Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षक हात्ती
विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षक हात्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०७८
Hardik health
चितवन– पर्यटकलाई वनजंगल घुमाउने हात्ती आफैँले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जंगलको जनावर भएर पनि वनपाखा, खोला जंगारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । त्यसो त यसलाई राणाहरूले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ । नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गरेका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउँछन् । यो निकुञ्ज ०३० सालमा विधिवत् रूपमा स्थापना भएको हो । यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउँछन् । पर्साको चारकोशे झाडीमा जंगबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, ‘रामायण र महाभारतजस्ता ग्रन्थहरूमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।’ हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ । यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउँछन् । यादवले भने, ‘हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।’ निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतका कार्य हात्तीले गर्दै आएका छन् । वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चाबाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् । हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउँछन् । निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन् । सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन् । कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०÷१० वटा हात्ती रहेका छन् । सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ । सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ । सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ । निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउँछन् । हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ । वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो । यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०३:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP