Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘बाघभैरव जात्रा’ स्थगित
‘बाघभैरव जात्रा’ स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २, २०७८
download
Hardik health
काठमाडौं– कोरोना भाइरसको महामारीका कारण पछिल्लो दुई वर्षयता नियमित रूपमा भइरहेको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रभावित भएका छन् । अधिकांश जात्रा, तथा मेलाहरू औपचारिकतामा सीमित गरिएको छ । विभिन्न धार्मिक स्थलहरू पनि बन्द गरिएका छन् । भक्तजनको भीड हुँदा कोरोना संक्रमण तीव्र रूपमा फैलनसक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो । कोरोना महामारीकै कारण कीर्तिपुरमा विशेष महत्वका साथ मनाइने बाघभैरव जात्रा यसवर्ष पनि स्थगन गरिएको छ । धार्मिक एवं सांस्कृतिक रूपले महत्वको कीर्तिपुरको मध्यभागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यको भनाइ छ । उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएका कारण यस स्थानको गरिमा र महत्व अझैँ बढाएको छ । पूर्व र पश्चिम लाम्चो डुंगाको आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्यभागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौंका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ । शाक्यका अनुसार कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको १ भदौ सिंह संक्रान्तिका दिन मनाउने प्रचलन छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ । १ भदौमा बाघभैरवको मूर्तिलाई स्नान गराएर विशेष पूजाआजा गर्ने प्रचलन प्राचीनकालदेखि हुँदै आए पनि खटजात्रा गर्ने प्रचलन भने ०१३ सालदेखि सुरुआत गरिएको हो । बाघभैरव जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठपटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । कोरोना कहरका कारण यस पटक भने बाघभैरव जात्रा स्थगित गरिएको हो । बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ । एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले उपत्यकाका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाएछन् । उपत्यकाका मानिसले दुःख पाएको थाहा पाएर यस क्षेत्रमा आएर दानासुरको वध गरी त्यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेको मत छ । त्यस्तै अर्को किंवदन्तीमा उत्तरतर्फको बस्तीका गोठाला यहाँस्थित जंगलमा पशु चराउन जाँदा एक दिन उनीहरूले माटाको खेलौनाका रूपमा बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ । अहिले पनि यहाँ रहेकोे बाघको मूर्तिमा जिब्रो छैन । शाक्यका अनुसार यहाँको बाघभैरव मन्दिरको जीर्णोद्धार समयसमयमा गर्ने गरिएको छ । नेपाल संवत् ६३५ मा ललितपुरका राजा जगतपाल बर्माले मन्दिरको जीर्णोद्धार गरेको पाइएको जनाउँदै उनले ०२४ सालमा राजा महेन्द्रले जीर्णोद्धार गर्न लगाएको जानकारी दिए । त्यसबेला मन्दिरको माथिल्लो छानामा तामाले छाइएको थियो । त्यस्तै यसवर्ष रु. ७० लाखको लागतमा मन्दिरको दोस्रो छानो पनि झिँगटी हटाएर तामाले छाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP