो । यसवर्ष कोरोना महामारीका कारण सोचेको जति फूलको उत्पादन नभएको बताइएको छ । फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झँै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस संक्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको छ । ‘यस वर्ष बजार माग बढेको छ’, उनले भने, ‘माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो ।’ अध्यक्ष तामाङका अनुसार यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला रहेका छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ । लामो समयदेखि कोरोना भाइरस संक्रमणका कारण दैनिक रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ७० लाखको कारोबार गर्न थालेको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना संक्रमण पनि विस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो । कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तंग्रिन थालेको छ । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय समातेको हो । पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी हुने अनुमान छ । केही वर्षयता वार्षिक रु. तीन अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा रु ११ करोड मूल्य बराबरको फूल विदेशबाट आयात हुँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP