Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १५ अगस्टको त्यो दिन...
१५ अगस्टको त्यो दिन...
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ८, २०७८
Bhimmani Rai
Hardik health
काठमाडौं– बिहानैदेखि बन्दुक पड्केको आवाज आइरहेको थियो । मानिसहरू हतासमा भाग्नका लागि तँछाडमछाड गरिरहेका, अनुहारमा त्रासका धर्साहरू सबैका अनुहारमा प्रष्ट देख्न सकिने । यो दृश्य हो, अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गर्दाको । १५ अगस्टको दिन तालिबानले यसैगरी राजधानी कब्जा गर्दाको एक प्रत्यक्षदर्शी थिए ओखलढुंगाको मोलुङ गाउँपालिकाका भीममणि रार्ई । विगत ६ वर्षदेखि अफगानिस्तानमा कार्यरत रार्ईले त्यो दिन बिहानैदेखि काबुलको अवस्था अरु दिनभन्दा फरक रहेको बताएका छन् । कमान्डरले त्यो दिन अरुभन्दा उच्च सतर्कताका साथ रहन भनिरहेका थिए । बाहिर मानिसको भागदौड भइरहेको थियो । अवस्था भयाभह हुँदै गएको देखिन्थ्यो । ‘तालिबानले ७२ घन्टामा देश छाड्न भनिरहेकाले मानिसको मनमा ज्यान जोगाउने कुरा मात्रै बारम्बार आउँदो रहेछ,’ राईले आफ्नो अनुभव सुनाउँदै भने । आतंककारी भनिएको समूहले देश नै कब्जा गरेको अवस्थामा सबैमा त्रास उत्पन्न हुने नै भयो । यस्तोमा ज्यान जोगाउने सबैको ध्याउन्न हुने नै भयो । यस्तो कहालीलाग्दो अवस्थामा मानिसमा त्रास उत्पन्न हुनु अस्वभाविक नभएको भन्दै पूर्णरूपमा तयारीमा अवस्थामा रहन भनिएबमोजिम तयारी अवस्थामा नै रहेको राईले अनुभव सुनाए । ‘अर्काको देशमा त्यो पनि दिनदिनै लडाइँ भइराख्ने देशमा विद्रोहीले सबैतिर कब्जा गरेको सुन्दा कसको पो मन ढुक्क हुन्छ होला र ?’ उनले प्रश्नको शैलीमा बताए । आफू अमेरिकी दूतावासमा कार्यरत रहेकाले भागिरहेका ती मानिसहरूको कहालीलाग्दो आवाज सुन्न नसके पनि हतासका साथ दौडिरहेको देख्दा त्यहाँको अवस्था भयाभह भएको प्रष्ट महसुस गर्न सकिने अनुभव छ, रार्ईको । ६ वर्षको अवधिमा यति चाँडै तालिबानले सत्ता कब्जा गर्न सक्ला भन्ने आफूलाई कहिलै पनि नलागेको उनले सुनाए । अवस्था भयाभह र त्रासपूर्ण भए पनि तालिबानले अफगानिस्तानलाई शान्तिपूर्ण रूपमा नै कब्जा गर्न सफल भएको राईको अनुभव छ । तालिबानले राजधानीभन्दा बाहिरका प्रान्तहरू कब्जामा लिने र पुनः सरकारले फिर्ता गर्ने क्रम जारी रहे पनि कुनै रक्तपातबिना देशमा विद्रोहीको पक्षमा जाला र यति छिट्टै रोजगारी गुमाउनुपर्ला भन्ने आफूले कुनै पनि दिन नसोचेका रार्ई अफगानिस्तान पुगेको ५ दिनमै नेपाल फर्किनु पर्‍यो, त्यो पनि कतारको दोहा, कुवेत हुँदै मनभरि त्रासको भारी बोकेर । उनी बिदा सकेर ९ अगस्टमा मात्रै अफगानिस्तान पुगेका थिए । डर र त्रासमा रहेको भए पनि तालिबानले विदेशीलाई देश छाड्नका लागि समय उपलब्ध गराएको उनले सुनाए । यो अवस्था आउनुमा उनीहरूमा आएको परिवर्तन हुन सक्ने उनको अनुमान छ । अफगानिस्तानमा बम–बारुद पड्कनु, झडप हुनु र मानिसको मृत्यु हुनु सामान्य हो । दैनिक २५–३० जनाको मृत्यु भएको सुन्ने गरेको भए पनि कुनै रक्तपातबिना नै सत्ता कब्जा होला भन्ने कसैले पनि अनुमान नगरेको उनले सुनाए । लामो समयदेखि अफगानस्तामा तालिबानी विद्रोही र सरकारबीच दैनिकजसो झडप भई नै रहेको हुन्थ्यो । ठूला–ठूला आवाजमा बम पड्कनु त्यहाँको दैनिकीजस्तै बनिरेको हुन्थ्यो । कहिले कार बम, कहिले आत्मघाती, कुनै नै कुनै रूपमा त्यहाँ बम नपड्केको दिन सायदै हुन्थ्यो होला । जापानका मानिसहरू जसरी भूकम्पमा दैनिकी चलाउँछन्, त्यसैगरी अफगानिस्तानमा पनि बम बारुदमा जीवन चलाउनु त्यहाँका नागरिकको दिनचर्या कै रूपमा रहने गर्दछ । तर, तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दा भने यस्तो कुनै पनि दृश्य नदेखिएको रार्ईको अनुभव छ । ‘विदेशीलाई देश छोड्न समय दिइयो । शान्तिपूर्ण रूपमा नै सत्ता कब्जा भयो र कतै पनि त्यस्तै कुनै रक्तपातको कुरा सुनिएन,’ उनले भने । कुनै दिन पनि ढुक्कले बस्न नपाइने अफगानिस्तानमा तालिबानले राजधानी काबुल कब्जा गर्दाको अवस्थामा ढुकढुकीहरू बढ्नु स्वाभाविक नै थियो । त्यहाँ बम बारुदको आवाज सुनिनु सामान्य भएको र त्यसैमा जीवनयापन गर्नु अभ्यस्त भइसकेका नागरिक र विदेशीहरू सधैँ उच्च सर्तकतामा बस्छन् । कतिखेर मरिने हो भन्ने बारेमा कसैलाई पनि जानकारी हुँदैन । रोजगारी गुमाउनुको पीडासँगै ज्यान जोगाउनुको खुसी पनि छ, राईसँग । तालिबानले कब्जा गरेपछि सोचेजस्तो भयाभह नभए पनि सबैमा एक किसिमको त्रास भने देखिएको उनले सुनाए । बन्दुकका आवाजहरू बिहानदेखि नै सुनिएको र सबैको अनुहारमा त्रासका बादलहरू मडारिएको प्रष्ट देखिन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP