Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रकम नपाएपछि डिएफओद्वारा अनुदान दिन इन्कार
रकम नपाएपछि डिएफओद्वारा अनुदान दिन इन्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २८, २०७८
patra
Hardik health
ओखलढुंगा– डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुखले ज्ञानकुमार लामाले घुस रकम दिन इन्कार गर्ने सेवाग्राहीलाई अनुदान उपलब्ध गराउन इन्कार गरेपछि सेवाग्राहीले मर्कामा परेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । विनियोजित बजेट कार्यन्वयनको शिलशिलामा छनोट भएका सेवाग्राहीलाई तोकिएको काम गर्न लगाएर आर्थिक वर्षको अन्त्यमा रकम भुत्तानी नदिएर सेवाग्राहीह्रूले क्षतिपूर्ति माग गर्दै उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव समक्ष उजुरी गरेको भए तापनि त्यसको सुनुवाइसमेत नभएको उनीह्रूको गुनासो छ । आर्थिक वर्ष ०७७/७८ का लागि विभिन्न शिर्षकमा विनियोजित कार्यक्रमअनुसार सरोकारवालाह्रूको सहभागितामा अनुदानका लागि छनोट भएको करिब २० लाख रकम बराबरको काम सम्पन्न गर्न छनोट भएका लाभग्राहीलाई रकम भुक्तानी गर्न इन्कार गरेका हुन् । उनले जिल्लामा सञ्चालन हुने लिखु चम्पादेवी सबडिभिजन भवन निर्माणलगायत अधिकांश कार्यक्रमह्रूबाट रकम घुसबापत लिएको उनीमाथि आरोप लागेको छ । यसरी आफूलाई रकम दिन इन्कार गर्ने सेवाग्राहीलाई कार्यालय प्रमुखको पदीय मर्यादा र जिम्मेवारीको समेत ख्याल नगरी रकम मागेको भन्दै नाम नखुलाउने सर्तमा सेवाग्राहीले गुनासो गर्दै आएका छन् । ‘डिभिजन वन कार्यालयका कर्मचारीह्रूले तोकेअनुसारको काम सम्पन्न गरी रकम भुक्तानीका लागि कार्यालयमा जाँदा कार्यालय प्रमुख आफैँले रकम मागको रकम नदिए रकम निकासा दिन आफू बाध्य नहुने भन्दै आफूह्रूलाई फिर्ता पठाइयो,’ उनीह्रूले गुनासो गरे । अधिकृत लामाले कार्यालयबाट सञ्चालित दर्जनभन्दा बढी कार्यक्रमबाट रकम असुलेको जानकारह्रू बताउँछन् । उनले आफ्ना कार्यालयका कर्मचारीलाई उपलब्ध गराएको अनुदानको भुक्तानी दिए तापनि सर्वासाधारणसँग भने खुलेआम रूपमा रकम माग गरेको पाइएको छ । कार्यालयमा प्राप्त भएका अधिकांश कार्यक्रममा सरोकारवालालाई जानकारी समेत नदिई आफूखुसी वितरण गरेर उपभोक्तासँग रकम असुलेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको पाइएको छ । आफूले विरुवा खरिद गरिदिने भन्दै नर्सरी व्यवसायीह्रूसँग समेत रकम माग गरको व्यवसायीह्रूले गुनासो गरका छन् । ओखलढुंगा जिल्लाका लागि प्रदेश तथा संघ सरकारको तर्फबाट फलफूल विरुवा खरिद तथा रोपण एवं जडिबुटी कार्यक्रमका लागि विनियोजित रकमका लागि सार्वजनिक सूचना आह्वान गरी सरोकारवालाको बैठकले लाभग्राही छनोट गर्ने काम भए तापनि कार्यालय प्रमुखका कारण कार्यान्वयन हुन नसकेको कार्यालयका सूचना अधिकारी जमानसिंह मोक्तानले बताए । उनले छनोट भएका सेवाग्राहीलाई काम सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारीले लगाएको भए तापनि कार्यालय प्रमुखको इच्छाशक्ति नहुँदा आफूह्रूले सेवाग्राहीह्रूलाई न्याय गर्न नसकेको बताएका छन् । कार्यालयले ताकेता गरे अनुसार आफूले सामुदायिक वन समूहमा तोकिएका १ हजार तेजपातको विरुवा खरिद गरी रोप्ने काम गरेको भए तापनि सो बापतको भुक्तानी नहुँदा समस्या भएका च्यानडाँडा सामुदायिक वन समूह सुनकोसी–५ का अध्यक्ष पञ्चे तामाङले गुनासो गरे । डिभिजन प्रमुख लामाको निर्देशनअनुसार समुदायमा गएर आफूले तोकेको काम गर्न लगाएको भए तापनि काम गरेका उपभोक्ताह्रूलाई रकम भुक्तानी नगरी कार्यालय प्रमुखले गल्ती गरेको सुनकोसी मोलुङ सबडिभिजन प्रमुख एवं सहायक वन अधिकृत प्रमोद ठाकुरले गुनासो गरे । सेवाग्राही मात्र नभएर डिभिजन वन अधिकृत लामाको रबैयाले अधिकांश कर्मचारीसमेत रुष्ट भएको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०३:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP