Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मास्क लगाऔँ अभियान शुभारम्भ, तीन करोड मास्क बाँडिने
मास्क लगाऔँ अभियान शुभारम्भ, तीन करोड मास्क बाँडिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १, २०७८
Hardik health
भक्तपुर– ‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रूपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । सोमबार साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको सुरुवात गरेका हुन् । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिँड्ने गरेकाले प्रभावकारी नभएको बताए । उनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याए । कोभिडले विश्वलाई नै प्रभावित पारिरहँदा कोरोना भाइरस विरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गरे । स्थानीय सरकारले कोरोना भाइरस संक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै उनले भने, ‘नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो, जनता भकाभक मर्थे, कोरोना संक्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको छ, मध्यपुरथिमि नगरपालिका त नमुना नै सावित भयो, यहाँबाट हामीले पनि धेरै सिक्यौँ ।’ कोरोनाको तेस्रो लहरसँग जुध्न तयारीमा सबै स्थानीय तह रहनुपर्ने भन्दै उनले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्री अभियान’ पनि चलाएको बताए । त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको र तेस्रो लहरको जोखिम बढेको अवस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट सुरु गरिएको बताए । कोरोना प्रतिकार्यमा सफल व्यवस्थापन स्थानीय तहले गरेको छ भन्दै उनले कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताए । उनले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना संक्रमण कम हुन्छ भन्ने विश्वास रहेको भन्दै मास्क अभियानले कोभिडको तेस्रो लहरलाई परास्त गर्न कोशेढुंगा सावित हुने दाबी गरे । ‘थिमिमा आजबाट २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बंगलादेशबाट आएको पाँच लाख मास्क वितरण गर्छौँ, त्यसका लागि १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्दै मास्क कसरी प्रयोग गर्ने भनेर सिकाउने छन्,’ नगर प्रमुख श्रेष्ठले भने, ‘अमेरिकाबाट तीन करोड मास्क आउँदै छ, त्यो मास्क उपत्यका मेयर फोसममार्फत उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान चलाइनेछ ।’ स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात् ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् । कोरोना भाइरसको तेस्रो लहरलाई परास्त नगरेसम्म मास्क लगाउन छाड्दैनौँ भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई पालिकामै पहिलो अक्सिजन प्लान्ट, नेपालमै दोस्रो पिसिआर मेसिन जडान गरेको, तेस्रो लहरको तयारीका लागि २५ शैय्याको एचिओ, १५ शैय्याको आइसियु, ६ शैय्याको पेराटिक आइसियु र १० शैय्याको भेन्टिलेटर तयारी अवस्थामा राखेको बताए । त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले मास्क हातमा, गोजीमा र चिउँडोमा लगाउने प्रवृत्ति अन्त्य गर्दै सही तरिकाले मास्क लगाउन सिकाउनुपर्ने आवश्यकता औँल्याए । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP