
धनगढी– नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको जानकारी दिए ।
दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारालामा तामाङ आकांक्षी देखिएपनि नेकपा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ भने प्रमुख सचेतक, सचेतकलगायत पदाधिकारी चयन गरिएका छैनन् । मन्त्री खड्काले अर्को बैठकबाट छनोट हुने जानकारी दिए ।