Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दुईदिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न, ‘विकास र शान्तिका लागि कोरियाली पुनर्मिलन आवश्यक’
दुईदिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न, ‘विकास र शान्तिका लागि कोरियाली पुनर्मिलन आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ६, २०७८
2
Hardik health
काठमाडौं – अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरज सम्पन्न भएको छ । आर्थिक विकास र शान्तिका लागि कोरियाली प्रायदीपको पुनर्मिलनका सन्दर्भमा बिहीबार र शुक्रबार दुईदिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो । कोरियाली प्रायदीपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पिस फडेरेसनको आयोजनामा थिक ट्यांक २०२२ ग्लोबल फोरमले एसिया व्यासफिक स्तरीय नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौँ व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दुई कोरियाबीचको पुनर्मिलनको सम्भाव्यताबारे बोलेका थिए । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए । भर्चुअल सम्मेलन मार्फत भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको संभावनाहरू, एसियामा यसको प्रभाव र विश्व शान्तिका लागि भूमिकाको बारेमा सम्बोधन गरिने छ । सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पु¥याउँछ भन्ने होइन पूर्वोत्तर एसिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पु¥याउने बताए । सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदीपको शान्तिपूर्ण पुनर्मिलनका लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुवै कोरियाको एकीकरण बिस्तारै सम्भव बन्दै जाने बताए । युपिएफ एसिया प्यासफिकका अध्यक्षसमेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक–पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्ता कार्यक्रममार्फत कोरियाली प्रायदीपको पुनर्मिलनलाई सहयोग गर्ने उनले बताए । संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबीच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए । सम्मेलनमा भारतीय जनता पार्टीका नेता विजय जोली, बासिङ्टन टाइम्सका अध्यक्ष म्याक डेबिट, नेपालका लागि भारतीय पूर्वराजदूत केबी राजन प्रोफेसर सिर्जना थापालगायता वक्ताहरूले बोलेका थिए । सम्मेलनलाई अंग्रेजी, नेपाली, रसियन, खमेर, थाइलगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा बिभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौँको सहभागिता रहेको थियो । युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसँग सामान्य परामर्श दाता एक गैरसरकारी संगठन हो । जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमको माध्यमाबाट दुवै कोरियाको पुनर्मिलनको विभिन्न आयामको बारेमा बहस चलाउँदै आएको छ । आठ वटा सत्रमा भएको सम्मेलनमा विभिन्न क्षेत्रका विषयगत बिज्ञहरूले आफ्नो धारणा राखेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP