Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रकम नपाएपछि डिएफओद्वारा अनुदान दिन इन्कार
रकम नपाएपछि डिएफओद्वारा अनुदान दिन इन्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २८, २०७८
patra
Hardik health
ओखलढुंगा– डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुखले ज्ञानकुमार लामाले घुस रकम दिन इन्कार गर्ने सेवाग्राहीलाई अनुदान उपलब्ध गराउन इन्कार गरेपछि सेवाग्राहीले मर्कामा परेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । विनियोजित बजेट कार्यन्वयनको शिलशिलामा छनोट भएका सेवाग्राहीलाई तोकिएको काम गर्न लगाएर आर्थिक वर्षको अन्त्यमा रकम भुत्तानी नदिएर सेवाग्राहीह्रूले क्षतिपूर्ति माग गर्दै उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव समक्ष उजुरी गरेको भए तापनि त्यसको सुनुवाइसमेत नभएको उनीह्रूको गुनासो छ । आर्थिक वर्ष ०७७/७८ का लागि विभिन्न शिर्षकमा विनियोजित कार्यक्रमअनुसार सरोकारवालाह्रूको सहभागितामा अनुदानका लागि छनोट भएको करिब २० लाख रकम बराबरको काम सम्पन्न गर्न छनोट भएका लाभग्राहीलाई रकम भुक्तानी गर्न इन्कार गरेका हुन् । उनले जिल्लामा सञ्चालन हुने लिखु चम्पादेवी सबडिभिजन भवन निर्माणलगायत अधिकांश कार्यक्रमह्रूबाट रकम घुसबापत लिएको उनीमाथि आरोप लागेको छ । यसरी आफूलाई रकम दिन इन्कार गर्ने सेवाग्राहीलाई कार्यालय प्रमुखको पदीय मर्यादा र जिम्मेवारीको समेत ख्याल नगरी रकम मागेको भन्दै नाम नखुलाउने सर्तमा सेवाग्राहीले गुनासो गर्दै आएका छन् । ‘डिभिजन वन कार्यालयका कर्मचारीह्रूले तोकेअनुसारको काम सम्पन्न गरी रकम भुक्तानीका लागि कार्यालयमा जाँदा कार्यालय प्रमुख आफैँले रकम मागको रकम नदिए रकम निकासा दिन आफू बाध्य नहुने भन्दै आफूह्रूलाई फिर्ता पठाइयो,’ उनीह्रूले गुनासो गरे । अधिकृत लामाले कार्यालयबाट सञ्चालित दर्जनभन्दा बढी कार्यक्रमबाट रकम असुलेको जानकारह्रू बताउँछन् । उनले आफ्ना कार्यालयका कर्मचारीलाई उपलब्ध गराएको अनुदानको भुक्तानी दिए तापनि सर्वासाधारणसँग भने खुलेआम रूपमा रकम माग गरेको पाइएको छ । कार्यालयमा प्राप्त भएका अधिकांश कार्यक्रममा सरोकारवालालाई जानकारी समेत नदिई आफूखुसी वितरण गरेर उपभोक्तासँग रकम असुलेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको पाइएको छ । आफूले विरुवा खरिद गरिदिने भन्दै नर्सरी व्यवसायीह्रूसँग समेत रकम माग गरको व्यवसायीह्रूले गुनासो गरका छन् । ओखलढुंगा जिल्लाका लागि प्रदेश तथा संघ सरकारको तर्फबाट फलफूल विरुवा खरिद तथा रोपण एवं जडिबुटी कार्यक्रमका लागि विनियोजित रकमका लागि सार्वजनिक सूचना आह्वान गरी सरोकारवालाको बैठकले लाभग्राही छनोट गर्ने काम भए तापनि कार्यालय प्रमुखका कारण कार्यान्वयन हुन नसकेको कार्यालयका सूचना अधिकारी जमानसिंह मोक्तानले बताए । उनले छनोट भएका सेवाग्राहीलाई काम सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारीले लगाएको भए तापनि कार्यालय प्रमुखको इच्छाशक्ति नहुँदा आफूह्रूले सेवाग्राहीह्रूलाई न्याय गर्न नसकेको बताएका छन् । कार्यालयले ताकेता गरे अनुसार आफूले सामुदायिक वन समूहमा तोकिएका १ हजार तेजपातको विरुवा खरिद गरी रोप्ने काम गरेको भए तापनि सो बापतको भुक्तानी नहुँदा समस्या भएका च्यानडाँडा सामुदायिक वन समूह सुनकोसी–५ का अध्यक्ष पञ्चे तामाङले गुनासो गरे । डिभिजन प्रमुख लामाको निर्देशनअनुसार समुदायमा गएर आफूले तोकेको काम गर्न लगाएको भए तापनि काम गरेका उपभोक्ताह्रूलाई रकम भुक्तानी नगरी कार्यालय प्रमुखले गल्ती गरेको सुनकोसी मोलुङ सबडिभिजन प्रमुख एवं सहायक वन अधिकृत प्रमोद ठाकुरले गुनासो गरे । सेवाग्राही मात्र नभएर डिभिजन वन अधिकृत लामाको रबैयाले अधिकांश कर्मचारीसमेत रुष्ट भएको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०३:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP