Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #एक्सट्रयाक
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संविधान खारेजको माग गर्दै प्रदर्शन
संविधान खारेजको माग गर्दै प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ४, २०७८
बुटबल– संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानविरुद्ध प्रदर्शन भएको छ । संविधान दिवसको अवसरमा वीर गोर्खाली अभियानले नेपालको संविधान ०७२ र एमसिसी सम्झौताको विरुद्ध बुटवलमा र्‍यालीसहित विशाल प्रदर्शन गरेको छ । बुटवलको मणिग्रामबाट सुरु भएको ¥याली नयाँमिल जोगिकुटी हुँदै गोलपार्कबाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला संविधान र एमसिसीविरुद्ध वीर गोर्खालीले शनिबार बुटवलमा विशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मात्रै होइन सिङ्गो गणतान्त्रिक ब्यबस्थालाई समेत धक्का पुग्ने आयोजक पक्षको दाबी थियो । वीर गोर्खाली अभियानले गत वर्ष असोज २४ गते काठमाडौंबाट सुरु गरेको आन्दोलन कात्तिक १७ गते बुटवलमा हजारौँ मोटरसाइकलसहित प्रदर्शन गरे पश्चात देशब्यापी रूपमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गरेको थियो । राजा आऊ, देश बचाऊ’ भन्दै वीर गोर्खालीले देशभर प्रदर्शन गरेपछि तत्कालिन केपी ओली सरकारले सर्वदलीय बैठकसमेत बोलाएको थियो । २०७२ को संविधान खारेजी र एमसिसीविरुद्ध बुटवलको मणिग्राम चोकबाट ¥याली सहित वीर गोर्खाली अभियानले विशाल प्रदर्शन गरेपश्चात देउवा नेतृत्वको सरकारलाई सकस परेको छ । राजावादी संघ संगठनको सबैभन्दा ठूलो र शक्तिशाली मानिएको वीर गोर्खाली अभियाले अघिल्लो वर्ष काठमाडौं, बुटवल, चितवन, पोखरा, कोहलपुर, बिराटनगर, कपिलवस्तु, बर्दिया, सुर्खेत, दाङ, वीरगञ्ज, हेटौँडालगायत देशका ठूला सहरहरूमा विशाल प्रदर्शन गरेको थियो । कार्यक्रममा बोल्दै वीर गोर्खाली अगुवा वसन्तविक्रम पाण्डेले बाइबलरूपी अहिलेको संविधानले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताउँदै अब २०४७ सालको संविधानमा सबै फर्किनुको विकल्प नरहेको बताए । कार्यक्रम सञ्चालन गर्दै वीर गोर्खाली अगुवा सौरभ भण्डारीले भने, ‘विदेशीले लेखिदिएको संविधान भएकै कारण आज एमसिसीजस्तो राष्ट्रघाती सम्झौताले यो कथित संविधानलाई टाङमुनी छिराएको छ, त्यसैले यो संविधान खारेज गरेपछि एमसिसी संवतः खारेज हुन्छ ।’ कार्यक्रममा सहभागीलाई स्वागत गर्दै वीर गोर्खाली अगुवा चिरण क्षत्रीले राष्ट्रघातीहरूको विरुद्ध अग्र मोर्चामा रहेर लड्नु पर्ने परिस्थिति आएकोले तयारी अवस्थामा रहन आव्हान गरे । अर्का अगुवा दीपेन्द्र ढकालले भने, ‘गणतन्त्रले देश अफगानिस्तान र सिरियाको बाटोमा गएको छ त्यसैले त्यो परिस्थितिमा जान रोक्नका लागी सबैलाई वीर गोर्खालीको इतिहास दोहोर्याउनु परे पनि हामी तयार छौँ । देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ । ¥यालीमा करिब ५ हजारभन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ । कार्यक्रमलाई ब्यवस्थित गर्न वीर गोर्खाली अगुवाहरू रामु थापा, प्रवीण थापा, दुर्गा पाण्डे, विश्व अर्याल, सूर्यदेव राजावादी, हुसेन राजावादीलगायतको सक्रिय सहभागिता रहेको देखिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०१:५४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP