Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बालबालिका नै भविष्यका आसाका किरण हुन् : राष्ट्रपति
बालबालिका नै भविष्यका आसाका किरण हुन् : राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
bidya-devi-bhandari-rastrapati
Hardik health
काठमाडौं– ‘बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन्,’ बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सिर्जनशील बालबालिका नै भविष्यका आसाका किरण हुन् ।’ बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भनिन्, ‘व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।’ उनले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरिन् । बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उनले जोडिन्, ‘बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले संघ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गराउनुभयो । साथै बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेकोसमेत उनको भनाइ थियो । बालबालिकाको संरक्षण गर्नका लागि कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि सरकारले पहल गरिरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रममा बालबालिका प्रतिष्ठानको अवधारणा अघि सारिएको बताएकी छन् । बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणजस्ता कुरामा ध्यान दिएको छ भनिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले चित्रकला, बालगीत, कविता र नृत्य प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले देश संघीयतामा प्रवेश गरेसँगै बालबालिकालाई स्थानीय तहबाटै संरक्षण गर्नुपर्ने गरी काम भइरहेको बताएकी छन् । ‘बालबालिकाको संरक्षणका लागि सरकारले प्रयास गरिरहेको छ,’ उनले भनिन्, ‘यो वर्ष तीन हजार हराएका बालबालिका फेला पारी परिवारको सम्पर्कमा बुझाइएको छ ।’ नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्यायले अभिभावकविहीन बालबालिकालाई संरक्षण दिने र शिक्षा दिने व्यवस्था गरिरहेको जानकारी दिएकी छन् । ‘नेपाल बाल सङ्गठनको देशभर भएका भौतिक सम्पत्तिको संरक्षण हुन सकेको छैन,’ अध्यक्ष उपाध्यायले भनिन्, ‘भौतिक सम्पत्तिको राम्ररी संरक्षण भए बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने थियो ।’ उनले बालमन्दिरका बालबालिकाको हेरचाहका लागि सरकारले बजेटसमेत बढाइदिनु आग्रह गरिन् । नेपालमा कुल जनसंख्याको एक तिहाइ बालबालिका रहेका छन् । तीमध्ये १८ वर्षमुनिका बालबालिका एक करोड १५ लाख (४१.८ प्रतिशत) छन् । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपाल सरकारले सन् १९९० सेप्तेम्बर १४ अर्थात विसं २०४७ भदौ १२ गते अनुमोदन गरेको थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP