Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संखुवासभा हत्याकाण्ड, थप चार जना पक्राउ
संखुवासभा हत्याकाण्ड, थप चार जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ५, २०७८
Hardik health
संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । पक्राउ गरिएका चारै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । घरमै रहेका ९२ वर्षीय बौद्धमान भने सकुशल छन् । उनले घटना भएको बेला थाहै पाएका थिएनन् । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए । प्रहरी अनुसन्धानमा हत्याको योजनाकार खड्गबहादुर कार्की भएको बताएको छ भने हत्यामा उनका छोरा हस्तबहादुर, मृतक तेजबहादुरका भाइ रणबहादुर र उनका दुई छोरा लोकबहादुर र नरेशसमेत संलग्न भएको प्रहरीको दाबी छ । ६ जनाको हत्या गरेपछि ५ जना नै लोकबहादुरको घरमा गएको र रगत पखालेर छुरी लुकाएको प्रहरीले बताएको छ । उनीहरू फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ । सोमबार पुनः संखुवासभाका डिएसपी लालध्वज सुवेदी भने, ‘सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको देखियो ।’ घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको कमान्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभासमेतबाट खटिएको संयुक्त अनुसन्धान समूह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्य र घटनाको मुख्य योजनाकारसमेत थप ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो । घटनाको योजना अघिल्लो राति लोकबहादुरको घरमा खड्गबहादुर सहित हस्तबहादुर, लोकबहादुर र १७ वर्षीय किशोर बसेर बनाएको, हत्यापछि अनुकूल मिलेमा मृतकको घरमा रहेको धनमालसमेत लाने योजना रहेको, घटनाको दिन खेताला निश्चित गरी फर्किएका तेजबहादुरलाई चिर्पट र अलैँचप् काट्ने चक्कु प्रहार गरी लोकबहादुर, १७ वर्षीय किशोर, खड्कबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको, तेजकुमार हारगुहार सुनी आएका उनकी श्रीमती र बुहारीलाई लोकबहादुर, खड्कबहादुर र हस्तबहादुर मिली हत्या गरेको, रणबहादुर र १७ वर्षीय किशोरले बुहारीको लास सासुको लास भएको ठाउँमा पुर्‍याउन सहयोग गरेको, बालक र बालिकालाई हस्तबहादुर र लोकबहादुरले मुख थुनी चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको, पार्वतीलाई टाउको भित्तामा ठोकाई घाँटी बटारी हत्या गरेको तथा घटनामा प्रयोग भएको चिर्पट अगेनामा डढाएको, छुरी रगत पखाली बुइगलमा लुकाएको, रगत लागेको कपडाहरू लुकाएको, रञ्जनाको मोबाइल घरमुनिको ओडारमा लुकाएको र घटनाबारे प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेको अनुसन्धानबाट खुल्न आएको छ । खड्कबहादुरलाई तेजबहादुरले जड्याँहा भनी गाली गर्ने, लोकबहादुरलाई पागल अल्छी र केही काम गर्न नसक्ने भनी गाली गर्ने, रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुँडे काम नलाग्ने भइस् भन्दै जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति दिने गरेको कारण उनीहरूले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०२:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP