Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रातो मच्छिन्द्रनाथको पुनर्निर्माण तीव्र
रातो मच्छिन्द्रनाथको पुनर्निर्माण तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ११, २०७८
machhindra-600x336
Hardik health
काठमाडौं– १२ वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको काम प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । यसअघि सुस्त रहेको मन्दिरको पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहितको बैठकले पुनर्निर्माणलाई गति दिने निर्णय गरेको हो । यो निर्णयसँगै रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको चाहनाले मूर्त रूप पाउने अपेक्षा गरिएको छ । पुनर्निर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता सम्बन्धित व्यक्तिहरूले गरेका छन् । मन्दिर पुनर्निर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुनर्निर्माणका लागि काठ, ढुंगा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ । ललितपुर–२२ बुंगमतीस्थित मच्छिन्द्रनाथको मन्दिरलाई भूकम्पले क्षति पु¥याएपछि सोही वर्षको २ माघमा पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । तर, पुनर्निर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । मन्दिरको पुनर्निर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यको भनाइ छ । पछिल्लो बैठकपछि पुनर्निर्माणले गति लिने अध्यक्ष शाक्यले विश्वास व्यक्त गरेका छन् । सबै सरोकार निकायले पुनर्निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरेकाले अब अर्को जात्राका अवसरमा काम पूरा हुने उनले अपेक्षा गरेका छन् । उनले थप रकम उपलब्ध नहुँदासम्म पुनर्निर्माणको कामले गति लिन नसक्ने बताए । पुनर्निर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ । मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठूला विभिन्न आकार र डिजाइनका इँटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन । मन्दिर पुनर्निर्माणका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुनर्निर्माण निकै कठिन भएको जनाउँदै पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणको लागत एवं प्राविधिक रूपमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताए । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुंगाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसैगरी गजुरको काम, घन्टा जडान, चारै दिशामा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP