Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • यात्रु सहायता कक्षबाट सेवा
यात्रु सहायता कक्षबाट सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १०, २०७८
yatru-sahayata-kaksha
Hardik health
काठमाडौं– हिन्दू नेपालीहरूको ठूलो चाड दसैँ तथा तिहारको अवसरमा संघीय राजधानी काठमाडौंबाट धेरैको संख्यामा सर्वसाधारण जिल्लाजिल्लामा जाने गर्दछन् । धेरैको संख्यामा काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिँदा त्यसको व्यवस्थापन चुनौतिपूर्ण बन्ने गरेको छ । यात्रु तथा सर्वसाधारणलाई अनधिकृत व्यक्तिले टिकटको नाममा ठगी गर्नेदेखि हुन सक्ने अन्य विभिन्न अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले सुरु गरेको यात्रु सहायता कक्षबाट सेवा लिने बढेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको थियो । गोंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको बिहीबार उद्घाटन गरी विधिवत रूपमा सेवा दिन शुरु गरेको थियो । यसअवधिमा कक्षबाट धेरैले सेवा दिएको ट्राफिक प्रहरीले जनाएको छ । टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने योजना स्वरूप नयाँ बसपार्कमा कक्ष स्थापना गरिएको जनाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यात्रुका गुनासोहरू सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यका साथ सुरु गरिएको कक्षबाट हालसम्म तीन हजारभन्दा धेरै यात्रुले सेवा लिइसकेका छन् । उनले दसैँ मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुहरूलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकटलगायत अन्य यातायात सम्बन्धी समस्याहरूलाई सहजता दिलाउन कक्षले काम गरिरहेको छ । कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसूचित गराउने, जनचेतनामूलक पर्चापम्प्लेट वितरण गरिरहेको छ । त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नसमेत कक्षले सचेत गराइरहेको एसएसपी भट्टराईले जानकारी दिए । यात्रु सहायता कक्ष भएका स्थानहरूमा निशुल्क मास्क वितरणसमेत भइरहेको छ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढी भिडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्ने तयारी गरेको छ । बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष सुरु भइसकेको छ । अब सातदोबाटो, कलंकी, नागढुंगा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङमा कक्ष राखी सञ्चालनमा ल्याइने जानकारी महाशाखाले दिएको छ । दसैँमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ खुला हुने हुँदा त्यस्ता स्थानहरूमा यात्रुको भिडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरू सक्रिय भई काम गर्ने छन् । कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रुलाई सास्ती दिने अनाधिकृत व्यक्तिहरू माथि निगरानी गर्ने, पकेटमारका गतिविधिलगातय निगरानी गर्न छुट्टै सादा पोसाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए । चाडबाडमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दसैँदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रबक्ता दासले जानकारी दिए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायी रहेका छन् । चाडबाडको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्रगतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने हुनाले त्यसलाई न्यूनीकरण गर्नसमेत सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०२:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP