Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मास्क नभए गाडीमा निषेध
मास्क नभए गाडीमा निषेध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
download
Hardik health
काठमाडौं– काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधन प्रयोग गर्न निषेध गरिने भएको छ । स्थानीय प्रशासनले बिहीबार आदेश जारी गर्दै मास्क नलगाएका यात्रुलाई सवारी साधनको प्रयोगमा निषेध गर्न आदेश जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायम रहेको भन्दै स्थानीय प्रशासनले सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने यात्रुका लागि मास्कको प्रयोग अनिवार्य गर्न निर्णय गरेको हो । बिहीबार काठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरेको छ । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको हो । त्यस्तै, स्थानीय प्रशासनले चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न पूर्णतः प्रतिबन्ध लगाएको छ । यसअघि चाडपर्वको बेला यात्रुको संख्या धेरै हुने गरेकाले केही सवारीसाधनले छतमा समेत यात्रु राख्ने गरेका थिए । तर, यसरी क्षमताभन्दा बढी यात्रु राख्दा दूरी कायम हुन नसक्ने भएकाले त्यसबाट कोरोना संक्रमण फैलनसक्ने भन्दै प्रशासनले यसपटक क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउनुका साथै सवारीसाधनको अवस्थाको अनुगमनको व्यवस्था गरेको छ । त्यस्तै, सवारीसाधनमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भए÷नभएको विषयमा अनुगमन गर्नका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । आदेशमा होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ । तर, प्रशासनको उक्त आदेशको भने विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंसस्थाहरूले उल्लघंन गर्दै आएका छन् । कोरोना महामारीकै बीचमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दल तथा अन्य संघसंस्थाले समेत धेरैजनाको उपस्थितिमा विभिन्न कार्यक्रम गरिरहेका छन् । शुक्रबारदेखि ललितपुरमा करिब ६ हजारको उपस्थितिमा एमालेको विधान अधिवेशन सुरु हुँदैछ भने, कांग्रेसको महाधिवेशनका क्रममा विभिन्न जुलुस तथा सभालगायतक कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्रको भ्रातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा बिहीबारदेखि सुरु भएको छ । स्थानीय प्रशासनको राजनीतिक दल तथा विभिन्न संघसंस्थाले उल्लंघन गर्दा पनि प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आलोचनासमेत भइरहेको छ । आदेशमा बैठक, गोष्ठी, सेमिनारहरू भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पिसिआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । स्थानीय प्रशासनको आदेशमा दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरू मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ, ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’ निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । त्यस्तै, वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP