Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संविधान खारेजको माग गर्दै प्रदर्शन
संविधान खारेजको माग गर्दै प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ४, २०७८
Hardik health
बुटबल– संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानविरुद्ध प्रदर्शन भएको छ । संविधान दिवसको अवसरमा वीर गोर्खाली अभियानले नेपालको संविधान ०७२ र एमसिसी सम्झौताको विरुद्ध बुटवलमा र्‍यालीसहित विशाल प्रदर्शन गरेको छ । बुटवलको मणिग्रामबाट सुरु भएको ¥याली नयाँमिल जोगिकुटी हुँदै गोलपार्कबाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला संविधान र एमसिसीविरुद्ध वीर गोर्खालीले शनिबार बुटवलमा विशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मात्रै होइन सिङ्गो गणतान्त्रिक ब्यबस्थालाई समेत धक्का पुग्ने आयोजक पक्षको दाबी थियो । वीर गोर्खाली अभियानले गत वर्ष असोज २४ गते काठमाडौंबाट सुरु गरेको आन्दोलन कात्तिक १७ गते बुटवलमा हजारौँ मोटरसाइकलसहित प्रदर्शन गरे पश्चात देशब्यापी रूपमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गरेको थियो । राजा आऊ, देश बचाऊ’ भन्दै वीर गोर्खालीले देशभर प्रदर्शन गरेपछि तत्कालिन केपी ओली सरकारले सर्वदलीय बैठकसमेत बोलाएको थियो । २०७२ को संविधान खारेजी र एमसिसीविरुद्ध बुटवलको मणिग्राम चोकबाट ¥याली सहित वीर गोर्खाली अभियानले विशाल प्रदर्शन गरेपश्चात देउवा नेतृत्वको सरकारलाई सकस परेको छ । राजावादी संघ संगठनको सबैभन्दा ठूलो र शक्तिशाली मानिएको वीर गोर्खाली अभियाले अघिल्लो वर्ष काठमाडौं, बुटवल, चितवन, पोखरा, कोहलपुर, बिराटनगर, कपिलवस्तु, बर्दिया, सुर्खेत, दाङ, वीरगञ्ज, हेटौँडालगायत देशका ठूला सहरहरूमा विशाल प्रदर्शन गरेको थियो । कार्यक्रममा बोल्दै वीर गोर्खाली अगुवा वसन्तविक्रम पाण्डेले बाइबलरूपी अहिलेको संविधानले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताउँदै अब २०४७ सालको संविधानमा सबै फर्किनुको विकल्प नरहेको बताए । कार्यक्रम सञ्चालन गर्दै वीर गोर्खाली अगुवा सौरभ भण्डारीले भने, ‘विदेशीले लेखिदिएको संविधान भएकै कारण आज एमसिसीजस्तो राष्ट्रघाती सम्झौताले यो कथित संविधानलाई टाङमुनी छिराएको छ, त्यसैले यो संविधान खारेज गरेपछि एमसिसी संवतः खारेज हुन्छ ।’ कार्यक्रममा सहभागीलाई स्वागत गर्दै वीर गोर्खाली अगुवा चिरण क्षत्रीले राष्ट्रघातीहरूको विरुद्ध अग्र मोर्चामा रहेर लड्नु पर्ने परिस्थिति आएकोले तयारी अवस्थामा रहन आव्हान गरे । अर्का अगुवा दीपेन्द्र ढकालले भने, ‘गणतन्त्रले देश अफगानिस्तान र सिरियाको बाटोमा गएको छ त्यसैले त्यो परिस्थितिमा जान रोक्नका लागी सबैलाई वीर गोर्खालीको इतिहास दोहोर्याउनु परे पनि हामी तयार छौँ । देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ । ¥यालीमा करिब ५ हजारभन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ । कार्यक्रमलाई ब्यवस्थित गर्न वीर गोर्खाली अगुवाहरू रामु थापा, प्रवीण थापा, दुर्गा पाण्डे, विश्व अर्याल, सूर्यदेव राजावादी, हुसेन राजावादीलगायतको सक्रिय सहभागिता रहेको देखिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०१:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP