Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालीका समस्या समाधान गर्न एनआरएनए युकेको आग्रह
नेपालीका समस्या समाधान गर्न एनआरएनए युकेको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २५, २०७८
Mohan Karki
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गृहमन्त्री बालकृष्ण खाँडलाई विदेशमा बस्ने नेपालीले भोग्नु परेको समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । बिहीबार एनआरएनए युकेका उपाध्यक्ष महोन कार्कीले गृहमन्त्री खाँडलाई ज्ञापन पत्र बुझाउँदै विदेशमा रहेका नेपालीले भोग्नु परेको समस्याको विषयमा जानकारी गराएका हुन् । ज्ञापनपत्रमा ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्दै नागरिकता ऐन, ०६३ जो दफा १० को प्रावधानले बिदेशमा बसोबास गर्ने नेपालीलाई समस्या भएको भन्दै यसमा संसोधनका लागि ज्ञापन पत्र बुझाइएको उपाध्यक्ष कार्कीले बताएका छन् । भेटको क्रममा उनले एनआरएनहरूलाई नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा संसोधन गर्न तथा नेपाललाई बेलायतले ‘रेड लिस्ट’ मा राखेको भन्दै त्यसमा हटाउन पहल गरिदिन पनि आग्रह गरेको बताए । अघिल्लो हप्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर कानुनमा संसोधन र रेड लिस्टबाट हटाउन आग्रह गरेका कार्कीले बिहीबार गृहमन्त्रीलाई भेटेर पनि यस विषयलाई सहज बनाउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भेटको क्रममा गृहमन्त्री खाँणले संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरू संसोधन गर्दै सक्दो चाँडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष कार्कीले बताएका छन् । उपाध्यक्ष कार्कीका अनुसार वेलायतले नेपाललाई रेड लिस्टमा राखेकाले त्यहाँबाट आउने पर्यटक आउन नपाएको तथा चार्डबाडको समयमा नेपाल आउने नेपालीलाई समेत समस्या हुने भन्दै यसमा पहल गर्न आग्रह गरिएको छ । नागरिकता ऐन ०६३ को दफा १० अनुसार नेपालको कुनै नागरिकले आपूmखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख गरिएको छ । त्यस्तै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन । त्यस्तै दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन । कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानुन बमोजिम निर्णय गर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०२:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP