Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हरिसिद्धि सडक हिलाम्मे
हरिसिद्धि सडक हिलाम्मे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ७, २०७८
harisiddi-hilo
Hardik health
ललितपुर – कर्मनाशा खोला–गोदावरी कुण्ड सडकको सुरु विन्दुका रूपमा रहेको हात्तीवन–हरिसिद्धि खण्डमा सडक अलपत्र हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । एकातिर सडकका खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको छ भने पैदलयात्रीलाई पनि छोटो दूरी हिँड्न गाह्रो भएको छ । निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्ड कालोपत्र हुन बाँकी छ । काठमाडौं उपत्यकामा विस्तारका लागि ठेक्का प्रक्रियामा गएका सबै सडक चौडाइ बढाउन नसकिएकाले अलपत्र भएपछि सरकारले झण्डै डेढ वर्षपहिले उपलब्ध चौडाइमा सडक निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उपलब्ध चौडाइमा सडक निर्माण गरेर ठेक्का बन्द गर्ने योजना बनाइएको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ । गोदावरी सडक गत असार महिनासम्ममा सडक सम्पन्न गर्ने योजना बनाइएको भए पनि कोभिड संक्रमणका कारण अवरुद्ध भएको सूचना अधिकारी अशोक यादवले जानकारी दिएका छन् । समयमा सडक कालोपत्रे गर्ने काम नसकिएपछि यात्रुलाई समस्या भएको छ । वर्षात्मा हिलो र हिँउदमा धुलोले यसखण्डको यात्रा कष्टकर बनेको यात्रुहरूको गुनासो छ । सडक दुई ठेक्कामा निर्माण भइरहेकामा औसत ८५ प्रतिशत काम सकिएको योजनाले जनाएको छ । सडकको बीचको खण्डमा निर्माण भइसके पनि सुरु र अन्तिम खण्डमा निर्माण बाँकी छ । सुरुको झण्डै एक किमी बाँकी भए पनि त्यसपछिको झन्डै तीन किमीमा कालोपत्र भइसकेको सूचना अधिकारी यादवले बताए । गोदावरी कुण्डबाट बाँडेगाउँतर्फ तीन किमीमा निर्माण भइरहे पनि सम्पन्न भइसकेको छैन । दुई तह कालोपत्र हुनुपर्नेमा एक तह भएको र एक तह बाँकी रहेको उनले बताए । यो वर्ष चाँँडो वर्षा सुरु भएकाले पनि काम चाँडो रोकिएको उनले बताए । पहिले २० मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता गरिए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले धेरै ठाउँमा सडक आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कर्मनाशा पुल कटेपछि हरिसिद्धसम्म अगाडि झण्डै एक किमी लामो २० मिटर मात्रै सडक बन्न लागेको योजना प्रमुख गुरु अधिकारीले बताएका छन् । मापदण्डअनुसार निर्माण गर्न सकिएकाले यस खण्डमा पैदल यात्रु मार्ग पनि बन्नेछ । त्यहाँबाट बाँडेगाउँसम्म उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको छ । यो खण्डमा कम्तीमा सातदेखि बढीमा १० मिटर चौडा सडक बनेको उनले बताए । बाँडेगाउँबाट गोदावरी वनस्पति उद्यानसम्म झन्डै १६ मिटर चौडा कायम गरिएको छ । सो खण्डमा भने हालका लागि पैदलयात्रु मार्ग नबनाइने प्रमुख अधिकारीले बताए । सो सडक निर्माणका लागि सबै पक्षबीच छलफल हुँदा हाललाई पैदलयात्रु मार्ग नबनाएर पछि थप चौडाइ उपलब्ध भएपछि मात्रै निर्माण गरिने सहमति भएको थियो । उनले भने, ‘झण्डै तीन किमीमा अधिकांश ठाउँमा चौडाइ १६ मिटर नै छ ।’ सो सडक कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साबिक ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । दुवै पालिकाले समन्वयका लागि पहल गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सांसद्हरूले पनि समन्वय गरिरहेका छन् । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता ०७३ असारमा भएको थियो । सरकारले झन्डै छ वर्षपहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार सुरु गरेको थियो । तीमध्ये अहिलेसम्म त्रिपुरेश्वरबाट कलंकी हुँदै नागढुंगासम्मको सडक र बिजुलीबजारको धोबीखोला पुल मात्रै सम्पन्न भएको छ । अरू सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको भए पनि सम्पन्न भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP