Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दुहुँमा बाढीपहिरो : खाद्यान्न संकट
दुहुँमा बाढीपहिरो : खाद्यान्न संकट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
Hardik health
दार्चुला– बाढीपहिराले लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि यहाँको दुहुँ गाउँपालिका अन्धकारमय बनेको छ । यही भदौ १३ गतेको बाढीले गाउँपालिका भित्रका पाँच जलविद्युत् आयोजनाका संरचना बिगारेको थियो । राष्ट्रिय प्रसारण लाइनले केही वडा जोडिएको भए पनि बाढीपहिराले पोल ढालेपछि गाउँपालिका दिनदेखि स्थानीयवासीले बत्ती बाल्न पाएका छैनन् । अहिले गाउँमा मोबाइल चार्ज गर्न निकै सास्ती भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । कालागाड ४३, कालागाड ब्रह्मदेव दोस्रो ४५ , ब्रह्मदेव ५० , भास्कर पिपलचौरी भाडी ४० र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्णरूपमा ध्वस्त भएको जनाइएको छ । गाउँपालिकाभरि विद्युत् पहुँच पुगेको छ गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको उनले बताए । अध्यक्ष कार्कीले भने, ‘गाउँपालिकाभरि विद्युतीकरणको काम अघि बढाउन आग्रह गरेका छौँ । बिहीबारसम्म प्राविधिक टोली फिल्डमा खटिने जानकारी आएको छ ।’ ४५ घर भत्किए, १०० घरधुरी जोखिममा बाढीपहिराबाट यहाँका ४५ बढी घर भत्किएका छन् । गाउँपालिकाको वडा नं १, २, ३ र ५ का अधिकांश घर भत्काएको हो । अफरे, नसलीलगायतका स्थानीयवासीलाई गौरीलमाण्डौँ मावि हिकिलामा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । यस्तै सुत्कोलालगायतका पहिरोपीडितलाई तितराडी र लिखाडमा राखिएको छ । वडा नं १ पिपलचौरीका बाढीपीडितलाई विद्यालयकै भवनमा राखिएको छ । यस वर्ष गाउँपालिकाको सबैभन्दा बढी क्षति वडा नं ३ र ५ मा भएको छ । मंगलबार राति पनि दुई/तीना घर पहिराले ध्वस्त भएको छ । गाउँभरि सयौँ पहिरो फुटेको छ । एक गाउँबाट अर्को गाउँ जानसम्म बाटो छैन, दुहुँ–५ मा सबैभन्दा बढी जोखिममा छ । बाटोघाटो नै नभएपछि गाउँपालिका र स्थानीय श्रमशिविर लगाएर बाटो खोल्ने काम थालनी गरिएको अध्यक्ष कार्कीले बताए । उनले भने, ‘केही गाउँपालिकामार्फत र केही श्रमरोजगार चलाएर बाटो खोल्ने तयारी गरेका छौँ ।’ बाढीले गाउँपालिकाभित्रका सातवटा झोलुङ्गे पुल बगाएको छ । झोलुङ्गे पुल बगाएको ठाउँमा काठेपुल लगाउने तयारी गरेका छौँ’, अध्यक्ष कार्कीले भने । यस्तै वडा नं ५ को गुना आधारभूत विद्यालय जोखिममा रहेको बताइएको छ । बाढीपहिराका चपेटामा परी गाउँपालिकाभरिका सात योजना ध्वस्त भएका छन् । अहिले आधा दर्जन बढी बस्तीमा अहिले पानीको हाहाकार छ । गाउँपालिकाको सुत्खोला, दुल्ला, सिमार, लिखाड, गुना अफरे बन्तोलीलगायतका बस्तीमा खानेपानी हाहाकार भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । वडा नं २ र ५ का ३०० घरधुरीमा खानेपानी समस्या भएको छ । पहिराले खानेपानी योजना बगाएपछि अहिले स्थानीयवासीले खोलाबाट आउने पानी पिउन बाध्य छन् । दुहुँमा बल्ल सुरक्षाकर्मी पुगेका छन् । सदरमुकाम खलङ्गाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली दुहुँको बाढीपहिरो निरीक्षण उद्धारमा खटिएको हो । बाढीपहिरो आउने क्रम नरोकिएको तथा उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष कार्कीले बाढीपहिराले क्षतविक्षत बनेको गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । भदौ १३ गतेको पहिराले दुहुँसम्म सडक तथा बाटो अवरुद्ध भएको जनाउँदै खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न प्रशासनलाई आग्रह गरेका हुन् । गाउँ जाने पुलपुलेसा बाटोघाटो सबै अवरुद्ध छ । उनले तत्काल गाउँसम्म सडक सञ्चालन हुन नसक्ने भएको हुँदा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि प्रशासनलाई सहजीकरण गरिदिन आग्रह गरेका हुन् । गाउँपालिकाले तत्काललाई १०० क्विन्टल चामल, पाँच क्विन्टल दाल, २०० लिटर तेल, पाँच क्विन्टल नुन र पाँच हजार मिटर पाइप ढुवानी गर्न माग गरिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP