Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रुबीको आमरण अनसन अन्त्य
रुबीको आमरण अनसन अन्त्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ३, २०७८
Hardik health
काठमाडौं– बाँकेको नेपालगन्जबाट २० दिन लगाएर पदलै काठमाडौं आएर धर्नामा बसेकी अधिकारकर्मी रुबी खानले मंगलबार अनसन तोडेकी छन् । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि उनले अनसन तोडेकी हुन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि खानलाई गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका थिए । पोखरेल र अन्सारीले खान अनसन बसिरहेको स्थान माइतघर मण्डलामै पुगेर अनसन तोडाएका हुन् । धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै उनले १२ दिन अघिदेखि आमरण अनसन सुरु गरेकी थिइन् । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरू नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि गरी छ सदस्यीय समिति गठन गरिएको छ । गृह प्रवक्ता पोखरेलका अनुसार समितिले ७ दिनभित्र उक्त घटनाको छानबिन गरी प्रतिवेदन तयार गरी बुझाउने छ । अनसन तोडेपछि अधिकारकर्मी खानले यो सहमति सबै महिला तथा पीडित परिवारको पक्षमा भएको प्रतिक्रिया दिएकी छन् । समाजलाई महिला हिँसामुक्त बनाउनका लागि सहमतिले ठोस काम गर्ने उनको अपेक्षा छ । अनसनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । खानका अनुसार २२ असोज साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल पु¥याइयो । त्यहाँ उपचार गर्ने काम नसक्दै सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगिएको खानलाई त्यहाँ बारम्बार अनसन तोड्न दबाब दिइएको उनले बताइन् । ‘महिला प्रहरीसम्म नभएको कोठामा लगेर अनसन तोड्न बार्गेनिङ गरियो’, उनले भनिन्, ‘मैले अनसन तोडेमा ममाथि लगाइएका सबै मुद्दा तत्कालै फिर्ता गर्ने भनेर त्यहाँका प्रहरीले प्रत्येक दिन मानसिक दबाव दिइरहे ।’ यता काठमाडौंमा मानवअधिकार मोहना अन्सारी तथा रुबी खानको वकिलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिइसक्दासमेत प्रहरीले रुबीलाई काठमाडौं हाजिर गराएन । दोस्रोपल्ट २४ घन्टाभित्र थुनामुक्त गर्न आदेश दिएपछि उपचार गराइरहेको अवस्थामै प्रहरीले उनलाई २८ गते काठमाडौं ल्यायो । अदालतबाट रिहाइ पाएपछि माइतिघरको सडकमा नै अनसन बसिरहेकी रुबीलाई स्वास्थ्य समस्या देखिएपछि पुनः अस्पताल लगियो । मंगलबार अस्पतालले डिस्चार्ज गरेपछि मात्र उनी अन्य आन्दोलनरत साथीहरूलाई भेट्न आएका थिए । पक्राउ गरेको केही दिनसम्म प्रहरीले एक कल फोनसमेत गर्न नदिएको उनको भनाइ छ । ‘मेरो वकिललाई, परिवारलाई फोन गर्छु भन्दा उनीहरूले फोन गर्न दिएनन् । पुरुष प्रहरीहरूले तानातान गर्दा नै मेरो फोन फुटिसकेको थियो । उपचार गर्न अस्पताल लगे पनि चेकजाँच गर्न नपाउँदै फेरि हिरासतमा नै लगियो,’ उनले भनिन् । उनले प्रहरीले आफूलाई पशुसरह व्यवहार गरेको पनि आरोप लगाएकी छन् । उनले भनिन् ‘नेपालगञ्ज र काठमाडौंको हिरासतका प्रहरीले मान्छेलाई होइन कुनै वस्तुलाई समातिरहेको जस्तो व्यवहार गरे । उनीहरूले सामान्य मानवीयताको समेत ख्याल नगरी पशुलाई गरेजस्तो व्यवहार गर्दा मलाई मानसिक रूपमा ठूलो आघात पर्‍यो ।’ उनले यो सम्झौता सबै न्यायप्रेमीको जित भएको बताएकी छन् । ‘मेरो रिहाइ र आजको सम्झौता मेरोमात्र जित होइन, सबै न्यायप्रेमी र पीडितहरूले पाएको राहत हो’, उनले भनिन्, ‘यदि नेपाल सरकारले आज गरेको सम्झौता अक्षरशः पालन गरेन भने हामी योभन्दा कडा आन्दोलन गर्छौँ । जति नै यातना र सास्ती पाए पनि हामी थाकेका छैनौँ ।’ १ असोजमा बाँकेबाट हिँडेकी उनी २० गते काठमाडौं आइपुगेपछि माइतिघर मण्डलामा धर्नामा बसेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०५:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP