Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #एक्सट्रयाक
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संखुवासभा हत्याकाण्ड, थप चार जना पक्राउ
संखुवासभा हत्याकाण्ड, थप चार जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ५, २०७८
संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । पक्राउ गरिएका चारै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । घरमै रहेका ९२ वर्षीय बौद्धमान भने सकुशल छन् । उनले घटना भएको बेला थाहै पाएका थिएनन् । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए । प्रहरी अनुसन्धानमा हत्याको योजनाकार खड्गबहादुर कार्की भएको बताएको छ भने हत्यामा उनका छोरा हस्तबहादुर, मृतक तेजबहादुरका भाइ रणबहादुर र उनका दुई छोरा लोकबहादुर र नरेशसमेत संलग्न भएको प्रहरीको दाबी छ । ६ जनाको हत्या गरेपछि ५ जना नै लोकबहादुरको घरमा गएको र रगत पखालेर छुरी लुकाएको प्रहरीले बताएको छ । उनीहरू फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ । सोमबार पुनः संखुवासभाका डिएसपी लालध्वज सुवेदी भने, ‘सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको देखियो ।’ घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको कमान्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभासमेतबाट खटिएको संयुक्त अनुसन्धान समूह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्य र घटनाको मुख्य योजनाकारसमेत थप ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो । घटनाको योजना अघिल्लो राति लोकबहादुरको घरमा खड्गबहादुर सहित हस्तबहादुर, लोकबहादुर र १७ वर्षीय किशोर बसेर बनाएको, हत्यापछि अनुकूल मिलेमा मृतकको घरमा रहेको धनमालसमेत लाने योजना रहेको, घटनाको दिन खेताला निश्चित गरी फर्किएका तेजबहादुरलाई चिर्पट र अलैँचप् काट्ने चक्कु प्रहार गरी लोकबहादुर, १७ वर्षीय किशोर, खड्कबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको, तेजकुमार हारगुहार सुनी आएका उनकी श्रीमती र बुहारीलाई लोकबहादुर, खड्कबहादुर र हस्तबहादुर मिली हत्या गरेको, रणबहादुर र १७ वर्षीय किशोरले बुहारीको लास सासुको लास भएको ठाउँमा पुर्‍याउन सहयोग गरेको, बालक र बालिकालाई हस्तबहादुर र लोकबहादुरले मुख थुनी चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको, पार्वतीलाई टाउको भित्तामा ठोकाई घाँटी बटारी हत्या गरेको तथा घटनामा प्रयोग भएको चिर्पट अगेनामा डढाएको, छुरी रगत पखाली बुइगलमा लुकाएको, रगत लागेको कपडाहरू लुकाएको, रञ्जनाको मोबाइल घरमुनिको ओडारमा लुकाएको र घटनाबारे प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेको अनुसन्धानबाट खुल्न आएको छ । खड्कबहादुरलाई तेजबहादुरले जड्याँहा भनी गाली गर्ने, लोकबहादुरलाई पागल अल्छी र केही काम गर्न नसक्ने भनी गाली गर्ने, रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुँडे काम नलाग्ने भइस् भन्दै जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति दिने गरेको कारण उनीहरूले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०२:४७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP