Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दसैँमा रिलिज होला नयाँ फिल्म ?
दसैँमा रिलिज होला नयाँ फिल्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
film release
Hardik health
काठमाडौं– हिन्दू नेपालीहरूको महान चाडमध्ये दशैं प्रमुख चाड हो । दशैंमा अन्यभन्दा अलि लामो बिदा हुने, टाढाका आफन्त घर आउने र रमाइलो वातावरण बन्ने गर्दछ । त्यसैले दशैंको छेको पारेर फिल्म रिलिज गर्नका लागि निर्माता, निर्देशकहरू न्वारानदेखिको बल लगाउने गर्दछन् । तर, कोरोना महामारी सुरु भएयता भने अवस्था फेरिएको छ । गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् । हल नखुल्दा दशैंमा नयाँ चलचित्र रिलिज हुने विषयमा पनि अन्योल देखिएको छ । फिल्म वितरक तथा हल व्यवसायीहरूको छाता संस्था नेपाल चलचित्र संघले शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न सरकारले अनुमति नदिएसम्म तीन जिल्लाका मात्र हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा नजिकिँदै गरेको दशैंमा पनि सिनेमा हल नखुल्ने हो कि भन्ने आशंका उब्जिएको छ । किनकि, फिल्म रिलिजका लागि दशैं बिदा सबैभन्दा राम्रो मानिन्छन् । सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं–तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ । महिनामा दुई वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ । ‘चपली हाइट ३’ का निर्माता अर्ज‘न कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताएका छन् । उनले भने, ‘फिल्म कहिले लगाउने भनेर चलचित्र संघलाई निर्णय गर्ने जिम्मा दिएका छौँ । संघले जहिले भन्छ त्यही दिन फिल्म रिलिज हुन्छ । त्यसका लागि हामीले केही ‘एमजी’ डिमान्ड गरेका छौँ त्यो पूरा भयो भने फिल्म रिलिज गर्ने जोखिम उठाउँछौँ ।’ त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।’ कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरू वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आसमा बसेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP