Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोटाङमा आठ जनामा डेङ्गु संक्रमण
खोटाङमा आठ जनामा डेङ्गु संक्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ४, २०७८
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण
Hardik health
खोटाङ– खोटाङमा आठ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.वैभव मल्लिकले बताए । उनका अनुसार संक्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् । ‘डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।’ डेङ्गु रोगबारे उच्च सतर्कता अपनाउन र रोगको नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अबलम्बन गर्न डा मल्लिकले सम्बन्धित पक्षलाई आग्रह गरे । एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच÷छ दिनपछि शरीरमा बिमिरा आउनेलगायत शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा. मल्लिकले बताए । डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भए पनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेलगायत लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको संख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ । भर्खरै स्तरोन्नतिको काम शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समेत समस्या भइरहेको बताइएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताए । जिल्लामा सञ्चालित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पतालमा समेत बिरामीको संख्या उत्तिकै रहेको स्रोतले जनाएको छ । जिल्लामा सञ्चालित सरकार तथा सामुदायिक अस्पतालको सेवा भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका जिल्लाबासीलाई पन्ध्र शैय्यामा सञ्चालित एकमात्र सरकारी जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु गरिएको छ । वि.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शैय्यामा सञ्चालन गर्नका लागि पुरानो संरचनाका भवनहरू हटाएर नयाँ पक्की भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको हो । रासस
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०१:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP