Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चाडपर्व लक्षित योजना लागू
चाडपर्व लक्षित योजना लागू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १८, २०७८
243269237_209953101231282_7614847274820866771_n
Hardik health
काठमाडौं– हिन्दू नेपालीहरूको महान पर्व दशैं, तिहार तथा छठलगायतका पर्वहरू ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका सिडियो लगायत सुरक्षा निकायहरूले आम सर्वसाधारणलाई आग्रह गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणहरू ठगिने र असुरक्षित हुने हुँदा सोही विषयलाई मध्यनजर गर्दै तराई विकास तथा सञ्चार केन्द्र नेपालले आइतबार ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा उपस्थित वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी गराए ।चाडपर्वको बेला सर्वसाधरणहरू ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधरणहरूले सुरक्षाको अनुभूति गर्न सक्ने जिकिर गरे । चाडपर्वको बेला आवत–जावत गर्ने यात्रुहरूको संख्या बढ्ने हुँदा उनीहरूलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा उनीहरूलाई लक्षित हेल्पडेस्कको व्यवस्था गरेको जानकारी गराए । उनले भने, ‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँहरूमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ ।’ उनले चाडपर्वको बेला आर्थिक अपराधलगायत विभिन्न अपराधिक घटनाहरू घट्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गराउँदै त्यस्ता कार्यहरू रोक्न प्रहरीलाई सक्रियरूपमा परिचालन गरिएको बताए । उनले भने, ‘हामीले प्रहरी वृत्तहरूबाट समेत घरदैलो कार्यक्रम गरी सबै ठाउँको वस्तुस्थितिको जानकारी लिइरहेका छौा, अपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गर्छौा ।’ त्यसैगरी उनले काठमाडौंको हरेक ठाउँहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी गराए । उनले उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूबीच समन्वय गरिएको जानकारी गराए । चाडपर्वमा उपभोक्ता हितविपरीतका कार्यहरू समेत बढ्ने भन्दै उनले उपभोक्ता हित संरक्षणका लागि सञ्चालित भएका सबै सरकारी तथा गैरसकारीसँग समन्वय हुनुपर्नेमा जोड दिए । उनले स्थानीय पालिकाहरूले ०७२ सालको संविधानबाट प्राप्त अधिकारको प्रयोग गर्दै बजार अनुगमनका कार्यलाई तीव्रता दिनका लागि सुझावसमेत दिए । ललितपुरका प्रजिक घनश्याम उपाध्यायले यस चाडपर्वको बेलामा हुने अनुगमनलगायतका विषयमा उपभोक्ता मन्च नागरिक समाजलगायतले मात्र आवाज उठाउने गरेकामा सञ्चार केन्द्रजस्तो सञ्चार क्षेत्रको संस्थाले आवाज उठाएर अन्तर्किया आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले ललितपुर प्रशासनले चाडवाडमा मात्र नभएर सधै शान्ति सुरक्षाको ब्यबस्थापन गर्दै आएको जनाए । उनले अहिले प्रत्यक्ष अनुगमन संघीय कानुनले स्थानीयतहलाई जिम्मा दिएको अवस्थामा समेत प्रशासनले स्थानीय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तिब्रता दिएको बताए । साथै उनले ललितपुरबासीलाई ढुक्कसँग चाडपर्व मनाउन आग्रहसमेत गरे । त्यस्तैगरी भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले अहिले भक्तपुर क्षेत्रमा अनुगमन कार्यलाई तीब्रता दिादै अनुगमनका क्रममा कैफियत भेटिएकालाई नगद जरिबाना तथा सम्झाएर छाडिएको जानकारी दिइन् । उनले भाटभटेनीलाई बढी मूल्यमा चिनी बिक्री गरेको पाइएकाले ५० हजार जरिबाना तिराएको जानकारी दिइन् । साथै उनले चाडपर्वको समयमा सार्वजनिक सवारीमा महिलामाथी हुने हिंसाजन्य घटनालाई पनि निराकरण गर्न प्रहरी परिचालन गरिएको जानकारी दिइन् । वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सोडाईले विभागले अनुगमनको कार्यलाई वर्षभरि नै गर्दै आएकोमा चाडपर्वको बेला थप जनशक्ति ब्यवस्थापन गरी अनुगमन कार्य सक्रियताका साथ अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताए । चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागु औषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटनाहरू घट्ने भएकाले त्यस्ता अपराधिक घटनाहरू न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिकिर गरे । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेँढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको दाबी गरे । उनले विभागले चाडपर्वको बेला हुने कालाबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनलाई तीब्रता दिएको र गल्ती गर्नेलाई कानुनअनुसारको कारबाही गरिएको जानकारी गराए ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP