Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोपमा अनियमितता नभएको मन्त्रालयको दाबी
खोपमा अनियमितता नभएको मन्त्रालयको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
Hardik health
विराटनगर– कोरोनाविरुद्ध लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसंख्या रहेको यो प्रदेश १ मा कोभिशिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दोस्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भेरोसेल सिंगल डोजको पहिलो पटक एक लाख ४५ हजार ८०० र दोस्रो पटक ३२ हजार ४००, डबल डोजको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९६० र पछिल्लो पटक अमेरिकन जोनसन एण्ड जोनसनको ४८ हजार भाइल प्रदेशमा आएको छ । खोप अहिलेसम्ममा कोभिशिल्ड तीन लाख नौ हजार २४६ जनालाई पहिलो डोज दिइसकेको र दोस्रो डोज ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ । यस्तै भेरोसेल पहिलो डोज तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो डोज ६६ हजार ३३९ र पछिल्लो जोनसनको ६६ हजार ९०३ जनालाई खोप लगाउने काम सम्पन्न भएको छ । मन्त्रालयले जापान र भुटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिशिल्ड पहिलो डोज लगाएको मानिसलाई लगाउने योजना छ । प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ८८ हजार ४१५ जना संक्रमित भए पनि ७९ हजार ४५० जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय संक्रमित छन् । साथै एन्टिजेन परीक्षण सुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा संक्रमण देखिएको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन् । कोरोनाका कारण मृत्यु हुनेमा ५४८ महिला र एक हजार १३४ पुरुष छन् । यसबाट बच्न र बचाउन मानिसले स्वास्थ्य आचारसंहिता पालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने जस्ता विधिलाई जीवन पद्धतिमा उतार्नुपर्ने मन्त्रालयको सुझाव छ । प्रदेशमा अहिले कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल विराटनगर, विराट मेडिकल कलेज, नोबेल अस्पताल कञ्चनबारी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कन्काई अस्पतालमा पिसिआर परीक्षण भइरहेको छ । कोरोनाको महामारी शान्त नभएका अवस्थामा तेस्रो लहर आउने सम्भावनाप्रति प्रदेश १ को सामाजिक विकास मन्त्रालय सचेत भएर काममा जुटेको छ । लगभग प्रदेशको सबै जिल्लामा देखिएको कोरोनाबाट नागरिकलाई पार लगाउन मन्त्रालयले हिमाल, पहाड र तराईका जिल्लाको भूगोलको अवस्था हेरेर अस्तालमा कार्यरत चिकित्सकको तलब वृद्धि गरेको छ । सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताइन् । उनले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाली क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३०० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकलाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिइन् । उनले कोभिडले आक्रान्त पारेको अहिले अवस्थामा नागरिकलाई खोप लगाउन प्रदेश सरकार प्रतिबद्ध भएको बताइन् । उनले प्रदेश सरकारलाई खोप खरिद गर्ने अधिकार नभएको र यसका लागि संघीय सरकारसँग नै समन्वय गर्नुपर्ने भएकाले खोप केन्द्रमा प्राप्त भएपछि प्रदेशले पनि आवश्यकताअनुसार प्राप्त गर्दै जाने बताइन् । मन्त्री राईले गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले १० लाख र नसक्नेले १० मात्र सहयोग गर्न अपिल पनि गरिन् । रासस
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP