Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • समाचारमा मानव अधिकारमैत्री शब्द र भाषा प्रयोग गर्न सुझाव
समाचारमा मानव अधिकारमैत्री शब्द र भाषा प्रयोग गर्न सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १४, २०७८
Hardik health
पोखरा– गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिममा कार्यक्रममा उनले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने हुनाले समाचार लेखनमा पनि मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको बताएका छन् । त्यसैले पनि समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले मानव अधिकारसम्बन्धी सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने भएकाले मानव अधिकारसम्बन्धी सैद्धान्तिक ज्ञान पत्रकारहरूले लिनुपर्ने बताएका छन् । उनले पछिल्लो समयमा नकारात्मक विषयले धेरै स्थान पाउने गरेको स्मरण गर्दै सरकार वा कुनै पनि व्यक्तिले गरेका राम्रा कामको समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले मानव अधिकारमैत्री पत्रकारिता गर्नु अहिलेको आवश्यकता भएकाले प्रदेश सरकारले निर्माण गरेको आमसञ्चार विधेयक विधायन समितिमा रहेकाले त्यसमा सच्याउनुपर्ने विषयलाई सच्याएर मात्र पारित गरिने बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानव अधिकारमैत्री र लैंगिकमुखी पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् । उनले अहिलेको समाचारहरूमा व्यक्तिगत स्वतन्त्रताहरू हनन् भइरहेकोले समाचार लेख्ने क्रममा व्यक्तिको गोपनीयतालाई ख्याल गर्न पनि आग्रह गरिन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक–२०७७ फिर्ता लिनुपर्ने माग गर्दै संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा आमसञ्चार विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेकामा प्रदेश सरकारले तुरुन्तै विधेयक फिर्ता नलिए पत्रकार महासंघले आन्दोलन गर्ने चेतावनी दिए । तालिमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोख्रेलले पत्रकार र मानव अधिकारकर्मीको उद्देश्य एउटै रहेको उल्लेख गर्दै पत्रकार एवं सञ्चारमाध्यमबिना मानव अधिकारको संरक्षण हुन नसक्ने बताएका छन् । उनले स्वतन्त्रता, सूचनाको हक, मौलिक हकलगायत सबै मानव अधिकार भएको बताउँदै तालिम अवधिभरमा पत्रकारिता र मानव अधिकारको विषयलाई जोड दिइने बताए ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP