Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • खुलेनन् उपत्यकाका फिल्महल
खुलेनन् उपत्यकाका फिल्महल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
cinema hall
Hardik health
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट उपत्यकाका हलहरू खोल्न दिने निर्णय गरे पनि हलहरू सञ्चालनमा आउन सकेनन् । प्रशासनले हल खोल्न दिने निर्णय गरे पनि प्रदर्शनका लागि कुनै पनि चलचित्र तयार नभएकाले हल नखुलेका हुन् । यस्तै, बलिउड तथा हलिउड चलचित्र पनि वितरकले खरिद नगरेकाले तत्काल के चलाउने भन्ने अन्योल रहेकाले अझैं केही दिल हलहरू नखुल्नेअनुमान गरिएको छ । काठमाडौंका हलहरू बिहीबार नखुलेको र केहिलेदेखि खुल्छ भन्ने कुराको कुनै टुंगो नभएको हल सञ्चालकहरूले बताएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा रहेको वान सिनेमाजका म्यानेजर उमेश गिरीले वितरकहरूबाट चलचित्रको विषयमा कुनै पनि जानकारी नआएकाले हल बिहीबारबाट नखुलेको बताए । उनले भने, ‘हामीलाई वितरकहरूले नयाँ चलचित्रको विषयमा कुनै पनि जानकारी गराउनु भएको छैन । यसैले, चलचित्र नै नभई हल खोलेर पनि अर्थ भएन ।’ उनले, वितरकहरूबाट चलचित्रको बिषयमा जानकारी आएसँगै हल सञ्चालनमा आउने समेत प्रतिक्रिया दिए । वान सिनेमाजमा २ वटा पर्दा रहेका छन् । यस्तै, काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलका सञ्चालक सोहित मानन्धरले चलचित्र चलाउन आफूहरू तयार भए पनि चलचित्र नै नभएकाले हल नखुलेको बताए । उनले भने, ‘हामी चलचित्र चलाउन पूर्ण रूपमा तयार छौँ । तर, हिजो भएको निर्णय आज नै कार्यान्वयन गर्न सकिने अवस्था छैन । नयाँ चलचित्र नआएसम्म हल खुल्ने संभावना पनि छैन । सायद, अर्को साताबाट हल खुल्छ होला ।’ अष्टनारायणमा ४ वटा पर्दा भएपनि सुरुवाती दिनमा १ वा २ वटा पर्दाबाट चलचित्र रिलिज सुरु गरिने सोहितले जानकारी दिए । चलचित्र संघका महासचिव अशोक शर्माले कुनै पनि हल नखुलेको बताए । उनले भने, ‘हलहरू सुचारु हुन अझै एक साता लाग्छ होला । किनकी, पहिलो कुरा त चलचित्र नै छैनन् । दोश्रो कुरा धेरै हलहरूमा सरसफाई पनि गर्न‘पर्ने अवस्था छ ।’ कोभिड १९ का कारण नेपालमा कुनै व्यवसाय चौपट भएको छ भने त्यो सिनेमा हल हो । काठमाडौं उपत्यकामा रहेका ४ दर्जन बढी हलहरूमध्ये डेढ दर्जन हल कोभिडका कारण सधैका लागि बन्द भएका छन् । मानिसको भीडभाड रहने क्षेत्र भएकाले संक्रमण फैलिन सक्ने भन्दै गत चैतमा सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । त्यसको करिब ९ महिना सिनेमा हल बन्दै रहे । गत माघबाट भने सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अनुपेन्सीमा हल खोल्न अनुमति दियो । लामो समयपछि खुलेको सिनेमा हलमा व्यवसायीहरूले सुरुमा पुराना फिल्म रिलिज गरे । तर, त्यसले दर्शक तान्न सकेन । पछि केही नयाँ फिल्म रिलिज गरे । कोरोनाको भयले नयाँ फिल्म हेर्न पनि दर्शक हलसम्म पुगेनन् । गत चैत अन्तिममा केही आशातित फिल्म रिलिजको तयारीमा थिए । तर, ती फिल्म रिलिज हुन नपाउँदै कोरोनाको दोस्रो महामारीले फेरि सिनेमा हल बन्द भए । यसपटक पनि यस्तै अवस्था आउने हो कि भन्ने डर हल सञ्चालकहरूमा छ । विज्ञहरूले कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिइरहेकाले पनि हल सञ्चालकहरू थप चिन्तामा परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP