Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • भारतीय चलचित्र बनाउँदै चन्द्र
भारतीय चलचित्र बनाउँदै चन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
chandra panta
Hardik health
काठमाडौं– नेपाली चलचित्रमा द्वन्द्व निर्देशन (एक्सन) मा आफूलाई अब्बल सावित गरिसकेका चन्द्र पन्तले भारतीय (बलिउड) चलचित्र निर्माण गर्ने भएका छन् । अचेल भोजपुरी चलचित्र निर्देशनमा व्यस्त रहेका उनले भारतीय चलचित्र निर्माणको तयारी थालेका हुन् । दिनेशलाल यादव ‘निरहुवा’ लाई लिएर चलचित्र ‘निरहुवा चलल लण्डन’बाट निर्देशकको रूपमा डेब्यू गरेका उनले गत महिना ‘माही’ को छायांकन पूरा गरेका थिए । उनले भोजपुरी चलचित्रमा नेपाली कलाकारहरूलाई पनि अवसर दिँदै आएका छन् । अब उनी बलिउड फिल्म निर्माण गर्ने तयारीमा छन् । त्यो पनि भारतको नामी ब्यानर ‘प्रकाश झा प्रोडक्सन’ सँग मिलेर । यो ब्यानर ‘गंगाजल, सत्याग्रह, जय गंगाजल, आश्रम सिरिज’ का निर्देशक प्रकाश झाको हो । उनकी छोरी दिशा झाले निर्माण गर्न लागेको चलचित्र ‘कोनम्यान’ मा पन्त कार्यकारी निर्माताको रूपमा रहने छन् । गत हप्ता कानपुरमा चलचित्र निर्माणको घोषणा गरिएको थियो । साइबर क्राइमको कथामा आधारित भएर निर्माण हुन लागेको उक्त चलचित्र ७ अक्टोबरबाट कानपुरमै छायांकन सुरु हुनेछ । प्रिन्स धीमनले निर्देशन गर्ने चलचित्रमा भारतीय अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमनको मुख्य भूमिका रहनेछ । प्रकाश झा प्रोडक्सन र एविसी ग्यालेक्सीको ब्यानरमा बन्ने यस चलचित्रमा अरुण कुमार मिश्र सह–निर्माता र मनोज जैसवाल निर्मातामा छन् । चन्द्र पन्तले चलचित्रमा नेपाली कलाकारलाई पनि अवसर दिइने बताए । उनले भने, ‘मैले भोजपुरी चलचित्रमा नेपाली कलाकारलाई आजसम्म छुटाएको छैन । अब बन्ने दुईटा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारलाई लिने योजनामा छु । मैले बनाउने बलिउड फिल्ममा पनि नेपाली कलाकारलाई राख्न छलफल भइरहेको छ । केही दिनमै नेपालबाट अभिनय गर्ने कलाकारको टुंगो लाग्नेछ ।’ ‘कोनम्यान’ पछि ‘प्रकाश झा प्रोडक्सन’ को ब्यानरमा बन्ने नयाँ चलचित्रको आफूले निर्देशन गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनी भोजपुरी चलचित्र निर्देशनबाट भने चाँडै बिदा लिने सोचमा छन् । अब अन्तिम दुईवटा मात्र भोजपुरी चलचित्र निर्देशन गरेर बलिउड फिल्ममा पाइला टेक्ने उनको तयारी छ । उनी आउँदो वर्ष नेपाली चलचित्र निर्देशनमा पनि डेब्यू गर्ने योजनामा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP