Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रुबीको आमरण अनसन अन्त्य
रुबीको आमरण अनसन अन्त्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ३, २०७८
Hardik health
काठमाडौं– बाँकेको नेपालगन्जबाट २० दिन लगाएर पदलै काठमाडौं आएर धर्नामा बसेकी अधिकारकर्मी रुबी खानले मंगलबार अनसन तोडेकी छन् । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि उनले अनसन तोडेकी हुन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि खानलाई गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका थिए । पोखरेल र अन्सारीले खान अनसन बसिरहेको स्थान माइतघर मण्डलामै पुगेर अनसन तोडाएका हुन् । धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै उनले १२ दिन अघिदेखि आमरण अनसन सुरु गरेकी थिइन् । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरू नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि गरी छ सदस्यीय समिति गठन गरिएको छ । गृह प्रवक्ता पोखरेलका अनुसार समितिले ७ दिनभित्र उक्त घटनाको छानबिन गरी प्रतिवेदन तयार गरी बुझाउने छ । अनसन तोडेपछि अधिकारकर्मी खानले यो सहमति सबै महिला तथा पीडित परिवारको पक्षमा भएको प्रतिक्रिया दिएकी छन् । समाजलाई महिला हिँसामुक्त बनाउनका लागि सहमतिले ठोस काम गर्ने उनको अपेक्षा छ । अनसनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । खानका अनुसार २२ असोज साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल पु¥याइयो । त्यहाँ उपचार गर्ने काम नसक्दै सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगिएको खानलाई त्यहाँ बारम्बार अनसन तोड्न दबाब दिइएको उनले बताइन् । ‘महिला प्रहरीसम्म नभएको कोठामा लगेर अनसन तोड्न बार्गेनिङ गरियो’, उनले भनिन्, ‘मैले अनसन तोडेमा ममाथि लगाइएका सबै मुद्दा तत्कालै फिर्ता गर्ने भनेर त्यहाँका प्रहरीले प्रत्येक दिन मानसिक दबाव दिइरहे ।’ यता काठमाडौंमा मानवअधिकार मोहना अन्सारी तथा रुबी खानको वकिलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिइसक्दासमेत प्रहरीले रुबीलाई काठमाडौं हाजिर गराएन । दोस्रोपल्ट २४ घन्टाभित्र थुनामुक्त गर्न आदेश दिएपछि उपचार गराइरहेको अवस्थामै प्रहरीले उनलाई २८ गते काठमाडौं ल्यायो । अदालतबाट रिहाइ पाएपछि माइतिघरको सडकमा नै अनसन बसिरहेकी रुबीलाई स्वास्थ्य समस्या देखिएपछि पुनः अस्पताल लगियो । मंगलबार अस्पतालले डिस्चार्ज गरेपछि मात्र उनी अन्य आन्दोलनरत साथीहरूलाई भेट्न आएका थिए । पक्राउ गरेको केही दिनसम्म प्रहरीले एक कल फोनसमेत गर्न नदिएको उनको भनाइ छ । ‘मेरो वकिललाई, परिवारलाई फोन गर्छु भन्दा उनीहरूले फोन गर्न दिएनन् । पुरुष प्रहरीहरूले तानातान गर्दा नै मेरो फोन फुटिसकेको थियो । उपचार गर्न अस्पताल लगे पनि चेकजाँच गर्न नपाउँदै फेरि हिरासतमा नै लगियो,’ उनले भनिन् । उनले प्रहरीले आफूलाई पशुसरह व्यवहार गरेको पनि आरोप लगाएकी छन् । उनले भनिन् ‘नेपालगञ्ज र काठमाडौंको हिरासतका प्रहरीले मान्छेलाई होइन कुनै वस्तुलाई समातिरहेको जस्तो व्यवहार गरे । उनीहरूले सामान्य मानवीयताको समेत ख्याल नगरी पशुलाई गरेजस्तो व्यवहार गर्दा मलाई मानसिक रूपमा ठूलो आघात पर्‍यो ।’ उनले यो सम्झौता सबै न्यायप्रेमीको जित भएको बताएकी छन् । ‘मेरो रिहाइ र आजको सम्झौता मेरोमात्र जित होइन, सबै न्यायप्रेमी र पीडितहरूले पाएको राहत हो’, उनले भनिन्, ‘यदि नेपाल सरकारले आज गरेको सम्झौता अक्षरशः पालन गरेन भने हामी योभन्दा कडा आन्दोलन गर्छौँ । जति नै यातना र सास्ती पाए पनि हामी थाकेका छैनौँ ।’ १ असोजमा बाँकेबाट हिँडेकी उनी २० गते काठमाडौं आइपुगेपछि माइतिघर मण्डलामा धर्नामा बसेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०५:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP