Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बालबालिका नै भविष्यका आसाका किरण हुन् : राष्ट्रपति
बालबालिका नै भविष्यका आसाका किरण हुन् : राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
bidya-devi-bhandari-rastrapati
Hardik health
काठमाडौं– ‘बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन्,’ बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सिर्जनशील बालबालिका नै भविष्यका आसाका किरण हुन् ।’ बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भनिन्, ‘व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।’ उनले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरिन् । बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उनले जोडिन्, ‘बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले संघ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गराउनुभयो । साथै बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेकोसमेत उनको भनाइ थियो । बालबालिकाको संरक्षण गर्नका लागि कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि सरकारले पहल गरिरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रममा बालबालिका प्रतिष्ठानको अवधारणा अघि सारिएको बताएकी छन् । बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणजस्ता कुरामा ध्यान दिएको छ भनिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले चित्रकला, बालगीत, कविता र नृत्य प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले देश संघीयतामा प्रवेश गरेसँगै बालबालिकालाई स्थानीय तहबाटै संरक्षण गर्नुपर्ने गरी काम भइरहेको बताएकी छन् । ‘बालबालिकाको संरक्षणका लागि सरकारले प्रयास गरिरहेको छ,’ उनले भनिन्, ‘यो वर्ष तीन हजार हराएका बालबालिका फेला पारी परिवारको सम्पर्कमा बुझाइएको छ ।’ नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्यायले अभिभावकविहीन बालबालिकालाई संरक्षण दिने र शिक्षा दिने व्यवस्था गरिरहेको जानकारी दिएकी छन् । ‘नेपाल बाल सङ्गठनको देशभर भएका भौतिक सम्पत्तिको संरक्षण हुन सकेको छैन,’ अध्यक्ष उपाध्यायले भनिन्, ‘भौतिक सम्पत्तिको राम्ररी संरक्षण भए बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने थियो ।’ उनले बालमन्दिरका बालबालिकाको हेरचाहका लागि सरकारले बजेटसमेत बढाइदिनु आग्रह गरिन् । नेपालमा कुल जनसंख्याको एक तिहाइ बालबालिका रहेका छन् । तीमध्ये १८ वर्षमुनिका बालबालिका एक करोड १५ लाख (४१.८ प्रतिशत) छन् । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपाल सरकारले सन् १९९० सेप्तेम्बर १४ अर्थात विसं २०४७ भदौ १२ गते अनुमोदन गरेको थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP