Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्ममा फर्कने युवराजको घोषणा
फिल्ममा फर्कने युवराजको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ३२, २०७८
yubraj lama
Hardik health
काठमाडौं– लामो समयदेखि नेपाली फिल्म क्षेत्रबाट टाढा रहेका निर्माता, निर्देशक तथा कलाकार युवराज लामाले फेरि सोही क्षेत्रमा फर्कने घोषणा गरेका छन् । विशेषतः राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएपछि फिल्म क्षेत्रबाट टाढिएका उनले अब आफू फेरि फिल्म निर्माण र निर्देशनमा फर्कन लागेको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा आफूले फिल्मका लागि कथा लेख्न थालेको र यो पूरा भएपछि पटकथा र सम्वाद लेखनमा लाग्ने जानकारी दिएका छन् । फिल्म निर्माण र निर्देशनमा आफ्नो पछिल्लो संलग्नतालाई उनले ‘दोस्रो इनिङ’को संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कथा भेटियो, आजबाट वान लाइनर लेख्न सुरु भयो । सकिने बित्तिकै पटकथा अनि सम्वाद लेख्न सुरु गर्ने विचारमा पुगियो । विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको चलचित्र निर्माण र निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुँदै ।’ एक समय फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय व्यक्ति हुन्, लामा । ‘मन मन्दिर’, ‘कन्यादान’, ‘जीवन संघर्ष’, ‘देश परदेश’, ‘माउते दाइ’, ‘प्रतिज्ञा’, ‘दुलहा राजा–दुलही रानी’, ‘खेलौना’, ‘गोरेटो’लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन बढी फिल्ममा सशक्त अभिनय पनि गरेका छन् । उनलाई आज पनि दर्शकले फिल्म ‘देउता’ चलचित्रको ‘निमा’ भनेर चिन्ने गर्दछन् । ‘धर्मात्मा’पछि फिल्म निर्माण र निर्देशनबाट टाढा भएकाले उनी एक वर्ष चलचित्र विकास बोर्डमा आवद्ध भए । त्यसैबेला तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका उनले चार वर्ष राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाले । ०७२ सालपछि होटल तथा पर्यटन व्यवसायमा लागेका उनले डेढ दशकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने भएका छन् । कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई जोगाउन आफू फिल्म निर्माण र निर्देशनमा फर्किन लागेको उनले बताएका छन् । उनी आफू शून्यबाट उठ्न लागेका बताएका छन् । शून्यबाट उठ्न लागेका कारण शून्यमा रिस्क नहुने उनको बुझाइ छ । अब बन्ने फिल्मको विषयवस्तु मानिसको पोजेटिभ र नेगेटिभ मनोविज्ञानमाथि आधारित हुने उनले जानकारी दिए । लामाले पछिल्लोपटक फिल्म ‘सरौतो’मा अभिनय गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०३:५१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP