Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल भाषा परीक्षा :२७ सय आवेदन अस्वीकृत
इजरायल भाषा परीक्षा :२७ सय आवेदन अस्वीकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २३, २०७८
221952476_965052841004357_4056525901492578086_n
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीमा जान आवेदन दिएकामध्ये २ हजार ७ सय जनाको आवेदन अस्वीकृत भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारका अनुसार मंगलबारसम्म रुजु भएका फारममा तोकिएको मापदण्ड तथा योग्यता नपुगेका २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको हो । निर्देशक सुनुवारका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएकामा अधिकांशको आवेदन रुजु गर्ने काम सम्पन्न भएको छ । यसबाट २८ भदौमा हुने भाषा परीक्षामा करिब सात हजार जना सहभागी हुने देखिएको छ । अनलाइन प्रणालीबाट आएका आवेदनहरूको विभागले रुजु गर्ने काम अहिले अन्तिम चरणमा पु¥याएको निर्देशक सुनुवारले बताएका छन् । उनका अनुसार मंगलबारसम्मको तथ्यांक हेर्दा २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको छ । आवेदन अस्वीकृत भएका व्यक्तिहरूलाई आवेदन दिँदाका समयको मोबाइल नम्बर र इमेलमा यस विषयमा जानकारी गराइसकिएको प्रमुख सुनुवारले बताए । आवेदन अस्वीकृत हुनेहरूमा सूचनामा भनिएको योग्यता नपुगेकाहरू रहेको विभागले जनाएको छ । निर्देशक सुनुवारका अनुसार तालिन नलिएका केही व्यक्तिको पनि आवेदन परेको छ । त्यस्तै सूचनामा भनिएको सिएमए/ अनमीको योग्यता पूरा नगरेर आएका आवेदनहरू अस्वीकृत भएको उनले बताएका छन् । यो सबै अनलाइन प्रणाली (सिष्टम) बाट भएको उनले बताए । भाषा पास गरिपछि रोजगारीका लागि इजरायल जाने सतप्रतिशत ग्यारेन्टीसमेत नहुने विभागले जनाएको छ । भाषा पास गरेकामध्ये चार सय जनाले भने इजरायल जान नपाउने विभागले यसअघि नै बताइसकेको छ । २८ भदौमा सञ्चालन हुने लिखित परीक्षाबाट करिब एक हजार ६ सय जना उत्तीर्ण हुने बताइएको छ । उनीहरू मौखिक परीक्षामा सहभागी हुने र त्यसबाट एक हजार चार सय जनाको अन्तिम नामावाली सार्वजनिक गरिने प्रमुख सुनुवारले बताएका छन् । त्यसमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जनाले रोजगारीका लागि इजरायल जान पाउने उनले बताए । एक हजार जनाको कोटा निर्धारण गरेर माग भएको आवेदनमा नौ हजार छ सय ९९ जनाको आवेदन परेको थियो । त्यसमध्ये चार हजार दुई सय महिला र पाँच हजार चार सय ९९ जना पुरुष रहेको विभागले जनाएको छ । अंग्रेजी भाषाको परीक्षाको मिति विभागले २८ भदौका लागि तोकेको छ । यसका लागि काठमाडौं उपत्यकाका १६ वटा शैक्षिक संस्थामा परीक्षा केन्द्र तोकिएको प्रमुख सुनुवारले बताएका छन् । रोजगारीका लागि इजरायल जानका लागि १ लाख ६५ हजार लागत लाग्ने बताइएको छ, निजी क्षेत्रले श्रमिक पठाउँदा १० हजार रूपैयाँ मात्र लिन पाउने भए पनि सरकारले भने यसभन्दा कैयौँ गुणा बढी लिएको भन्दै सर्वसाधारणले नै गुनासो गरिरहेका छन् । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिकले मासिक करिब एक हजार ६ सय अमेरिकी डलर आम्दानी गर्न सक्ने बताइएको छ । चार वर्षसम्म करार अवधि थप गर्न सक्ने विकल्पसहित सुरुमा एक वर्षको करार सम्झौता गरिने विभागले जनाएको छ । तर, पाँचौ वर्षमा भने अनिवार्य स्वदेश फर्कनै पर्ने अन्यथा गैरकानुनी ठहर हुने सम्झौतामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०२:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP