Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना त्रासले राति नाचेरै नीलबराही नाच सम्पन्न
कोरोना त्रासले राति नाचेरै नीलबराही नाच सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
Nilbarahi-Nach-3
Hardik health
भक्तपुर– मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच सम्पन्न भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही ८ भदौदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो । कोरोना संक्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यसवर्ष मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोलटोलमा राति नाच देखाइएको थियो । स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौँदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो । राति सञ्चालन गर्दा जात्रामा भीडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि संक्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो । बोडेको अखाः द्यो छेँबाट सुरु भएको यो नाच तीन रातसम्म नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन : अखाः द्यो छेँमा पुगेर समापन गरिएको थियो । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन् । देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायत विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ । नाचमा देवगणले मुकुण्डो लगाएर घन्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काहीँ बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालु अर्थात् सहयोगीको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ । नाचका अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हँुदैन भन्ने मान्यता छ । नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा छ । नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गरेको भन्ने वंशावलीमा उल्लेख छ । पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जंगलमा लगेर तान्त्रिक नृत्य सिकाएको भन्ने जनविश्वास छ । देवी स्वयंले सिकाएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् । नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यस बेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जंगलमा छ ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP