Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ग्रिन बर्ड १९ दिनमै प्याकअप
ग्रिन बर्ड १९ दिनमै प्याकअप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
Hardik health
काठमाडौं– नेपाली चलचित्र ‘ग्रिन बर्ड’ को छायांकन सकिएको छ । अन्य चलचित्र सरदर ३० देखि ३५ दिनमा सकिने गरेको भए पनि सुरक्षा पन्त अभिनित ‘ग्रिन बर्ड’ १९ दिन मै ‘प्याकअप’ भएको हो । २५ दिनको ‘सेड्युल’ बनाएर छायांकनमा निस्किएको चलचित्रको गत मंगलबार अन्तिम दृश्य खिचिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको सम्पूर्ण दृश्य चितवन र नवलपुरमा छायांकन गरिएको निर्देशक प्रमोद कँडेलले जानकारी दिएका छन् । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् भने कमलमणी नेपाल र अफरान अलीलगायतको पनि अभिनय रहेको छ । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा वाचन गर्ने बताइएको छ । यो चलचित्रको कथा र स्क्रिनप्ले निर्देशक कँडेल आफैँले तयार पारेका हुन् । कात्तिक स्मित कर्नाटकले खिचेको चलचित्रलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । चलचित्र यसै वर्ष प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक कँडेलले जानकारी दिए । ‘रुदाने’ को टिजर सार्वजनिक चार वर्ष अगाडि नै निर्माण भएको ‘थाहा’ आन्दोलका प्रणेता रूपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित चलिचित्र ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा विष्टको चरित्र–चित्रण गरिएको छ । टिजरमा संवाद राखिएको छैन । चलचित्रमा दिव्य देवले रूपचन्द्रको भूमिका निभाएका छन् । अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदीलगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रमा जागृत रायमाझी कार्यकारी निर्माता र भानुभक्त थापा सह–निर्माता छन् । शान्ता राओको छायांकन, निमेश श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन । बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट २६ पुस १९९० मा मकवानपुरमा जन्मिएका उनी चेतना फैलाउने जनवादी नेता थिए । उनले ३० सालतिर ‘थाहा’ आन्दोलन सुरू गरेका थिए । उनी चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्म ‘थाहा’ लेख्दै हिँड्थे । उनी ०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए । तीन दशक ‘थाहा’ आन्दोलनको नेतृत्व गरेका उनको ७ असार ०५६ मा निधन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:४७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP