Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सनसाइन चिल्ड्रेन क्याम्पको तयारी
सनसाइन चिल्ड्रेन क्याम्पको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ८, २०७८
3d art
Hardik health
ललितपुर – बालबालिकाको चौतर्फी विकासको मुख्य उद्देश्यसहित सनसाइन चिल्ड्रेन क्याम्प–२०२१ सञ्चालन हुने भएको छ । क्याम्पको बारेमा जानकारी दिनका लागि विभिन्न चरणमा अभिभावक र बालबालिकाहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमहरू गरिँदै आएको हो । क्याम्पकै तयारीस्वरूप पहिलो अभिमुखीकरण ललितपुरस्थित लरेन्स पार्क मन्टेश्वरीमा आयोजना १५ अभिभावकको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहभागी भएका अभिभावकहरूले क्याम्प चौतर्फी विकासका लागि फलदायी हुने विश्वास लिएको बताए । त्यस्तै क्याम्पकै तयारीका क्रममा दोस्रो अभिमुखीकरण ललितपुरको कुमारीपाटीस्थित नेपालकै पहिलो थ्रिडी आर्ट रेष्टुरेन्ट वनडे थ्रिडी आर्ट रेष्टुरेन्टमा बिहीबार सम्पन्न भयो । उक्त अभिमुखीकरणमा २० अभिभावकहरू आफ्ना बालबालिकासहित सहभागी भएका थिए । उनीहरूले रेष्टुरेन्टको भ्रमण गर्दै थ्रीडी आर्टबारे जानकारी लिएका थिए । उक्त अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई रेष्टुरेन्टका सञ्चालक एवं व्यवस्थापक शेखर आचार्यले स्वागत गर्दै थ्रीडी आर्टको महत्व र उपादेयताबारे जानकारी दिएका थिए । उक्त अवसरमा किड्स गार्डेन मन्टेश्वरीकी सञ्चालिका मुना दाहालले क्याम्पका बारे विस्तृत जानकारी गराएकी थिइन् भने वान डे थ्रिडी आर्ट म्युजियमकी व्यवस्थापक एवं सनसाइन चिल्ड्रेन क्याम्प–२०२१ की संयोजक मन्नु विष्टले क्याम्पको उद्देश्यका साथै क्याम्प सञ्चालनबारे प्रकाश पारेकी थिइन् । विभिन्न पेशा र कामलाई प्रतिनिधित्व गर्ने २० अभिभावक सहभागी भएको उक्त अभिमुखीकरण कार्यक्रममा लरेन्स पार्क मन्टेश्वरी इमाडोलकी सञ्चालिका उषा बुढाथोकी र लामो समयदेखि शिक्षण सेवामा आबद्ध जेनी श्रेष्ठले क्याम्पको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए । क्याम्पमा बालबालिकाको व्यक्तित्व विकास, मोडलिङ, व्यावसायिक फोटोसुटका साथै आर्ट कक्षाहरूको व्यवस्था गरिने जनाइएको छ । साथै क्याम्पमा बालबालिकाहरूको जिम्न्यास्टिक, नृत्यलगायत अन्य अतिरिक्त क्रियाकलापहरू गराइने पनि जानकारी दिइएको थियो । मिल्टन सोलुसन्स र ह्वाइट मिडियाको संयुक्त प्रस्तुतिमा सञ्चालनमा ल्याउन लागिएको क्याम्प ३० घन्टाको हुने जनाइएको छ । त्यस्तै वनडे थ्रीडी आर्ट वर्ल्ड र किड्स गार्डेन मन्टेश्वरीको सहआयोजनामा हुन लागेको क्याम्पको हस्पिटालिटी पार्टनरका रूपमा वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट र मिडिया पार्टनरको रूपमा माइन्यूजनेपालडटकम रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP