Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विभिन्न जिल्लामा निषेधाज्ञा थप
विभिन्न जिल्लामा निषेधाज्ञा थप
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १, २०७८
Hardik health
धनगढी– कैलाली र कञ्चनपुर र झापामा स्थानीय प्रशासनले १० भदौसम्म निषेधाज्ञा थप गरेको छ । त्यस्तै रूपन्देहीमा जारी निषेधाज्ञा १५ भदौसम्म लम्बिएको छ भने डोटीमा ३१ भदौसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको तेस्रो लहरको सम्भावना कायम रहेको भन्दै जारी निषेधाज्ञालाई १० भदौसम्म जिल्लाभर निरन्तरता दिने आदेश गरेका छन् । प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिक स्थानमा हिँड्डुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । मास्कको प्रयोग नगर्नेलाई प्रचलित कानुन बमोजिम मंगलरबारदेखि नै जरिवाना गरिने पनि प्रशासनले जनाएको छ । जारी आदेशको पालन गर्न अनुरोध गर्दै उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजि कारबाही हुने कुरासमेत आदेशमा उल्लेख गरिएको छ । कञ्चनपुरमा पनि १० भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सोमबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आए पनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् । जारी आदेशअनुसार मानिसको बढी भीडभाड हुने सबै प्रकारका सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेस्टुरेन्ट, खेलकुदलगायत कार्यक्रम सञ्चालन गर्न पाइने छैन । त्यस्तै शैक्षिक संस्थाहरूले भौतिक रूपमा उपस्थित गराउन पाउने छैनन् । त्यस्तै रूपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि लम्बिएको छ । सोमवार बसेको डिसिसिएिमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । तिज नजिकिँदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएपछि वैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो । संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमशः खुकुलो गर्दै लगिएको छ । अहिले व्यापार व्यवसाय तथा यातायात सबै सञ्चालन भइसकेका छन् । पर्वलाई लक्षित गर्दै हुने सामूहिक कार्यक्रममा कडाइ गरिने छ भने यसअघि जारी भएको आदेशलाई निरन्तरता दिने निर्णय जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले गरेको प्रवक्ता पौडेलले बताए । डोटीमा पनि एक महीना निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा जिल्लाभित्र यातायातका सम्पूर्ण सवारीसाधन चलाउन भने पाइनेछ । पार्टी प्यालेस, जिमखाना र स्विमिङ पुलबाहेकका अन्य सबै प्रकृतिका पसलहरू बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने डोटीकी निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । निषेधाज्ञाको समयमा अनावश्यक हिँड्डुल गर्न, भीडभाड गर्न, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुदलगायत सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्युसन सेन्टर भर्चुअल माध्यमबाट मात्र सञ्चालन गर्न सकिने जनाएको छ । कोरोना महामारीको उच्च जोखिममा रहेको झापामा स्थानीय प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन खुला गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा १० दिन थप गरेको छ । तर सवारीसाधन सञ्चालन भने खुला गरिएको छ । यसअघि पछिल्ला निषेधाज्ञामा सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था थिएन ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP