Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १५ अगस्टको त्यो दिन...
१५ अगस्टको त्यो दिन...
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ८, २०७८
Bhimmani Rai
Hardik health
काठमाडौं– बिहानैदेखि बन्दुक पड्केको आवाज आइरहेको थियो । मानिसहरू हतासमा भाग्नका लागि तँछाडमछाड गरिरहेका, अनुहारमा त्रासका धर्साहरू सबैका अनुहारमा प्रष्ट देख्न सकिने । यो दृश्य हो, अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गर्दाको । १५ अगस्टको दिन तालिबानले यसैगरी राजधानी कब्जा गर्दाको एक प्रत्यक्षदर्शी थिए ओखलढुंगाको मोलुङ गाउँपालिकाका भीममणि रार्ई । विगत ६ वर्षदेखि अफगानिस्तानमा कार्यरत रार्ईले त्यो दिन बिहानैदेखि काबुलको अवस्था अरु दिनभन्दा फरक रहेको बताएका छन् । कमान्डरले त्यो दिन अरुभन्दा उच्च सतर्कताका साथ रहन भनिरहेका थिए । बाहिर मानिसको भागदौड भइरहेको थियो । अवस्था भयाभह हुँदै गएको देखिन्थ्यो । ‘तालिबानले ७२ घन्टामा देश छाड्न भनिरहेकाले मानिसको मनमा ज्यान जोगाउने कुरा मात्रै बारम्बार आउँदो रहेछ,’ राईले आफ्नो अनुभव सुनाउँदै भने । आतंककारी भनिएको समूहले देश नै कब्जा गरेको अवस्थामा सबैमा त्रास उत्पन्न हुने नै भयो । यस्तोमा ज्यान जोगाउने सबैको ध्याउन्न हुने नै भयो । यस्तो कहालीलाग्दो अवस्थामा मानिसमा त्रास उत्पन्न हुनु अस्वभाविक नभएको भन्दै पूर्णरूपमा तयारीमा अवस्थामा रहन भनिएबमोजिम तयारी अवस्थामा नै रहेको राईले अनुभव सुनाए । ‘अर्काको देशमा त्यो पनि दिनदिनै लडाइँ भइराख्ने देशमा विद्रोहीले सबैतिर कब्जा गरेको सुन्दा कसको पो मन ढुक्क हुन्छ होला र ?’ उनले प्रश्नको शैलीमा बताए । आफू अमेरिकी दूतावासमा कार्यरत रहेकाले भागिरहेका ती मानिसहरूको कहालीलाग्दो आवाज सुन्न नसके पनि हतासका साथ दौडिरहेको देख्दा त्यहाँको अवस्था भयाभह भएको प्रष्ट महसुस गर्न सकिने अनुभव छ, रार्ईको । ६ वर्षको अवधिमा यति चाँडै तालिबानले सत्ता कब्जा गर्न सक्ला भन्ने आफूलाई कहिलै पनि नलागेको उनले सुनाए । अवस्था भयाभह र त्रासपूर्ण भए पनि तालिबानले अफगानिस्तानलाई शान्तिपूर्ण रूपमा नै कब्जा गर्न सफल भएको राईको अनुभव छ । तालिबानले राजधानीभन्दा बाहिरका प्रान्तहरू कब्जामा लिने र पुनः सरकारले फिर्ता गर्ने क्रम जारी रहे पनि कुनै रक्तपातबिना देशमा विद्रोहीको पक्षमा जाला र यति छिट्टै रोजगारी गुमाउनुपर्ला भन्ने आफूले कुनै पनि दिन नसोचेका रार्ई अफगानिस्तान पुगेको ५ दिनमै नेपाल फर्किनु पर्‍यो, त्यो पनि कतारको दोहा, कुवेत हुँदै मनभरि त्रासको भारी बोकेर । उनी बिदा सकेर ९ अगस्टमा मात्रै अफगानिस्तान पुगेका थिए । डर र त्रासमा रहेको भए पनि तालिबानले विदेशीलाई देश छाड्नका लागि समय उपलब्ध गराएको उनले सुनाए । यो अवस्था आउनुमा उनीहरूमा आएको परिवर्तन हुन सक्ने उनको अनुमान छ । अफगानिस्तानमा बम–बारुद पड्कनु, झडप हुनु र मानिसको मृत्यु हुनु सामान्य हो । दैनिक २५–३० जनाको मृत्यु भएको सुन्ने गरेको भए पनि कुनै रक्तपातबिना नै सत्ता कब्जा होला भन्ने कसैले पनि अनुमान नगरेको उनले सुनाए । लामो समयदेखि अफगानस्तामा तालिबानी विद्रोही र सरकारबीच दैनिकजसो झडप भई नै रहेको हुन्थ्यो । ठूला–ठूला आवाजमा बम पड्कनु त्यहाँको दैनिकीजस्तै बनिरेको हुन्थ्यो । कहिले कार बम, कहिले आत्मघाती, कुनै नै कुनै रूपमा त्यहाँ बम नपड्केको दिन सायदै हुन्थ्यो होला । जापानका मानिसहरू जसरी भूकम्पमा दैनिकी चलाउँछन्, त्यसैगरी अफगानिस्तानमा पनि बम बारुदमा जीवन चलाउनु त्यहाँका नागरिकको दिनचर्या कै रूपमा रहने गर्दछ । तर, तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दा भने यस्तो कुनै पनि दृश्य नदेखिएको रार्ईको अनुभव छ । ‘विदेशीलाई देश छोड्न समय दिइयो । शान्तिपूर्ण रूपमा नै सत्ता कब्जा भयो र कतै पनि त्यस्तै कुनै रक्तपातको कुरा सुनिएन,’ उनले भने । कुनै दिन पनि ढुक्कले बस्न नपाइने अफगानिस्तानमा तालिबानले राजधानी काबुल कब्जा गर्दाको अवस्थामा ढुकढुकीहरू बढ्नु स्वाभाविक नै थियो । त्यहाँ बम बारुदको आवाज सुनिनु सामान्य भएको र त्यसैमा जीवनयापन गर्नु अभ्यस्त भइसकेका नागरिक र विदेशीहरू सधैँ उच्च सर्तकतामा बस्छन् । कतिखेर मरिने हो भन्ने बारेमा कसैलाई पनि जानकारी हुँदैन । रोजगारी गुमाउनुको पीडासँगै ज्यान जोगाउनुको खुसी पनि छ, राईसँग । तालिबानले कब्जा गरेपछि सोचेजस्तो भयाभह नभए पनि सबैमा एक किसिमको त्रास भने देखिएको उनले सुनाए । बन्दुकका आवाजहरू बिहानदेखि नै सुनिएको र सबैको अनुहारमा त्रासका बादलहरू मडारिएको प्रष्ट देखिन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP