Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • धुम–४ को प्रदर्शन मिति तय
धुम–४ को प्रदर्शन मिति तय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १४, २०७८
Dhoom 4 Jayakishan Basnet
Hardik health
काठमाडौं– कोरोना महामारीका कारण चलचित्र क्षेत्र प्रभावित भइरहेको बेला नायक, निर्माता तथा निर्देशक जयकिशन बस्नेतले चलचित्र प्रदर्शन गर्ने जोखिम उठाउने तयारी गरेका छन् । सरकारले हल खोल्न दिने निर्णय गरे पनि हलले सिनेमा चलाउने आँट नगरेको र चलचित्र निर्माताहरूले समेत आफ्नो चलचित्र हलसम्म लान अन्कनाउने अवस्था रहेका बेला बस्नेतले भने आफूद्वारा निर्मित पछिल्लो चलचित्र ‘धुम–४’ प्रदर्शन गर्ने घोषणा गरेका छन् । बस्नेतको चलचित्र ‘धुम–४’ लक्ष्मीपूजाको अवसर पारेर १८ कात्तिकदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शन गर्ने तयारी गरेका छन् । सामाजिक र राजनीतिक घटनाक्रमलाई समेटेर सस्पेन्स, थ्रीलर, एक्सन तथा हाँस्य विषयसमेत समेटेर निर्माण गरिएको ‘धुम–४’ मा जय किशनको जोडीको रूपमा चारजना अभिनेत्री देखिएका छन् । चलचित्रमा उनले चार नायिकासँग धूम मच्चाएका हुन् । ‘धुम–४’को पहिलो गीत सार्वजनिक गरिएको छ । अन्य गीत र ट्रेलर समेत चाँडै सार्वजनिक गर्ने बताएका जयकिशनले ‘धुम–४’ को एउटा गीत मात्र सार्वजनिक गरेका हुन् । ‘पख है काली’ बोलको उक्त गीतमा जय किशनका साथमा सञ्जोग राणा, जाहान्वी बस्नेत, अनुश्रुत खड्का, बन्दना नेपाल, रोशन श्रेष्ठ, एलिसा खड्का, एनी विस्ट, एलिशा सुनार, दिप्ती लामिछानेलगायतका कलाकारहरूलाई देख्न सकिन्छ । उक्त गीतमा मेलिना राई र राकेश राईको स्वर सुन्न सकिन्छ । सुजन कटुवालले लेखेको गीतको संगीत याम गुरुङले गरेका हुन् । गीतको भिडियोमा प्रज्वल रावलको छायांकन, कमल राईको नृत्य तथा सुवास देवकोटाको सम्पादन रहेको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को व्यानरमा जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको ‘धुम ४’ का निर्माता रविकुमार महर्जन हुन् । चलचित्रमा अलावा उरुषा पाण्डे, शोभित बस्नेत, एन. बि. महर्जन, विशाल गुप्ता, चन्दन अर्गेजा, केशव शाही, मदन ताम्राकार, शंकर महर्जन, देव महर्जन, विकाश पूजारी, शुशिला चौलागाई, प्रेमिका शर्मा लगायत कलाकारहरूको समेत अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन जय किशन बस्नेत आफैँले गरेका हुन् । महामारी छ भन्दैमा निर्माण सकिएको चलचित्र पुरानो बनाएर थन्क्याउनुभन्दा जोखिम लिएरै भए पनि प्रदर्शन गर्न लागेको उनको भनाइ छ । स्वदेश तथा विदेशमा रहेका दर्शकहरूको अत्याधिक माग भएकोले पनि तिहारको अवसरमा चलचित्र चलाउन लागेको बस्नेतले बताए । चलचित्र दर्शकहरूकै मनोरञ्जनको लागि निर्माण गरिने भएकोले उनीहरूले माग गरेको बेला चलचित्र दिनु पर्ने कर्तव्यवोध गरेर नै आफूले जोखिम लिएको जयकिशनले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
राज घिमिरे
राज घिमिरे
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP