Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आधा श्रमिक ‘अदक्ष’
आधा श्रमिक ‘अदक्ष’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २४, २०७८
Hardik health
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारमा जाने आधाभन्दा बढी श्रमिक ‘अदक्ष’ हुने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७३/७४ देखि ०७६/७७ सम्म वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये ५७.०४ प्रतिशत अदक्ष श्रमिक रहेको पाइएको हो । प्रतिवेदनका अनुसार यस अवधिमा नेपालबाट रोजगारीका लागि २१ लाख ३१ हजार जना नेपाली विदेश गएका छन् । आर्थिक वर्ष ०७३/७४ देखि ०७६/७७ सम्म नेपालबाट ३४.४६ प्रतिशत दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएको प्रतिवेदनमा उल्लेख छ । अर्धदक्ष श्रमिकको संख्या ८.३४ प्रतिशत रहेको देखाइएको छ । त्यस्तै पेशाविद् ०.१२ प्रतिशत र उच्च दक्ष श्रमिक भने जम्मा ०.०४ प्रतिशत मात्रै विदेश गएको प्रतिवेदनमा जनाइएको छ । यस्तो भिन्नतालाई हटाउनका लागि पहल गर्न महालेखाले सरोकारवाला निकायलाई सुझाव दिएको छ । प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर पठाउनु पर्ने सुझावसमेत दिइएको छ । विदेशबाट आएको माग र नेपालमा उपलब्ध सीपबीच निकै भिन्नता रहेको भन्दै वैदेशिक रोजगारबाट यथोचित लाभ लिनका लागि गन्तव्य मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन प्रतिवेदनमा भनिएको छ । यसैबीच, वैदेशिक रोजगारीमा जानेको संख्यामा पछिल्लो पाँच वर्षदेखि गिरावट आइरहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ देखि ०७६/७७ सम्मको तथ्यांक हेर्दा रोजगारीमा जानेको संख्यामा गिरावट आएको देखिएको हो । आर्थिक वर्ष ०७३/७४ मा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ४३ हजार थियो । यो संख्या आर्थिक वर्ष ०७४/७५ मा घटेर ६ लाख १२ हजारमा आइपुगेको देखिएको छ । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा ५ लाख ९ हजार र आर्थिक वर्ष ०७६/७७ मा ३ लाख ६८ हजारमा झरेको देखाइएको छ । तथ्यांकमा समावेश नभएको भए पनि आर्थिक वर्ष ०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६ सय ९९ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । रोजगारीमा जोनको संख्यामा गिरावट आएको भए पनि विदेशबाट आउने रेमिटान्समा भने वृद्धि भइरहेको राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । महालेखाको प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक रोजगारका गन्तव्य मुलुकमध्ये मलेसिया, कतार, युएई र साउदी अरब अगाडि देखिएका छन् । सन् २०१७ मा नेपालबाट रोजगारीका लागि गएकामध्ये २९/२९ प्रतिशत श्रमिक मलेसिया र कतारमा गएको देखिएको छ । त्यस्तै युएईमा १७ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत र अन्य मुलुकमा १३ प्रतिशत नेपाली गएको देखिएको छ । सन् २०१८/१९ मा भने यो संख्या कतार, युएई र साउदीमा बढेको देखिन्छ भने मलेसियामा घटेको छ । यो अवधिमा मलेसियमा जम्मा ४ प्रतिशत मात्र नेपाली रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ । त्यस्तै कतारमा ३२ प्रतिशत, युएईमा २६ प्रतिशत र र साउदीमा २० प्रतिशत रोजगारीका लागि गएको देखिएको छ । अन्य मुलुक जानेको संख्या १८ प्रतिशत रहेको छ । त्यस्तै सन् २०१९/२० मा यो संख्या मलेसियामा १५, कतारमा १७, युएईमा २७ र साउदी अरबमा २१ प्रतिशत रहेको छ । अन्य मुलुकमा पनि पछिल्लो समयको भन्दा केही वृद्धि भएर २० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैबीच, आर्थिक वर्ष ०७६/७७ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३ करोड ६६ लाख ६७ हजार रकम बेरुजु देखिएको छ । महालेखा परीक्षाको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनमा मन्त्रालय मातहतका सरकारी कार्यालय र अन्य संस्थाको गरी सो बराबरको रकम बेरुजु देखिएको हो । आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय मातहतका सरकारी कार्यालयको ६ अर्ब ३१ करोड ९८ लाख रकम र अन्य संस्थाको ३५ अर्ब ५ करोड ९८ लाख रकमको लेखापरीक्षण गर्दा ३ करोड ६६ लाख ६७ हजार रूपैयाँ बेरुजु देखिएको छ । जसमा सरकारी कार्यालयतर्फ १ करोड ४३ लाख ७७ हजार र अन्य संस्थातर्फ २ करोड २२ लाख ९० हजार रूपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारी कार्यालयतर्फको १ करोड ४३ लाख ७७ हजारमध्ये २३ लाख ६५ हजार म्याद नाघेको पेस्की रकम रहेको प्रतिवेदनमा जनाइएको छ । यस्तो म्याद नाघेको पेश्की रकम अन्य संस्थातर्फको २ करोड ६ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच, वैदेशिक रोजगारमा विदेशमा मृत्यु वा अंगभंग भएका कामदारको १ करोड ६० लाख ७० हजार रूपैयाँ परराष्ट्र मन्त्रालयको खातामा रहेको देखिएको छ । महालेखाको प्रतिवेदनले कतारको दोहास्थित नेपाली दूतावासबाट २ पुस ०७६ मा नाम र नेपालको ठेगाना खुल्न नसकेका मृतक र घाइतेहरूको क्षतिपूर्तिबापतको १ करोड ६० लाख ७० हजार प्राप्त भएकोमा उक्त रकम हालसम्म मन्त्रालयकै खातामा रहेको भन्दै यो सँग सम्बन्धितलाई वितरण गर्न तथा सम्बन्धित व्यक्ति पत्ता नलागेको खण्डमा सञ्चित कोषमा जम्मा गर्न भनेको छ । प्रतिवेदनमा गत वर्ष विभिन्न मुलुकमा मृत्यु र घाइते भएका ३ सय ८ जनाको क्षतिपूर्तिबापतको २७ करोड १४ हजार रूपैयाँ परराष्ट्र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको भए पनि प्रतिवेदनले मृृतक तथा घाइतेका हकवालाले क्षतिपूर्तिबापतको रकम प्राप्त गरे÷नगरेको सम्बन्धमा अनुगमन गर्न परराष्ट्र मन्त्रालयलाई सुझाव दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP