Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खुल्दै विद्यालय, अभिभावक अन्योलमा
खुल्दै विद्यालय, अभिभावक अन्योलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २८, २०७८
shooil
Hardik health
काठमाडौं– कोभिड–१९ को संक्रमण घटेसँगै स्थानीय तहहरूले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा १ असोजदेखि जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने स्थानीय प्रशासनले निर्णय गरेपछि विभिन्न स्थानीय निकायले भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका हुन् । यद्यपि आफ्ना नानीलाई विद्यालय पठाउने कि नपठाउने भन्ने विषयमा भने अभिभावकहरूमा अन्योल देखिएको छ । अभिभावकहरूले विद्यालय खोल्नका लागि हतार गर्न नहुने मत राखिरहेका छन् । केही स्थानीय निकायले जिल्ला प्रशासन कार्यालयले त्यस्तो निर्णय गर्नुपूर्व नै भौतिक उपस्थितिमा विद्यालय खुलाएका थिए । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्रशासनको निर्णयपूर्व नै विद्यालय सञ्चालनको अनुमति दिएको थियो । प्रशासनले गोकर्णेश्वरलाई स्पष्टीकरणसमेत सोधेको थियो । तर, विद्यालय खोल्नुपर्ने दबाबमा परेको प्रशासनले तत्कालै अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको अनुमति दिनसक्ने निर्णय गर्‍यो । यसैक्रममा बूढानीलकण्ठ नगरपालिकामा आइतबारदेखि भौतिकरूपमा विद्यालय खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् । कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको थियो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए/नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ । स्थानीय प्रशासनको निर्णयसँगै अन्य स्थानीय तहमा पनि १ असोजदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरूले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डिसिसिएमसीमा पेस गर्नुपर्ने भनिएको छ । मुख्य सहरी क्षेत्रमा भएका स्थानीय तहहरू कसरी विद्यालय सञ्चालन गर्ने भनेर विद्यालय, अभिभावकलगायत सरोकारवाला निकायसँग छलफल गरिरहेका जनाएका छन् । स्थानीय प्रशासनको निर्णयले अभिभावक तथा विद्यार्थी भने अन्योलमा देखिएका छन् । दशैं नजिकै आइरहेको र अधिकांश विद्यार्थीहरू गृहजिल्लामा भएकाले दशैंपछि मात्र विद्यालय खोल्न अभिभावकहरूले अनुरोध गरेको ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख महेन्द्र क्षेत्रीले बताए । उनले भने, ‘विद्यालयहरूले भौतिक दूरी कायम राखेर खोल्न पाउँ भनिरहेका छन्, तर गृहजिल्लामा भएका विद्यार्थी र उनीहरूको अभिभावक भने दशैंपछि खोल्न अनुरोध गरिरहेका छन् ।’ नेपाल अभिभावक महासंघले पनि उपत्यकाका विद्यालय खोल्न नहुने बताएको छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारीले उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विद्यालय घना सहरी क्षेत्र भएको र अधिकांश विद्यालयमा विद्यार्थी संख्या पनि बढी भएकाले खोल्न हतार नगरौँ भन्ने आफूहरूको राय रहेको बताए । अधिकांश अभिभावक बालबालिका विद्यालय पठाउन ढुक्क नभएकाले दशैंसम्म हेर्नुपर्ने भन्दै अभिभावक महासंघले दशैंपछि माथिल्लो कक्षामा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खोल्न सकिने बताएको छ । केही अभिभावकले निजी विद्यालय सञ्चालकहरूले दबाब दिएर विद्यालय सञ्चालनको निर्णय गर्न प्रशासनलाई बाध्य पारेको आशंकासमेत गर्दछन् । विद्यालय सञ्चालकहरूले दशैंअघि शुल्क उठाउनका निमित्त विद्यालय खोल्ने निर्णय गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई दबाब दिएको अभिभावकहरूको आशंका छ । अनलाइन कक्षा लिइरहँदा कतिपय अभिभावकले शुल्क नतिर्ने र विद्यालयले अतिरिक्त शुल्क असुल्न नपाउने भएकाले दशैंअघि नै विद्यालय खुलाउने विषयमा जोड दिइरहेको आरोप छ । यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सनले भने उक्त आरोपमा सत्यता नभएको दाबी गरेको छ । अभिभावकहरूकै आग्रहमा कोरोना संक्रमणको जोखिम कम भएकाले विद्यालय खुलाउने विषयमा छलफल थालिएको प्याव्सनको दाबी छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP