Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कलाकारितामा हट एन्ड बोल्ड साक्षी
कलाकारितामा हट एन्ड बोल्ड साक्षी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०७८
Sakshi
Hardik health
काठमाडौं — कलाकारितामा नाम, दाम र चर्चा पाउनु भनेको फलामको चिउस चपाए जस्तै हो । भनिन्छ, जो कोहीका लागि यो सम्भव छैन । यो मामलामा लक्की साबित भएकी छन् साक्षी लम्साल । साक्षीले यो क्षेत्रमा दशक समेत बिताएकी छैनन् । नाम, दाम र चर्चा सवै भने पाउन सफल छिन् उनी । बिसं २०७३ बाट मोडलिङ हुँदै कलाकारितामा प्रवेश गरेकी साक्षी राम्रो पारिश्रमिक लिने कलाकारको सुचिमा पर्दछिन् । हाल ललितपुर भैसेपाटी निवासी उनको पुर्खेली घर भने नुवाकोट हो । कलाकारिता र अध्यायन सँगसँगै अगाडि बढाउदै आएकी उनको भ्वाइस आर्टिटको रूपमा एक प्रोजेटमा डब गरेर कलाकारिता सुरु गरेकी हुन् । त्यसपछि फोटो सुट हुँदै उनी टिभी, मोडलिङ, थिएटर र फिल्ममा समेत छाउन सफल रहिन् । मोडलिङको पहिलो पाइला उनले डिसहोमको बिज्ञापनबाट सुरु गरेकी हुन् । त्यसमा अभिनेत्री रीचा शर्मा लगायत चर्चित कलाकर्मी टिममा थिए । त्यसपछि एनसेल, गोल्डस्टार, अमृत तेल हुँदै उनले २० महत्वपुर्ण ब्राण्डको बिज्ञापन अभिनय गरिसकिन् । म्युजिक भिडियो भने पहिलो अभिनेता पल शाहसँग ‘सारा खुसी’ गीतको थियो । श्रेया सोताङ र अमित बिष्टको स्वर रहेको यो गीतको भिडियो जीवन थापाले निर्देशन गरेका थिए । यो गीतले उनलाई चर्चा र सफलता दुबै दिलायो । त्यसपछि एकपछि अर्काे गर्दै उनको अभिनय यात्रा अगाडि बढी रह्यो । भिडियो अभिनयको क्रममा रामकृष्ण बजगाइको निर्देशन रहेको फिल्म ‘स्वर्ग मेरो गाउँ’ उनको हात पर्यो । फिल्म अभिनयबाट उनले थप उचाही हासिल गरिन् । फिल्म अभिनयपछि उनलाई थिएटर अभिनयपनि गर्नुपर्छ भन्ने लाग्यो । उनले प्राइभेट वर्कसफ लिएर आरम्भ थिएरटबाट नाटक अभिनय सुरुवात गरिन् । आरम्भ थिएटरमा ‘सातुको कथा’ र आदीकवि भानुभक्तको जीवनमा आधारित एक नाटक गरेको उनले बताइन् । उनले अभिनय गरेको म्युजिक भिडियो डेढ दर्जन नाघेका छन् । यो सख्या तीन दर्जनबढी पनि हुन्थ्यो होला । तर, उनी चुजी भएकोले संख्या कमि भएको हो । ‘राम्रा र स्तरिय गीतको म्युजिक भिडियो मात्र मैले अभिनय गर्ने गरेको छु’ उनले भनिन् । उनले गायक रामकृष्ण ढकाल, शिव परियारसँग उनीहरूकै गीतमा मोडलिङ गरेकी छन्, भने चर्चित भिजे तथा मोडल नरेश भट्टराई, नेपाल आइडल अमित बराल, रीमा गुरुङ होडासँग अभिनय गरेको उनको गीतले पनि चर्चा पाएका छन् । कलाक्षेत्रका सुरुवातको समय उनका लागि त्यति सहज भने थिएन । यो क्षेत्रमा उनले चिनेका र सपोट गर्ने कोही थिएनन् । ‘प्रतिभा भयो भने गर्न सकिन्छ भन्ने विश्वास ममा थियो । त्यही बिश्वासका साथ संघर्ष गरिरहे’ उनले अगाडि थपिन् ‘परिवारको सपोटले पनि आट दिएको थियो ।’ संघर्षको क्रममा उनले २४ घन्टा समेत लगातार सुटिङ गरेकी छन् । त्यो क्रममा भोकै काम गरेको अनुभव पनि थुपै्र छ । जस्तै अवस्थामा कलाकारिताबाट कहिलै पिडा महशुस गरिनन् उनले । बरु आनन्द महसुस गरिन् । कारण खोलिन् ‘मनपरेको क्षेत्र भएर होला दुःख, दुःख जस्तो लागेन ।’ कामको नतिजा राम्रो आउँदा धेरै खुसी मिल्ने गरेको उनी सुनाउछिन् । नाटक, म्युजिक भिडियो, फिल्म, बिज्ञापन लगायत कलाकारिताको धेरै बिधामा क्रियासिल उनलाई अहिले बिज्ञापन र म्युजिक भिडियो सबैभन्दा सजिलो लाग्छ रे । ‘ बिज्ञापन चलचित्र र म्युजिक भिडियो छिट्टै सकिने र रिजल्ट पनि तुरुन्त पाइने भएको सजिलो लाग्छ’ उनले थपिन् ‘फिल्म र नाटक समय पनि लाग्छ र गाहे पनि छ ।’ आगामी दिनमा फिल्म अभिनयलाई समेत निरन्तरता दिने सोचमा रहेकी उनले ‘स्वर्ग मेरो गाउँ’पछि फिल्म अभिनय गरेकी छैनन् । यो भन्दैमा उनका हातमा फिल्मका अफर नपरेको भने होइन । थुप्रै अफर आएका थिए । ‘कोही निर्माण युनिट चित्त नबुझेनर, केही आफ्नो भुमिका मननपरेर रिजेक्ट गरिदिए’ उनले भन्दै थिइन् ‘गलत फिल्म गरियो भने मिहिनेतले आर्जन गरेको नाम र चर्चा अनि करियर डुब्ने डर पनि थियो ।’ पछिल्लो समय कलाकारिताको राम्रो उचाहिमा रहेकी उनको सपना कलाकारितामा कामका हिसावले सबै चिनोस् भन्ने रहेको छ । केही अगाडि उनी आफ्नो जन्मदिन पारेर अनाथहरूको सहयोगका लागि एक आश्रम पुगेकी थिइन् । त्यहाँ सबै खालमा अनाथ बालबालिका थिए । सो क्रममा एक जान दृष्टिबिहिन भाइले उनलाई दिदी तपाई त ‘तिम्रो याद भुलाउन’ बोलको गीतमा अभिनय गर्ने मानिस होइन भनेर सोधे । झट् हेर्दा बलिउड अभिनेत्री श्रद्धा कपुर झै देखिने आकर्षक शरिरकी धानी उनको अभिनयको अलवा गीत गाउन समेत रुचि रहेको छ । मौका मिले गीत निकाल्ने सोच पनि छिन् । फेसनको नयाँ नयाँ ट्रेन फलो गर्ने उनी फेसनमा रुचि पनि राख्दछिन् । उनको मनपर्ने पहिरन वान पिस हो । ‘हट एण्ड बोल्ड र ब्युटिफुल समेत म वानपिस र फ्रकमा देखिन्छु’ बोल्दै गर्दा उनी लजाइन् । प्रायः सबै कलाकार आफुलाई मनपर्ने बताउने उनको फिल्म ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्र लामिछानेसँग स्क्रिन शेयर गर्ने रहर छ’ । सबैसँग सजिलै घुलमिल हुनसक्ने उनी भेजिटेरियन हुन् । करियर र भबिश्य उज्वल बनाउन कसरत उनी अहिलेसम्म प्रेमको बिषयमा सोच्न नभ्याएको बताउँछिन् । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई प्रेरणाको श्रोत मान्ने उनले केही टेलिभिजन कार्यक्रम समेत चलाएकी थिइन् । अभिनय रोजेपछि भने जीवनमा पछि फर्किएर हेर्नु नपरेको उनी बताउँछिन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०३:५१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP