Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हरिसिद्धि सडक हिलाम्मे
हरिसिद्धि सडक हिलाम्मे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ७, २०७८
harisiddi-hilo
Hardik health
ललितपुर – कर्मनाशा खोला–गोदावरी कुण्ड सडकको सुरु विन्दुका रूपमा रहेको हात्तीवन–हरिसिद्धि खण्डमा सडक अलपत्र हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । एकातिर सडकका खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको छ भने पैदलयात्रीलाई पनि छोटो दूरी हिँड्न गाह्रो भएको छ । निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्ड कालोपत्र हुन बाँकी छ । काठमाडौं उपत्यकामा विस्तारका लागि ठेक्का प्रक्रियामा गएका सबै सडक चौडाइ बढाउन नसकिएकाले अलपत्र भएपछि सरकारले झण्डै डेढ वर्षपहिले उपलब्ध चौडाइमा सडक निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उपलब्ध चौडाइमा सडक निर्माण गरेर ठेक्का बन्द गर्ने योजना बनाइएको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ । गोदावरी सडक गत असार महिनासम्ममा सडक सम्पन्न गर्ने योजना बनाइएको भए पनि कोभिड संक्रमणका कारण अवरुद्ध भएको सूचना अधिकारी अशोक यादवले जानकारी दिएका छन् । समयमा सडक कालोपत्रे गर्ने काम नसकिएपछि यात्रुलाई समस्या भएको छ । वर्षात्मा हिलो र हिँउदमा धुलोले यसखण्डको यात्रा कष्टकर बनेको यात्रुहरूको गुनासो छ । सडक दुई ठेक्कामा निर्माण भइरहेकामा औसत ८५ प्रतिशत काम सकिएको योजनाले जनाएको छ । सडकको बीचको खण्डमा निर्माण भइसके पनि सुरु र अन्तिम खण्डमा निर्माण बाँकी छ । सुरुको झण्डै एक किमी बाँकी भए पनि त्यसपछिको झन्डै तीन किमीमा कालोपत्र भइसकेको सूचना अधिकारी यादवले बताए । गोदावरी कुण्डबाट बाँडेगाउँतर्फ तीन किमीमा निर्माण भइरहे पनि सम्पन्न भइसकेको छैन । दुई तह कालोपत्र हुनुपर्नेमा एक तह भएको र एक तह बाँकी रहेको उनले बताए । यो वर्ष चाँँडो वर्षा सुरु भएकाले पनि काम चाँडो रोकिएको उनले बताए । पहिले २० मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता गरिए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले धेरै ठाउँमा सडक आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कर्मनाशा पुल कटेपछि हरिसिद्धसम्म अगाडि झण्डै एक किमी लामो २० मिटर मात्रै सडक बन्न लागेको योजना प्रमुख गुरु अधिकारीले बताएका छन् । मापदण्डअनुसार निर्माण गर्न सकिएकाले यस खण्डमा पैदल यात्रु मार्ग पनि बन्नेछ । त्यहाँबाट बाँडेगाउँसम्म उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको छ । यो खण्डमा कम्तीमा सातदेखि बढीमा १० मिटर चौडा सडक बनेको उनले बताए । बाँडेगाउँबाट गोदावरी वनस्पति उद्यानसम्म झन्डै १६ मिटर चौडा कायम गरिएको छ । सो खण्डमा भने हालका लागि पैदलयात्रु मार्ग नबनाइने प्रमुख अधिकारीले बताए । सो सडक निर्माणका लागि सबै पक्षबीच छलफल हुँदा हाललाई पैदलयात्रु मार्ग नबनाएर पछि थप चौडाइ उपलब्ध भएपछि मात्रै निर्माण गरिने सहमति भएको थियो । उनले भने, ‘झण्डै तीन किमीमा अधिकांश ठाउँमा चौडाइ १६ मिटर नै छ ।’ सो सडक कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साबिक ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । दुवै पालिकाले समन्वयका लागि पहल गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सांसद्हरूले पनि समन्वय गरिरहेका छन् । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता ०७३ असारमा भएको थियो । सरकारले झन्डै छ वर्षपहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार सुरु गरेको थियो । तीमध्ये अहिलेसम्म त्रिपुरेश्वरबाट कलंकी हुँदै नागढुंगासम्मको सडक र बिजुलीबजारको धोबीखोला पुल मात्रै सम्पन्न भएको छ । अरू सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढाइएको भए पनि सम्पन्न भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP