Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #एक्सट्रयाक
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खुल्न थाले संग्रहालय
खुल्न थाले संग्रहालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर केही कम भएसँगै उपत्यकामा रहेका संग्रहालयहरू खुल्न थालेका छन् । गत १६ वैशाखदेखि बन्द गरिएका ती संग्रहालयहरू कोरोना संक्रमणको जोखिम कम भएकाले सर्वसाधारणका लागि खुला गरिन थालिएका हुन् । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञासमेत खुकुलो पारिएपछि व्यवस्थापन समितिले उपत्यकामा रहेका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्र्रहालय खुला गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएसँगै अवलोकनकर्ताको भीड लागेको छ । नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मंगलबार भने आधा दिन खुला गरिने गरेको संग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिएका छन् । त्यस्तै, हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ । शुल्क विवाद काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ । पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रूपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब १ असोजदेखि सार्क मुलुक र तेस्रो देशका नागरिकले संग्रहालय प्रवेशका लागि अतिरिक्त तीन सय रूपैयाँ तिर्नुपर्ने भएको छ । सम्झौता अनुसार महानगरपालिकाले प्रत्येक विदेशीलाई हनुमानढोका दरबार क्षेत्र र संग्रहालयमा प्रवेशको लागिसार्क मुलुकका नागरिकलाई १५० रूपैयाँ र सार्क बाहिरका विदेशीलाई ७५० रूपैयाँ उठाउने निर्णय भएको थियो । जसमध्ये सार्क मुलुकका नागरिकको जनही ५० रूपैयाँ र बाहिरका पर्यटकबाट उठेको रकमको जनही २५० रूपैयाँ संग्रहालयलाई दिने सहमति भएको पुरातत्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालले जानकारी दिए । पछि सार्क बाहेकका मुलुकबाट आउने पर्यटकबाट महानगरले एक हजार रूपैयाँ उठाउन थालेको थियो । महानगरपालिकाले पर्यटक सेवा शुल्क शीर्षकमा ११ चैत ०७६ मा लकडाउन हुनुअघि नै साढे ३ करोड रूपैयाँ तिर्न बाँकी रहेको भनेर पत्र पठाए पनि महानगरपालिकाले पैसा तिर्न अटेरी गरेको आरोप हनुमानढोका दरबार संग्रहालयले लगाएको छ । संग्रहालयको वार्षिक १० करोड आम्दानी मध्ये यो शीर्षकमा मात्रै वार्षिक पाँच करोड आम्दानी हुन्छ । यसरी बजेटको मुख्य स्रोत नै अनियमित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा बसेको समितिको बैठकले महानगरसँगको सम्झौता रद्द गर्दै आफैँले शुल्क उठाउने निर्णय गरेको खनालले बताए । काठमाडौं महानगरपालिकाले हनुमान ढोका संग्रहालय विकास समितिले एकलौटी निर्णय गरेर आफैँ शुल्क उठाउने निर्णय गर्नु दुःखद रहेको बताएको छ । महानगरको हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले महानगरले दिन बाँकी पैसा लकडाउनका कारण आर्थिक स्रोत कमजोर भएकोले दिन नसकेको स्पष्ट पारे । उनले संग्रहालयलाई पैसा दिने विषयमा कुराकानी भइरहेको बेलामा यसरी एकलौटी निर्णय गर्नु दुःखद रहेको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP