Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोनाले तिजमा देखिएन उत्साह
कोरोनाले तिजमा देखिएन उत्साह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २५, २०७८
Hardik health
भजनी– कैलालीको टीकापुर–१ की धना बोगटी बिहीबार बिहानै कैलाशेश्वर शिव मन्दिर पूजाका लागि पुगेका थिए । उनी विगतका वर्षजस्तै यस वर्ष पनि मन्दिरमा भीडभाड होला भनेर सबेरै मन्दिर पुगे । तर मन्दिरमा धनाले सोचेजस्तो थिएन । ‘घरबाट पूजा गर्न पालो नपाइएला कि भनेर छिट्टै आइयो । यहाँ कोही दर्शनार्थी नै रहेनछन्,’ उनले भने, ‘यस वर्ष अचम्मै भएछ । गत वर्ष भन्दापनि कोरोनाको प्रभाव यसवर्ष परेको जस्तो लाग्यो ।’ श्रीकृष्ण जन्माष्टमीदेखि नै महिलाले दर खाने र रमाइलो सुरु गर्ने भए पनि यस वर्ष कतै तिजका गीत सुनिएनन । न त बजारमा चहलपहल भयो न गाउँघरमा रातभर तिजका गीत गुञ्जिए । प्रशासनले निषेधाज्ञा खोलेको भए पनि भीडभाडमा रोक लगाएकाले त्यसको पूर्ण कार्यान्वयन भएको पाइयो । मन्दिरमा पूजाका लागि पुगेकी पूजा साउदलाई पनि यस वर्षको तिज खल्लो लाग्यो । बिहानै मन्दिरमा पूजा गरेर साथीसँग रमाइलो गर्दै बजारका चोकचोकमा लाग्ने तिज कार्यक्रममा नाच्दै साँझ घर पुग्ने दिन कहिले आउँलाजस्तो भएको उनले बताइन् । ‘तिज पर्व महिलाका लागि विशेष पर्व भए पनि त्यो उत्साह र उमंग यस वर्षको तिजमा देखिएन,’ उनले भनिन्, ‘नाचगान गर्दै रमाइलो गर्ने दिन गए । अब घरमै बसेर टिभी हेरी दिन बिताउनुको अर्को विकल्प छैन ।’ कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले मन्दिरमा पूजा गर्न आउने भक्तजन विगत वर्षहरूमा जस्तो भीडभाड नरहेको बताए । ‘कोरोना भाइरस संक्रमणको त्रासका कारण भक्तजन मन्दिरसम्म पुग्न सकेका छैनन् । विगतका वर्षमा तिजकोे दिन मन्दिरमा भीडभाड नियन्त्रण गर्नै मुस्किल हुने गथ्र्यो । हजारौँ भक्तजन दर्शनका लागि मन्दिर पुग्थे,’ उनले भने, ‘गत वर्षभन्दा पनि यस वर्ष नागरिकमा झन् बढी त्रास देखिएको छ भने कोरोनालाई अहिले गम्भीररूपमा लिन थालेकै कारण भीडभाड हुन छोडेको हो ।’ उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि विगत छ महिना लामो बन्दाबन्दीले आर्थिकरूपमा पनि निकै अप्ठ्यारो अवस्था सिर्जना गरेको बताउँदै सबैमा उत्साहभन्दा बढी दुःखको बोझ भएकाले पनि तिजमा चहलपहल कम भएको बताइन् । ‘अधिकांशका घरमा उत्साहभन्दा बढी दुःख छ । आर्थिकरूपमा निकै ठूलो चुनौती अहिले ल्याएको छ,’ उपप्रमुख विष्टले भनिन्, ‘सबै कुरा आर्थिकसँगै जोडिने भएका कारण यो वर्षको तिज ‘स्पेसल’ हुन सकेन । मनमा पीडाको भारी बोकेर कसरी उत्साह ल्याउन सकिन्छ र ?’ महिलामा मात्रै उत्साह नभई व्यावसायिकरूपमा पनि यस वर्ष निकै प्रभाव परेको स्थानीयवासी किराना व्यापारी नन्दसिंह विकले बताए । ‘विगत वर्षमा यस्ता चाडपर्वमा दैनिक एक लाखभन्दा बढीको कारोबार हुन्थ्यो । यस वर्ष दैनिक १० हजारको पनि व्यापार भएन’, उनले भने, ‘चाडबाड आयो भनेर मात्राभन्दा बढी सामान मगाइयो । ब्यापार छैन, कसरी ऋण तिर्नेहोला ?’ रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०२:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP