Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • मल्टिप्लेक्स हलमा फिल्म लाग्ने
मल्टिप्लेक्स हलमा फिल्म लाग्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १७, २०७८
multiplex hall news
Hardik health
काठमाडौं– कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हलहरूले फिल्म रिलिजको लाइनअप घोषणा गरेका छन् । सरकारले ५० प्रतिशत अक्कुपेन्सीमा हल खोल्न अनुमति दिए पनि फिल्म लगाउने विषयमा निर्णय गर्न नसकेका काठमाडौं उपत्यकाका मल्टिप्लेक्स हलहरूले फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् । २१ असोजबाट हल खुलाउने तयारीमा रहेका हलहरूले फिल्म रिजिलको लाइनअप घोषणा गरेका हुन् । काठमाडौंसहित विभिन्न जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ नेपाली फिल्म नहुँदा हल बन्दै थिए । अब विदेशी फिल्म चलाएर सिनेमा हल खुल्ने तयारी गरिएको छ । प्रशासनले हल खोल्न अनुमति दिनुभन्दा अगावैदेखि हल व्यवसायी र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले दशैंबाट नियमित फिल्म रिलिज गर्नका लागि निर्मातासँग दिनहुँ छलफल गरेको थियो । तर, निर्माताहरूले मोटो एमजी मागेपछि प्रदर्शकहरू पछाडि हटे । यस्तैमा बलिउड फिल्मले भकाभक रिलिज डेट घोषणा गरेपछि उनीहरूले राहतको सास फरेका छन् । नेपाल चलचित्र संघको निर्णय बमोजिम यही २१ असोजबाट हल खोल्न सञ्चालकहरू तयार देखिएका छन् । राजधानीका प्रायः मल्टीप्लेक्सहरूले त फिल्मको रिलिज लाइनअप पनि घोषणा गरिसकेका छन् । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले हल खुलेको पहिलो दिन (घटस्थापना) हलिउडको दुई बहुप्रतिक्षीत फिल्म ‘नोबडी’ र ‘फस्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्ने भएको छ । १४ अक्टोबरबाट भने हलिउडकै ‘नो टाइम टू डाई’ प्रदर्शन हुनेछ । क्युएफएक्स चेनले यी कुनै पनि फिल्मलाई शोज बाँडफाँड र अग्रिम बुकिङ खुल्ला गरिसकेको छैन । यसले आफ्नो वेब साइटमा २६ असोजबाट प्रदर्शन हुने नेपाली फिल्म ‘डाँडाको वरपीपल’ को भने पोस्टर राखेको छैन । मल्टिप्लेक्सले नेपाली फिल्मलाई गर्ने व्यवहार कस्तो छ यसबाट पनि धेरै बुझ्न सकिन्छ । नयाँ वानेश्वरमा रहेको वान सिनेमाज्ले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनाबाट रिलिज हुने फिल्मको जानकारी दिएको छ । दुई अडिटोरियमको यो नयाँ मल्टिप्लेक्सले घटस्थापनमा ‘फस्ट एन्ड फ्यूरियस ९’ र महानवमीबाट ‘नो टाइम टू डाई’ रिलिज गर्दैछ । तर, यसले पनि वेब साइटमा हलिउड फिल्मको मात्र पोस्टर राखेको छ, ‘डाँडाको वरपीपल’ को पोस्टरलाई स्थान दिएको छैन । कमलपोखरीको सिटी सेन्टरमा रहेको तीन अडिटोरियमको विग मुभिजले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनामा हलिउड फिल्म ‘फस्ट एन्ड फ्यूरियस ९’, १४ अक्टोबर (नवमी) मा ‘नो टाइम टू डाई’ र २९ अक्टोबर (कात्तिक १२) मा ‘क्यान्डिम्यान’ रिलिज गर्ने जनाएको छ । चाबहिलको एफक्युबले भने क्युएफएक्सले झैँ घटस्थापनामा ‘नोबडी र फस्ट एन्ड फ्यूरियस ९’ रिलिज गर्दैछ । त्यस्तै, सुनधारामा अवस्थित सिडिसी सिनेमाज्ले घटस्थापनामा ‘फस्ट एन्ड फ्यूरियस ९’ मात्र रिलिज गर्ने भएको छ । यसले आफ्नो वेब साइटमा ‘डाँडाको वरपीपल, नो टाइम टू डाई, सूर्यवंशी, आरआरआर र केजिएफ २’ फिल्मलाई ‘कमिङ सुन’ मा राखेको छ । क्युज सिनेमाज्, आइएनआई लोटस सिनेमाज्, मन्नू सिनेमा हलमा पनि घटस्थापनाबाट ‘फस्ट एन्ड फ्यूरियस ९’ नै रिलिज हुँदैछ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP