Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • टुल्कीको टिजर रिलिज
टुल्कीको टिजर रिलिज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३१, २०७८
tulki
Hardik health
काठमाडौैं– बहुपति प्रथामा आधारित नेपाली कथानक चलचित्र टुल्कीको फस्र्टलुक र टिजर सार्वजनिक गरिएको छ । लमजुङ, गोरखा, लमजुङ, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पालगायतका गाउँमा अझै कायम रहेको बहुपति प्रथाको कथामा आधारित भएर निर्माण गरिएको चलचित्रको टिजर सार्वजनिक गरिएसँगै निर्माण टिम प्रचारमा जुटेको छ । चार वर्षको अध्ययनपछि लकडाउनको समयमा माथिल्लो डोल्पामा सुटिङ भएको फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमका बीच फस्र्टलुक पोस्टर र टिजर सार्वजनिक गरियो । डोल्पाको तल्लो भागमा बसोबास गर्ने ब्राह्मण परिवारमा जन्मिएकी एक युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेर गएपछि उनले भोग्नु परेको पीडा र व्यथालाई ट्रेलरमार्फत देखाउन खोजिएको छ । फिल्मको टाइटल क्यारेक्टरमा स्वस्तिमा कार्की छिन् । उनले यही फिल्मबाट नायिकाको रूपमा डेब्यू गर्न लागेकी हुन् । देवजंग थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ । ९० लाखमा बनेको फिल्मलाई निर्देशक थापाले नै छायांकन गरेका हुन् । लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको निर्मातामा आर.पि कर्माचार्य र शेखर लामा निर्माताको रूपमा छन् । फिल्मलाई नेपालभन्दा पहिला विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिने निर्माता शेखर लामाले बताए । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मेवारी श्रीदेव विएलले लिएका छन् । सबैभन्दा पहिला फिल्म यूकेमा प्रदर्शन हुनेछ । कलाकार शिशिर वाङ्देलले यो फिल्म आफ्नो करिअरको टर्निङ पोइन्ट हुनसक्ने बताएका छन् । उनले कार्यक्रममा भने, ‘मैले आजसम्म यति पृथक विषयवस्तु र भूमिकामा काम गरेको थिइनँ । यो साँचिक्कै माटो सुहाउँदो फिल्म हो । यो फिल्म प्रदर्शन भएपछि मलाई भोलिका दिनमा यसप्रकारका भूमिकाबाट अफर आउन सक्ने सम्भावना देख्छु । यसले गर्दा यो मेरो करिअरको टर्निङ पोइन्ट हुन सक्छ ।’ घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने प्रथा नै बहुपति प्रथा हो । श्रीमतीकै रूपमा स्वीकार गरे पनि उनीहरूले भाउजू भन्ने गर्छन् । यही प्रथामाथि आधारित भएर फिल्म ‘टुल्की’ निर्माण गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP