Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पशुपतिमा भक्तजनको भीड
पशुपतिमा भक्तजनको भीड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १, २०७८
CKK_KTM-50399489
Hardik health
काठमाडौं– साउन महिनाको प्रत्येक सोमबार हिन्दू नारीहरूले भगवान शिवको आराधना गरी मनाउने गर्दछन् । प्रत्येक सोमबार व्रत बसी देशभरका शिवालयमा पूजा आराधना गर्ने प्रचलन पछिल्लो दुई वर्ष यता कोरोना महामारीको कारण बिथोलिएको छ । कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै मन्दिरहरू खुला नगरिँदा भक्तजनले मन्दिरमा पूजाआराधना गर्ने अवसर पाएका थिएनन् । देशभरका शिवालय मन्दिरमध्ये पशुपतिनाथको मन्दिरको विशेष महत्व छ । साउन महिनाको सोमबार पशुपतिमा पूजा आराधना गर्ने भक्तजनको भीड थामिनसक्नुको हुने गर्दछ । तर, अहिले पशुपतिको मूल मन्दिर पनि बन्द छ । बन्दको बीचमा पनि यस वर्षको साउन महिनाको अन्तिम सोमबार भक्तजनको उल्लेख्य भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित सुरु गरेको व्रत सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरेका छन् । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा. रामचन्द्र गौतमले शिवजीले चन्द्रमालाई शीरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताएका छन् । चन्द्रमासअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशीमा सूर्य भएको सोमबार विशेषरूपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीयविधि रहेको उनी सुनाउछन् । यसवर्ष साउनमा ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेकामा अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो । नयाँ व्रत सुरु गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनिए पनि यो कुरा शास्त्रसम्मत नभएको पूर्वअध्यक्ष गौतमको भनाइ छ । शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् । यो व्रत लिनेले यस लोकमा सुख शान्ति पाउनका साथै परलोकमा सद्गति मिल्ने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र लिनुपर्छ भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः महिलाले परिवारमा सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । धेरैले शिवजीको महिना भनी साउनमा मासु र मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको भीड लाग्ने गर्छ । तर यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण बोल बम यात्रा भने विगत वर्षजस्तो हुन सकेन । भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि फाट्टफुट्टरूपमा खुला रहेका शिवालयमा भने चढाएका छन् । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाकै कारण सम्भव भएन । भोलेनाथ काँवरिया तथा बोल बम काँवरिया संघलगायत संस्थाले यसवर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । धेरैजसोले घरमा प्रत्येक वर्ष साउनको कुनै एक दिन वैदिक रुद्राभिषेकसमेत गर्ने गर्छन् । साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यसवर्ष कोरोनाको त्रासका कारण बन्द गरिएकाले भक्तजनले बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गर्दै आएका छन् । अन्तिम सोमबार भने पशुपति परिसरमा बिहानैदेखि उल्लेखनीय रूपमा भक्तजनको भीड लागे पनि मूल मन्दिरभित्र स्वास्थ्य सुरक्षाकै कारण प्रवेश गर्न नदिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । साउनको अन्तिम सोमबार राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड देखिको थियो । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर दिउँसोसम्म दर्शन गर्न व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP