Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चाडपर्व लक्षित योजना लागू
चाडपर्व लक्षित योजना लागू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १८, २०७८
243269237_209953101231282_7614847274820866771_n
काठमाडौं– हिन्दू नेपालीहरूको महान पर्व दशैं, तिहार तथा छठलगायतका पर्वहरू ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका सिडियो लगायत सुरक्षा निकायहरूले आम सर्वसाधारणलाई आग्रह गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणहरू ठगिने र असुरक्षित हुने हुँदा सोही विषयलाई मध्यनजर गर्दै तराई विकास तथा सञ्चार केन्द्र नेपालले आइतबार ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा उपस्थित वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी गराए ।चाडपर्वको बेला सर्वसाधरणहरू ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधरणहरूले सुरक्षाको अनुभूति गर्न सक्ने जिकिर गरे । चाडपर्वको बेला आवत–जावत गर्ने यात्रुहरूको संख्या बढ्ने हुँदा उनीहरूलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा उनीहरूलाई लक्षित हेल्पडेस्कको व्यवस्था गरेको जानकारी गराए । उनले भने, ‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँहरूमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ ।’ उनले चाडपर्वको बेला आर्थिक अपराधलगायत विभिन्न अपराधिक घटनाहरू घट्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गराउँदै त्यस्ता कार्यहरू रोक्न प्रहरीलाई सक्रियरूपमा परिचालन गरिएको बताए । उनले भने, ‘हामीले प्रहरी वृत्तहरूबाट समेत घरदैलो कार्यक्रम गरी सबै ठाउँको वस्तुस्थितिको जानकारी लिइरहेका छौा, अपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गर्छौा ।’ त्यसैगरी उनले काठमाडौंको हरेक ठाउँहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी गराए । उनले उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूबीच समन्वय गरिएको जानकारी गराए । चाडपर्वमा उपभोक्ता हितविपरीतका कार्यहरू समेत बढ्ने भन्दै उनले उपभोक्ता हित संरक्षणका लागि सञ्चालित भएका सबै सरकारी तथा गैरसकारीसँग समन्वय हुनुपर्नेमा जोड दिए । उनले स्थानीय पालिकाहरूले ०७२ सालको संविधानबाट प्राप्त अधिकारको प्रयोग गर्दै बजार अनुगमनका कार्यलाई तीव्रता दिनका लागि सुझावसमेत दिए । ललितपुरका प्रजिक घनश्याम उपाध्यायले यस चाडपर्वको बेलामा हुने अनुगमनलगायतका विषयमा उपभोक्ता मन्च नागरिक समाजलगायतले मात्र आवाज उठाउने गरेकामा सञ्चार केन्द्रजस्तो सञ्चार क्षेत्रको संस्थाले आवाज उठाएर अन्तर्किया आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले ललितपुर प्रशासनले चाडवाडमा मात्र नभएर सधै शान्ति सुरक्षाको ब्यबस्थापन गर्दै आएको जनाए । उनले अहिले प्रत्यक्ष अनुगमन संघीय कानुनले स्थानीयतहलाई जिम्मा दिएको अवस्थामा समेत प्रशासनले स्थानीय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तिब्रता दिएको बताए । साथै उनले ललितपुरबासीलाई ढुक्कसँग चाडपर्व मनाउन आग्रहसमेत गरे । त्यस्तैगरी भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले अहिले भक्तपुर क्षेत्रमा अनुगमन कार्यलाई तीब्रता दिादै अनुगमनका क्रममा कैफियत भेटिएकालाई नगद जरिबाना तथा सम्झाएर छाडिएको जानकारी दिइन् । उनले भाटभटेनीलाई बढी मूल्यमा चिनी बिक्री गरेको पाइएकाले ५० हजार जरिबाना तिराएको जानकारी दिइन् । साथै उनले चाडपर्वको समयमा सार्वजनिक सवारीमा महिलामाथी हुने हिंसाजन्य घटनालाई पनि निराकरण गर्न प्रहरी परिचालन गरिएको जानकारी दिइन् । वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सोडाईले विभागले अनुगमनको कार्यलाई वर्षभरि नै गर्दै आएकोमा चाडपर्वको बेला थप जनशक्ति ब्यवस्थापन गरी अनुगमन कार्य सक्रियताका साथ अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताए । चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागु औषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटनाहरू घट्ने भएकाले त्यस्ता अपराधिक घटनाहरू न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिकिर गरे । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेँढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको दाबी गरे । उनले विभागले चाडपर्वको बेला हुने कालाबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनलाई तीब्रता दिएको र गल्ती गर्नेलाई कानुनअनुसारको कारबाही गरिएको जानकारी गराए ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP