Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #एक्सट्रयाक
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एकै परिवारका ६ जनाको हत्या
एकै परिवारका ६ जनाको हत्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २३, २०७८
shankhuwasava
काठमाडौं– संखुवासभाको एकै परिवारको ६ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, चैनपुरका अनुसार संखुवासभाको मादी नगरपालिका–१ का ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको हो । प्रहरीका अनुसार उनीहरूको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनीहरूको शव एकै ठाउँमा नभएर छुट्टाछुट्टै भेटिएको प्रत्यक्षदशीले बताए । उनीहरूमध्ये पार्वता कार्कीबाहेक अरू सबैको शव घर बाहिर भेटिएको छ । सासू–बुहारीको शव घरभन्दा केही मिनेट पर खोलामा फेला परेको, तेजबहादुरलाई भने हतियारले टाउको र पेटमा हानेर मारेको देखिएको प्रत्यक्षदर्शीले बताए । उनीहरूको शव कसैको खरबारीमा, कसैको मकैबारीमा खोलातिर भेटिएको छ । मृतकहरूले खेतीका लागि जान लागेकोजस्तो कपडा लगाएका। चप्पल पनि लगाएका र उनीहरूलाई लखेटेर, खेदेर मारेकोजस्तो देखिने स्थानीयले बताएका छन् । तर, घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जिवित नै भेटिएको प्रहरीले जनाएको छ । श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएका थिएनन् । स्थानीयका अनुसार बौद्धमान बुढा भइसकेको उनी आँखा राम्ररी सुन्न नसक्ने र सामान्य आवाजसमेत सुन्न सक्दैनन् । बिहान स्थानीयले घटनाबारे थाहा पाएर उनलाई उठाउन गएपछि मात्रै घटनाबारे उनले परिवारका सबै मारिएको थाहा पाएका थिए । हत्या गरिएको कार्की परिवारको आर्थिक अवस्था सामान्य छ । दुई जना छोरा नरेश र रमेश कार्की डेढ वर्षदेखि वैदेशिक रोजगारमा गएका छन् । नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन् । उनीहरू ढुंगामाटोले बनेको एक तले घरमा बस्थे । संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर घटनास्थलबाट ५५ किलोमिटर टाढा परेकाले मंगलबार अबेर मात्र प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार संघीय प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली पनि घटनास्थल पुग्दै छ । प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ । तर कसले किन हत्या गरेको भन्ने खुलेको छैन । उनीहरूको गाउँघरमा झै–झगडा नभएको स्थानीयले बताएका छन् । उनीहरूको हत्या कुन बेला भएको हो भन्ने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ । मंगलबार नै शवहरूको पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । हत्या प्रकरणको अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ । संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो । प्रहरीले अनुसन्धान सकरात्मक तरिकाले अघि बढेको बताए पनि यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०२:४०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP