Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोप भण्डारण क्षमता बढाइँदै
खोप भण्डारण क्षमता बढाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १०, २०७८
download
Hardik health
काठमाडौं– विभिन्न मुलुकबाट कोरोना भाइरसविरुद्धको खोप आउनेक्रम बढेपछि स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने तयारी गरेको छ । विभिन्न मुलुकले प्रतिवद्धताअनुसारको खोपको मात्रा लगातार पठाउन थालेपछि विभागले उक्त खोपलाई उपयुक्त ढंगले भण्डारण गर्नका लागि क्षमता बढाउन लागेको हो । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुंगानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको जानकारी दिए । नेपालमा लक्षित सबै वर्गलाई खोप लगाउनका लागि कुल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ । तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ । ‘मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले ती खोपलाई आवश्यक तापक्रमअनुसारको भण्डारण क्षमता बनाइने छ ।’ उनका अनुसार ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसकिने छ । चिकित्सकहरूका अनुसार मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । मोडर्नाका लागि सुपर कुल चेन र फाइजरका लागि अल्ट्रा कुल चेनका भण्डारण आवश्यक पर्दछ । कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा.श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भए पनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको जानकारी दिए । फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ । उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौंमा मात्र भण्डार गर्न सकिने बताए । ‘ती दुई खोप यहाँ मात्र भण्डारण गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ,’ उनले भने, ‘ती दुई खोप राख्नका लागि त्यहीअनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।’ मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने छ । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ । अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुई देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको बताए । कोभिशिल्डभन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगट्ने गरेको आपूर्ति शाखाका प्रमुख ढुंगानाले जानकारी दिए । उनका अनुसार एक करोड लाख मात्रा कोभिशिल्ड खोप राख्ने क्षमतामा १० लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ । भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ । अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ । सरकारले असोजमसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारी गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP