Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गौरी मल्ल महानायिका !
गौरी मल्ल महानायिका !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ५, २०७८
gauri malla
Hardik health
काठमाडौं– नेपाली कलाकारहरूलाई दिइने पदवी लगातारजसो विवादमा परिरहँदा अभिनेत्री गौरी मल्लले ‘महानायिका’को र शिव श्रेष्ठले ‘महानायकको’ पदवी पाएका छन् । गौरीलाई अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले ‘महानायिका’को पदवी दिएका हुन् भने भुवनले शिवलाई पनि ‘महानायक’ भनेका छन् । आइतबार फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक कार्यक्रममा भुवन र शिवले अहिलेसम्म गौरीजस्तो अभिनयमा डुब्न सक्ने अभिनेत्री नभएको उनीहरूको दाबी छ । गौरी मल्ललाई ‘महानायिका’ भन्नुको कारणबारे प्रस्ट्याउँदै भुवनले भने, ‘म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल नेपाली फिल्मको रियल ‘महानायिका’ र अभिनयको ‘महारानी’ हो । अब आउने कति पीढि उहाँको अभिनयको तुलनामा आउन सक्दैन ।’ ‘डाँडाको वरपीपल’ फिल्ममा आफूले सानो भूमिका भए पनि काम गर्न तयार हुनुको एउटा कारण गौरी मल्ल रहेको उनले बताए । उनले शिव श्रेष्ठलाई पनि ‘महानायक’ घोषित गर्न भ्याए । ‘उहाँ (शिव श्रेष्ठ) ले पाकिस्तान थर्काएर नेपाललाई चिनाउनु भएको छ । उहाँले इन्डस्ट्रीलाई ठूलो योदान गर्न‘भएको छ । उहाँसँग लामो समयपछि काम गर्न पाउँदा एकदमै गर्व महसुस भएको छ,’ भुवनले भने । कार्यक्रममा फिल्मका निर्देशक शोभित बस्नेतले भने नेपालको एक मात्र असली ‘महानायक’ भुवन केसी रहेको दाबी गरे । भुवन केसीपछि शिव श्रेष्ठले गौरी मल्ल आफूहरूको ‘पाठशाला’ रहेको बताए । उनले भने, ‘गौरी मल्लबाट हामीले सिक्नुपर्छ । उहाँले हामीलाई फिल्मको सेटमा धेरै सिकाउनु भएको छ । म उहाँलाई ‘महानायिका’ घोषित गर्छ‘ ।’ करिश्मा मानन्धर ‘ड्रिम गर्ल’ रहेको तर आफ्नो नजरमा असली ‘महानायिका’ गौरी मल्ल रहेको उनको भनाइ छ । गौरीले भने नेपालमा यसप्रकारका उपाधिको कुनै औचित्य नै नभएको बताइन् । आफूलाई उपाधि नभई काम दिन उनको आग्रह छ । ‘मलाई उपाधिको लोभ छैन । हामी श्रमजीवी हौँ । हामीलाई श्रम गर्ने मौका दिनुपर्छ । यस्तो शृंगार–अलंकारको पछाडि नलागौँ,’ उनले आग्रह गरिन् । नेपाली चलचित्र उद्योगमा कलाकारहरूलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले सम्मान तथा पदवी दिने प्रचलन छ । विभिन्न अवार्डका अतिरिक्त कलाकारहरूलाई उपाधि दिने गरिएको छ । तर, त्यसरी दिइने उपाधि विवादमा पनि पर्ने गरेको छ । वर्षौं अगाडि नेपाल चलचित्र प्राविधिक संघले आफ्नो अवार्ड समारोहमा सुपरस्टार राजेश हमाललाई ‘महानायक’ को उपाधि दियो । तर, उनी यो उपाधिको हकदार नभएको भन्दै लामो समयदेखि बहस हुँदै आएको छ । दर्शकको ठूलो जमातले भने उनलाई ‘महानायक’ मान्ने गरेको छ । पछिल्लो समय अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले उनलाई ‘महानायक’ नभएको आशयको अभिव्यक्ति दिएपछि उनीसमेत विवादमा परिन् । गत वर्ष एक प्राइभेट संस्थाले राजेश हमाललाई साक्षी राखेर अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ घोषणा ग¥यो । उनलाई यो उपाधि दिएकोमा पनि चलचित्र उद्योग दुई कित्तामा बाँडिएको थियो । कसैले उनी यो उपाधिको हकदार रहेको बताएका छन् भने कसैले ‘महानायिका’ को उपाधि पाउने काम उनले नगरेको टिप्पणी गरेका छन् । यस विषयमा दर्शकको बोली पनि एउटै छैन ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०२:४३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP