Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • युवराजको छोरा पनि फिल्ममा
युवराजको छोरा पनि फिल्ममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २४, २०७८
yubaraj lama and shidhartha lama
Hardik health
काठमाडौं– भारतीय र नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकारहरूले आफ्ना सन्तानलाई पनि फिल्म क्षेत्रमै स्थापित गराउने प्रयास गरिरहेका छन् । त्यसैले फिल्म क्षेत्रमा नेपोटिजम अर्थात नातावादको बहस पनि चल्ने गरेको छ । बलिवुड नायिका कंगना रनावतदेखि नेपालमा नायिका नम्रता सापकोटासम्मले फिल्म क्षेत्रमा नातावादको बहस बेलाबेला चर्काउने गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा नायक भुवन केसी, नायिका करिश्मा मानन्धर, झरना थापालगायतले आफ्ना सन्तानलाई पर्दामा उतारिसकेका छन् । यस्तैमा अर्का कलाकार युवराज लामाले पनि आफ्नो छोरा सिद्धार्थलाई पर्दामा उतार्ने तयारी गरेका छन् । एक समय अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा निकै सक्रिय रहेका उनलाई दर्शकले फिल्म ‘देउता’ को ‘निमा’ भनेर चिन्ने गर्दछन् । ‘मन मन्दिर, कन्यादान, देश परदेश, प्रतिज्ञा, धर्मपुत्र, देवदूत, गोरेटो’ लगायतका फिल्मको निर्माण तथा निर्देशन गरिसकेका उनी पछिल्लो समय राजनीति र होटल व्यवसायमा व्यस्त छन् । सन् २००३ मा रिलिज भएको ‘धर्मात्मा’ पछि फिल्म निर्माण र निर्देशनबाट टाढा भएका उनले बीचमा केही फिल्ममा अभिनय भने गरे । अब उनी करीब डेढ दर्शकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चैतपछि सुटिङ सुरु हुने उनले बताए । यसलाई उनले आफ्नो फिल्मी करिअरको दोस्रो इनिङ भनेका छन् । यो फिल्मबाट उनले आफ्नो ‘लिगेसी’ धान्न छोरालाई नायकको रूपमा डेब्यु गराउने तयारी गरेका छन् । उनका कान्छा छोरा सिद्धार्थ लामाले फिल्ममा अभिनय गर्न लागेका हुन् । नेपाली दर्शकका लागि उनी नयाँ अनुहार भए पनि भारतको मलायलम इन्डस्ट्रीमा लोकप्रिय छन् । उनले मलायलम इन्डस्ट्रीका सुपरस्टार मोहनलालसँग फिल्म ‘योद्धा’ मा एकसाथ स्क्रिन शेयर गरिसकेका छन् । मलायलमको अर्को फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनिषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रूपमा अभिनय गरेका छन् । आफ्नो छोराको डेब्युबारे लामाले सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा पहिचान बनाइसकेको भन्दै त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने सोचले डेब्यु गराउन लागेको प्रतिक्रिया दिएका छन् । उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्ने लामाको तर्क छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP