Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • म संसारलाई प्रेरणा दिन चाहन्छु
म संसारलाई प्रेरणा दिन चाहन्छु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
jiwan giri
Hardik health
नेपाली कलाक्षेत्रमा अभिनेता र मोडलको रूपमा चर्चित छन् जीवन गिरी । २०६८ सालदेखि आधिकारिक रूपमा कलाक्षेत्रमा प्रवेश गरेका गिरी छोटो समयमा नाम, दाम र चर्चा कमाउन सफल छन् । पछिल्लो समय चलचित्र, म्युजिक भिडियो, विज्ञापनलगायत सबै तिर छाउन समेत सफल उनले कलाकारिताबाट विभिन्न पुरस्कार समेत हात पारेका छन् । काभ्रेपलान्चोक बनेपा–२ स्थायी घर भएका गिरी अभिनित फिल्म ‘एउटा साथी, मखमली, सत्यदीप’ रिलिज भएका छन्, भने केही रिलिज हुन बाँकी रहेका छन् । स्वदेटी स्टेजमा मोडलको रूपमा र्‍याम्प शोसमेत गरेका उनी म्युजिक भिडियो र राम्रा ब्राण्डका विज्ञापन चलचित्रमा पनि देखिँदै आएका छन् । उनी बलिउड फिल्ममा पनि देखिने तरखरमा छन् । अहिले चीनमा आयोजना हुने पुरुषहरूको चर्चित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिष्टर ओसियन २०२१’ मा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका उनी प्रतियोगितामा देश चिनाउने र उपाधि नेपाल भित्र्याउने उद्देश्यका साथ सहभागी हुन लागेका हुन् । प्रस्तुत छ कलाकार मोडल जीवन गिरीसँग गरिएको कुराकानी । ‘मिष्टर ओसियन’ किन जाँदै हुनुहुन्छ ? — मिष्टर ओसियन एक विश्व चर्चित प्रतियोगिता हो । प्रतियोगितामा विभिन्न देशका सहभागी हुने भएकोले देश चिनाउने उद्धेश्यका साथ म प्रतियोगितामा सहभागी हुन लागेको हो । अर्काे कुरा मानिसहरूका लागि म प्रेरणाको स्रोत पनि बन्न खोजेको हो । प्रत्येक मानिस एक नायक हो । सबैमा आ–आफ्नै ब्यक्तित्व र प्रतिभा हुन्छ । यदि तपाईंले आफ्नो भित्री मनबाट चाहनुहुन्छ भने निश्चित रूपमा संसार जित्नु हुनेछ । यो कुराको म संसारलाई प्रेरणा दिन चाहन्छु । जसका लागि विगत एक महिनादेखि नृत्य, फिटनेस, कोरियोग्राफीदेखि विभिन्न तयारी गरिरहेको छु । यो पटक ‘मिष्टर ओसियन’को उपाधि नेपाल भित्रिएला त ? — उद्देश्य मेरो त्यही हो । त्यसका लागि आफूलाई तयार समेत गरिरहेको छु । आसा गरौँ यो पटक उपाधि नेपाल आउनेछ । मोडलिङ र कलाकारिता पनि एकसाथ अगाडि बढाइरहनु भएको छ । कतिको सहज छ ? — मोडलिङ र कलाकारिता एक अर्काेसँग जोडिएको पाटो हो । केही फरक भए पनि दुवैमा धेरै समानता रहेको छ । त्यसैले अहिलेसम्म खासै अप्ठ्यारो परेको छैन । किन रोज्नु भयो कला क्षेत्र ? — सानैदेखि अभिनयमा रुचि थियो । विद्यालयमा पनि विभिन्न क्रियाकलाप गरेर पुरस्कार जित्थे । आफूसँग कलाकारिताका लागि चाहिने खुबी पनि थियो र यो क्षेत्रमा केही गर्न चाहन्थे । त्यसैले कलाकारिता होमिए । अहिलेसम्मको अनुभव कस्तो रह्यो ? – मेरो हकमा कलाकारिताको अनुभव सुखद नै छ । पहिले कस्तो थियो थाहा भएन । अहिले कला क्षेत्र राम्रो छ । मिहिनेत गर्ने र निरन्तरता दिनेका लागि अन्य काम केही सोच्न पर्दैन । नाम, दाम, चर्चा सबै छ । कोरोनाले केही समय सुस्ताएको अवस्था हो । कोरोनाले तपाईंलाई कस्तो प्रभाव पार्‍यो ? – कोरोनाले गर्दा फिल्मका गतिविधि रोकिएका छन् । त्यसले गर्दा धेरै कलाकार बेरोजगार भएका छन् । मेरो हकमा पनि केही प्रभाव पारेको छ । तर, कामबिहीन भने हुनुपरेको छैन । यो समय पनि मैले अनलाइन विज्ञापन, विज्ञापन चलचित्र र म्युजिक भिडियोले गर्दा खाली बस्नु परेको छैन । फिल्म हल बन्द छन्, चलचित्र रिलिज हुन सकेको छैन नि ? – हो । तर, अहिले हलकै भर पर्नुपर्छ भन्ने मलाई लाग्दैन । बलिउड चलचित्र उद्योगले ठूला ठूला फिल्म डिजिटल प्लेटफर्मबाट रिलिज गरेर लगानी सुरक्षित गरेका छन् । हाम्रोमा पनि त्यस्तो प्लेटफम छन् । कोरोनाको कारण घरमा रहेका दर्शकका लागि डिजिटल प्लेटफर्मको सदुपयोग गरेर फिल्म रिलिज गर्न सकिन्छ । यसो गर्दा लगानी पनि सुरक्षित हुन्छ । अब सबैले त्यता प्लेटफर्ममा ध्यान दिने बेला आयो । फिल्म, म्युजिक भिडियो, विज्ञापन सबैमा छाउनु भएको छ । कुनको काम सजिलो ? – सबै कलाकारिताको पाटा हुन् । केही हदसम्म एक अर्काेजस्तै हुन् । एउटा कलाकारका लागि म्युजिक भिडियो, फिल्म र विज्ञापन चलचित्रमा केही भिन्न हुँदैन । उसले अभिनय देखाउने हो । विज्ञापन र म्युजिक भिडियोमा थोरै समय दिए पुग्छ र छिट्टै बाहिर आउँछ, भने फिल्मलाई धेरै समय दिनुपर्छ । कलाकारिताको खुबी छ सबैबाट राम्रो गर्न सकिन्छ । हिरोका लागि फिटनेश कति आवश्यक छ ? – कलाकारका लागि मात्र होइन, स्वस्थ रहन हरेक मानिसलाई फिटनेश आवश्यक विषय हो । कलाकारितामा लागेको ब्यक्तिका लागि यो निकै महत्वपूर्ण छ । किनभने पर्दामा आफूलाई फिट एण्ड फाइन देखाउन र आफू स्वस्थ फिटनेशमा ध्यान दिनुपर्छ । फेसनतिर रुचि त पक्कै होला ? – रुचि छ । टिपटप भएर हिँड्न मनपर्छ । नर्मल मलाई क्याजुअल ड्रेसहरू मनपर्छ । सेतो सर्ट, कालो पाइन्ट, मरुन कलरका पहिरन, सुटपाइन्ट र दौरा सुरुवालमा म आकर्षक देखिन्छु । कस्तो केटा तपाईं ? – म हेर्दा राम्रो, सिम्पल, फ्रेण्ड्ली र मिहिनेती छु । सबैसँग सजिलै घुलमिल हुनसक्छु । प्रेममा हो र ? – छैन, छैन । अहिले करियर बनाउने दौडमा छु । प्रेममा रमाउने समय छैन । कस्तो केटी मनपर्छ ? — मलाई बुझ्ने, धेरै माया गर्ने, बानी ब्यहोरा राम्रो भएको केटी मनपर्छ । सपना पनि त होला नि ? – नेपाली दर्शकका लागि धेरै राम्रा राम्रा फिल्म दिन चाहन्छु । हलिउड र बलिउडको फिल्म पनि खेल्ने सपना हो । एक बलिउड फिल्मको त अहिले कुरो भइरहेको छ । हेँरौ के हुन्छ ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP