Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली
सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १, २०७८
Sawan-6-4
Hardik health
सरकारले दसैँका लागि अग्रिम टिकट खुलाउन सकेको छैन, यस सवालमा सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली देखिएको छ । जडीबुटी, कोटेश्वर, भक्तपुरको लोकन्थली र सूर्यविनायक चोकको दायाँबायाँ घरजाने मानिसहरू लामबद्ध रूपमा घर जाने गाडी कुरैर बसेको देखिन्छ । त्यस्तै, सातदोबाटो र बल्खुबाट वीरगन्ज र मधेस जाने टाटा सुमोहरूको टिकट काट्न लाइन बसेकाहरू पनि त्यतिकै छन् । कंलकीबाट विभिन्न जिल्ला जान टिकट काउन्टरको छेउछाउ र नयाँ बसपार्कको गेटबाहिर पनि घर यात्रुहरूको चाप उत्तिकै छ । नयाँ बसपार्कको भित्र झन् यात्रुको चाप निकै धेरै छ । चाबहिल, गौशाला र भक्तपुरको राधेराधेमा दसैँ मान्न घर जानेहरू गाडी कुरेर बसेको देख्न सकिन्छ । दसैँ नलाग्दै सर्वसाधारणहरू आफ्नो घर फर्किन चाहनेहरूको मुख्य कारण यातायात व्यवसायीहरू हुन् । यातायात व्यवसायीहरूले जहिले पनि दसैँको मुखमा आएर यात्रुहरूलाई दुःख दिने गरेका छन् । आफ्नो स–साना बालबच्चा, झोला, सुटकेस र केही आवश्यकताका सामान लिएर बसस्टपमा घन्टौँ बस कुरेर बसेको दृश्य निकै नै दर्दनाक छ । घाम लाग्दा र पानी पर्दा बस्ने ओत लाग्ने ठाउँसमेत छैन । पानीमा रुझेर यात्रुहरू बस कुरेर बसेको छन् । ती ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूले पनि यो बिजोग देखेका होलान् तर कसैको यसमा ध्यान गएका छैन । बसस्टपमा घन्टौ गाडी कुर्दा कतिलाई शौचालय जानुपर्ने हुन सक्छ । तर, बसस्टप छेउछाउ कतै पनि सार्वजनिक शौचालयको व्यवस्था गरिएको छैन । घरबाट झोला, पोकापाकी बोकेर निस्किसकेका हुन्छन्, फेरि शौचालय जानलाई घर फर्किर्ने कुरा भएन । सार्वजनिक शौचालयको व्यवस्था नहँुदा यसरी बस कुरेर घन्टौँ उभिनु पर्ने यात्रुहरूले निकै कठिनाइको सामना गर्नुपरेको छ । बस कुरेर बस्नेलाई मात्र होइन, सडकमा आउजाउ गर्ने मानिसहरूलाई पनि यसले निकै समस्यामा पारेको छ । अरु बेला आफ्नो जन्मथलो फर्किन नपाए पनि वर्ष दिनमा एकचोटी घर गएर आफ्नो परिवारसँग रमाइलो गर्ने इच्छा सबैको हुन्छ । कसरी हुन्छ, सबैलाई आफ्नो घर फर्किनै छ । चाहे ढोकामा झुन्डिएर हुन्छ कि बसमा छतमा बसेर । आफ्नो ज्यानको बाजी राखेर जोखिमपूर्ण यात्रा गर्न तयार हुनुपर्छ, सर्वसाधारण । यो सबको एउटै कारण भनेकै यातायात व्यवसायी हुन् । हरेक सालको दसैँमा यातायात व्यवसायीले सरकारको सामु आफ्नो मागहरू राख्छन् । आफ्ना माग पूरा नभएसम्म अग्रिम टिकट बुकिड. खोल्दैनन् । सरकारलाई जहिले पनि घुँडा टेकाएर छाड्छन् । दसैँ सुरु हुनुभन्दा केहीदिन अघि टिकट खुल्छ जुन खुलेको दुई/तीनमै सिध्धिको भनेर भन्छन् । टिकट काउन्टरहरूले टिकट हुँदाहुँदै पनि टिकट सिध्धिसक्यो भनेर बोर्ड राख्ने गरेका छन् । त्यही टिकटलाई अलि धेरै पैसा तिर्छु भन्यो भने काउन्टरका कर्मचारीहरूले टिकट मिलाइदिन्छन् । यातायात व्यवसायीहरू आफ्लै टिकट काट्दैनन् । टिकट बेच्ने जिम्मा आफ्ना सहयोगीहरूलाई लगाइएको छ । सरकारले तोकेभन्दा बढी भाडा तिरेर कुनै सुविधाको प्रयोग गर्न नपाउनु सर्वसाधारणहरूको दैनिकी बनिसकेको छ । नक्कली सिट राखेर, मुढामा यात्रा गराउने काम यातायात व्यवसायीले गरिरहेका छन् । तैपनि सरकार मौन् छ । दाउराको खलियोजस्तै मिलाएर राखिएका यात्रुहरूलाई गाडीका चालक सहचालकहरूले मानिस सोचेका छैनन् । उनीहरूलाई यात्रु भनेको पैसा कमाउने भाँडा मात्र हो । हरेक साल दसैँ आउँछ । प्रत्येक वर्ष टिकटमा मोलमोलाइ भइरहेको देख्न सकिन्छ । दलालीहरू घर जाने मान्छेसँग टिकटको मोलमोलाइ गरिरहेको हुन्छन् । खुला रूपमा दलालीहरूले मोलमोलाइ गरी जनता ठग्दा पनि सरकार जहिले पनि देखे पनि नदेखेजस्तो गरेर बस्छ । अहिले जुनसुकै क्षेत्रमा पनि बिचौलियाहरूको बिगबिगी छ । यस्ता विकुति फैलाउने बिचौलियाहरूलाई कानुनको दायरामा ल्याउनु कसको जिम्मेवारी हो । ठूला बसहरूको टिकट बल्लतल्ल खोले पनि साना गाडीहरूको टिकट खुलाइँदैन । सिट नहुँदा नहुँदै पनि अलि अगाडि गएपछि सिट खाली हुन्छ भनेर सहचालकले जबरजस्ती यात्रु चढाउने गर्दछन् । यात्रुको सामान भने छतमा लगेर फ्याँकिदिन्छन् । सिट खाली हुन्छ भन्दाभन्दै बसले थेग्न नसक्ने गरी यात्रु हाल्छन् । अनि खुसीयाली मनाउन घर जानेहरूको घरमा रुवाबासी चल्छ । यातायात व्यवसायीहरूलाई पैसासँग मात्र मतलब छ । कति जना त उभेको उभियै घर पुग्छन् । सिटमा बसेको र उभिएर यात्रा गर्नेको भाडा उत्ति नै छ । अलिकति पनि थपघट छैन । यात्रुले उभिएर यात्रा गरे पनि सिटमा बसेर यात्रा गर्नेले जत्तिकै भाडा तिर्न परेको छ । यो त सिधै लुटतन्त्र भएन र ? यसरी खुलेआम लुटतन्त्र फैलाउने यातायात व्यवसायी किन कानुनको दायरामा आएनन् ? कतै यहाँ पनि यातायात व्यवसायीको गृह मन्त्रालयदेखि यातायात मन्त्रालय र ट्राफिक महाशाखासँग व्यक्तिगत सम्बन्ध त छैन ? स्पष्ट रूपमा भन्नुपर्दा आर्थिक लेनदेन र कमिसनको खेल त चलेको सम्भावना देखिएको छ । यातायात व्यवसायीहरूको दुईवटा महासंघ छ । एउटा सार्वजनिक यातायात केन्द्रीय महासंघ, अर्को नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ हो । उनीहरूको संरक्षणमा बसेर यातायात व्यवसायीहरूले यत्रो लुटतन्त्र मच्चाएका छन् । यातायात व्यवसायीहरूले दैनिक कमाएको पैसाबाट महासंघलाई हजार रुपिँयासम्म लेबी बुझाउने गरेका छन् । त्यो लेबी बुझाएको पैसा यात्रुहरूलाई ठगेको र उनीहरूसँग बढी भाडा उठाएको रकम हो । यातायात व्यवसायीहरूको बिलबुक र लाइसेन्स ट्राफिकले लग्यो भने महासंघले ल्याइदिने काम गर्छ । यातायात व्यवसायी गल्तीमा पानी हाल्नुको सट्टा महासंघले घिउ थप्ने काम गरिरहेको छ । संस्था ऐन २०१८ र २०३४ अन्तर्गत दर्ता भएको ३०७ यातायात समिति र महासंघ सरकारले खारेज गरिसकेको छ । समिति र महासंघ खारेज भएको खण्डमा त्यहाँ भएको चलअचल सम्पत्ति राष्ट्रियकरण हुनुपर्ने विधान कानुन मै उल्लेख भएको छ । तर गृह मन्त्रालय र यातायात मन्त्रालयको लोभी स्वभावले राष्ट्रियकरण हुनु पर्ने सम्पत्ति फुक्का भइसकेको छ । नेपाल कमिसन र भ्रष्ट्राचारमा डुबेको छ । जसको फल राज्य र जनताले भोगिरहेको छ । यातायात व्यवसायीहरूको माग पूरा नभएसम्म दसैँको अग्रिम टिकट खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघका सहसचिव भरत नेपालले असहमति प्रकट गरिसकेका छन् । बिचौलियाहरूले जनता ठगेको पैसा महासंघ र सरकारको केही सिमित व्यक्तिमा भागबन्डा लगाउने गरेको कुरा पनि बाहिर आएका छन् । तर अनुगमनमा शून्यता छ । आवश्यक परेको बेलामा अहिले त सार्वजनिक यातायात पाइँदैन भने दसैँमा झन् सिटमा बसेर यात्रा गर्छु भनेर नसोच्दा पनि हुन्छ । ०७० सालमा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले बिहान र बेलुका भाडाको गाडी नपाउँदा जनतालाई काममा जान र कामबाट घर जान गाह्रो भयो भनेर एउटा महत्वपूर्ण निर्णय गरेको थियो । उपत्यकाका सबै सडकमा चल्ने सार्वजनिक यातायात बिहान ४ बजेदेखि राति १० बजेसम्म भाडाको गाडी चलाउनुपर्ने नीति ल्याएको थियो । यो नियम उपत्यकामा मात्र नभई देशैभरिको सदरमुकामका लागि बनाइएको थियो । बिहान ४ बजेदेखि राति १० बजेसम्म गाडी नचलाएको खण्डमा राज्यले यातायात व्यवसायीको सवारी रोडपरमिट र दर्ता खारेज गरिदिने नियम पनि बनाएको थियो । त्यस्ता गाडीहरूले राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवासुविधा वञ्चित गर्ने निति बन्यो । यसको अनुगमन गर्ने जिम्मा ट्राफिक महाशाखा र यातायात व्यवस्थालाई दिइएको थियो । जनतालाई सेवा, सुविधा दिने भनेर यातायात मन्त्रालयले निर्णय गर्‍यो । २०७१ बैशाख १ गतेदेखि लागु गर्ने भनेर यातायात व्यवस्था विभागले सबै प्रदेशको यातायात अञ्चल कार्यालयलाई परिपत्र गर्‍यो । त्योसँगै ०७० सालमा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले अर्को महत्वपूर्ण निर्णय गरेको थियो । भाडाका वा निजी प्लेटको गाडीहरू दर्ता भएको मिति मै यातायात कार्यालयको ढड्डा वा बिलबुकमा त्यस गाडीको चल्ने अवधि लेखिदिने । त्यो पनि २०७१ साल वैशाख १ गतेदेखि लागू गर्ने भनेर निर्णय गरेको थियो । आर्थिक चलखेलमा सो निर्णय दराजमा थन्कियो । त्यो निर्णय कार्यान्वयन गर्दा आफ्नो गाडी कति वर्ष भनेर थाहा हुन्थ्यो । २० वर्ष पुगेका गाडीहरू विस्थायन गर्न सहयोग पुग्थ्यो । २० वर्ष पुग्नेबित्तिकै गाडीहरू विस्थापन गर्ने हो भने दुर्घटना पनि कम हुन्थ्यो । हरेक वर्ष थोत्रा गाडी चलाएर दसैँमा थुप्रैले ज्यान गुमाउनुपरेको छ । थोत्रा, पुराना र काम नलाग्ने गाडी चलाएर जनता मार्ने काम यो वर्ष नहोस् । सरकारले जहिले पनि यातायात व्यवसायको अगाडि घुँडा टेक्छ । यातायात व्यवसायीको सामु सरकारले जहिले पनि लाचारी देखाएको छ । सट्टाभर्ना र २० वर्षे गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा नयाँ गाडीको दर्ताको अन्त्य गर्नै पर्छ । अहिले यातायात व्यवसायीहरूले बिहान ५ बजे गाडी चलाउन थाल्छन् । आफूलाई जनता ठगेर पुगेपछि बेलुका ५ नै बजे ग्यारेजमा लगेर थन्काउँछन् । बेलुका गाडी नपाएर घर जान घन्टौँ कुर्नुपर्छ । कि त घन्टौँको बाटो हिँड्नुपर्छ कि ट्याक्सीमा आउनुप¥यो । ट्याक्सीको भाडा जनताले तिर्न सक्ने स्थिति छैन ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०३:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP