Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लामो दूरीको सवारी सल्लाघारीबाट
लामो दूरीको सवारी सल्लाघारीबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३१, २०७८
kmc-mahanagarpalika-kathmandu
Hardik health
काठमाडौं– काठमाडौं उपत्यकाबाट चल्ने लामो दूरीको सवारी साधन मनोहरा खोला कोरिडोर वा सल्लाघारीबाट सञ्चालन गर्न उपयुक्त हुने एक अध्ययन प्रतिवेदनले देखाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ती दुई मध्ये एक स्थानबाट लामो दूरीका सवारीसाधन सञ्चालनमा ल्याइए उपयुक्त हुने अध्ययनको निष्कर्ष निस्केको हो । काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा ति दुई स्थानमा बसपार्कका लागि पर्याप्त जग्गा रहेको, र ती स्थानबाट सवारी सञ्चालन गर्दा सहज हुने निष्कर्ष निकालेको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले तयार पारेको प्रतिवेदन नगर प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको छ । महानगरले ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो । तीनबुँदे उक्त प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ । संघीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ । हाल काठमाडौं महानगरपालिकाले खुला मञ्चबाट सञ्चालित बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुला मञ्चमा साबिकबमोजिम बसपार्कका रूप्मा प्रयोगका लागि माग गरे पनि महानगरपालिकाले त्यो सम्भव नहुने बताउँदै आएको छ । प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौं महानगरपालिका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ । खुला मञ्चबाट सञ्चालन भएको बसपार्क गत १७ वैशाखबाट बन्द गरेको थियो । खुला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन् । व्यवसायीको मागका विषयमा अध्ययन गर्न १५ साउनमा बसेको महानगरपालिकाको ६५औँ कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । खुलामञ्चबाट बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको र शहरमा प्रदुषणको मात्रा बढेको विभिन्न क्षेत्रबाट गुनासो आइरहेको छ । दरबार हत्याकाण्ड अगाडि तत्कालीन युवराज निराजन शाहका लागि दरबार बनाउन प्रारम्भिक तयार गरिसकेको यो जग्गामा पछि भक्तपुर नगरपालिकाले मेडिकल कलेज, भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले खेलकुद मैदान, मानव अंग प्रत्यारोपण केन्द्रलगायत विभिन्न निकायबाट विभिन्न संरचना बनाउन माग गरेका थिए । ०७२ सालको विनाशकारी महाभूकम्पपछि भने भक्तपुर जिल्लाको एक मात्र ठूलो खुला क्षेत्रका रूपमा रहेको यो चौरलाई विपद् व्यवस्थापनका लागि प्रयोग गर्ने गरी खुला नै राख्नुपर्ने भक्तपुरका बासिन्दाले आवाज उठाउँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP