Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • छन्देले मिलाएको जीवनको छन्द
छन्देले मिलाएको जीवनको छन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २५, २०७८
Chande_1
Hardik health
काठमाडौं– तनहुँको भीमादबाट हाँस्य कलाकार बन्ने उद्देश्य नै लिएर काठमाडौं आएका गोपाल ढकालको जीवनको छन्द खासै मिलिरहेको थिएन । अभिनयकर्म मै भविष्य खोज्न सुरिएका उनलाई सुरुमा अभिनय गर्नका लागि प्लेटफर्म पाउनै मुस्किल थियो । काठमाडौं आएर पढाइसँगै अभिनय सिक्न थाले । उनले पाएसम्मका अभिनयको अवसर सदुपयोग गर्न थाले । उनले २०६० सालमा निर्माण गरिएको ‘बुद्धको पाइला’ नामक टेलिचलचित्रबाट अभिनय यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि उनले वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ मा पनि अभिनय गरे । तर, त्यतिबेलासम्म पनि उनी दर्शकको नजरमा पर्न सकिरहेका थिएनन् । हाँस्य कलाकार बन्ने अठोट लिएका उनले चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरिरहेको हाँस्य टेलिसिरियल ‘तीतो सत्य’को तेस्रो भागदेखि नै अभियनको अवसर पाए । दीपक–दीपाले कुरा गर्दा पनि सबै छन्दमा गर्ने एउटा पात्रको कल्पना गरे । उक्त पात्रका लागि गोपाललाई छनोट गरियो । दीपक–दीपाले अभिनयप्रतिको उनको लगाव तथा मेहनत देखेर नै उक्त रोल दिएको उनी सम्झन्छन् । उनले ‘तीतो सत्य’मा जे भन्दा पनि छन्द मिलाएर भन्ने पात्रलाई दर्शकले अधिक रुचायो । उनले तीतो सत्यको तीन सय भागसम्म काम गरे । त्यतिबेलासम्म गोपालको नामको पछाडि ‘छन्दे’ उपनाम नै झुन्डियो । ‘तीतो–सत्य’मा नामको पछाडि जोडिएको ‘छन्दे’ले उनको जीवनको ‘छन्द’ समेत मिलाइदियो । उनी सम्झन्छन्, ‘अभिनयबाट जीवन चल्दैन कि भनेर म निरास बनिसकेको थिएँ, तर, जब ‘छन्दे’को रोलमा देखिए त्यसपछि अभिनय यात्राका कहिल्यै पछाडि फर्कनु परेन । ‘छन्दे’ले त मेरो जीवनको छन्द नै मिलाइदियो ।’ ‘छन्दे’को जन्मसँगै उनले विभिन्न स्टेज कार्यक्रम, सिनेमामा अभिनयको अवसर मात्र पाएनन्, उनले विभिन्न व्यवसायिक विज्ञापनमा अभिनयको अवसर पाए । उनले अभिनय गरेको शालिमार सिमेन्ट, बोनस चाउचाउ, वाईवाई ५०–५० चाउचाउ, डन साबुन, अनुपम पेलेट दाना, मनकामना मनी एक्स्प्रेस, कान्तिपुर मल, भोटाहिटी जुत्ता बजार, ज्योति बजार सपिङ मललगायत धेरै कमर्सियल टिभी विज्ञापनहरुमा बजारमा चर्चित भए । शालिमार सिमेन्टले त उनलाई ‘ब्रान्ड एम्बासडर’ नै नियुक्त गरेको थियो । शालिमारको विज्ञापनले ‘वेस्ट टेलिभिजन कमर्सियल अवार्ड’ जितेको थियो । दुई दशकदेखि कला क्षेत्रमा समर्पित उनले अहिलेसम्म आइपुग्दा हाँस्यकलाकार, गायक, अभिनेता, निर्देशक एवं गीत तथा लघुकथा लेखकका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् । गोपालले ‘गीताञ्जली’, ‘भद्रगोल’, ‘परिचय’, ‘मेरी बास्सै’, ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’, ‘घैँटामा घाम’, ‘ताइ न तुइ पारा उहीँ’, ‘जालझेल’, ‘टेन्सन साफ’, ‘साहारा’, ‘राजश्री फिल्मी चक्कर’, ‘टेन टु फाइभ’, ‘ट्वाक्क टुक्क रिटन्र्स्’, ‘शेर्पा दाइ’लगायत दुईदर्जन बढी टेलिशृंखलामा काम गरिसकेका छन् । ‘टेन्सन साफ’ उनी आफैँले लेखन तथा निर्देशन गरेको ‘कमेडी सिरियल’ थियो । उनले ठूलो पर्दाका चलचित्रहरूमा पनि काम गरेका छन् । उनले ‘सावधान’, ‘भाइमारा’, ‘विष’, ‘छ एकान छ’, ‘दाइको ससुराली’, ‘दानवीर’, ‘देशदेखि विदेश’, ‘हात लाग्यो शून्य’, ‘इशारा’, ‘जंगबाज’, ‘जुत्ता खाने बुहारी’, ‘खोज’, ‘मन परेपछि’, ‘नमस्ते’, ‘पहिलो–पहिलो माया’, ‘नमस्ते नेपाल’, ‘पर्खिबसेँ’, ‘सपनाको नौलो संसार’, ‘वडा नं. छ’, ‘युद्ध’, ‘लभ यु हमेशा’, ‘पोइ प¥यो काले’लगायत कुल २६ वटा ठूलो पर्दाको चलचित्रमा काम गरिसकेका छन् । गोपाल लघु कथा र गीत पनि लेख्छन् । उनी आफैँ गाउँछन्, संगीत पनि भर्छन् । उनले लेखेको गाएका, संगीत भरेका र म्युजिक भिडियोमा अभिनय गरेका केही गीतहरुमध्ये ‘ फूलमा माहुरी’, ‘इन्डियामा जागिर खाको छु’, ‘कान्छी सानी छ’, ‘उडायो रेलैले ठाडो कपाल तोरीको तेलैले’, ‘झ्याप झ्याप्प लभ’, ‘धोती न टोपी’, ‘काली गोरी’लगायत हुन् । उनले स्टेज कार्यक्रमदेखि सडक नाटकसमेत गरेका छन् । सडक नाटक लिएर उनले देशको कुना कुनासम्म चाहारेका छन् । सडक नाटक लिएर उनी नेपालको ५५ जिल्लामा पुगेका छन् । कार्यक्रमको सिलसिलामा धेरै अन्य देशको भ्रमण पनि गरेका छन् । उनले बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्यान्डस, लग्जमबर्ग, बेलायत, स्कटल्यान्ड, वेल्स, भारत, कतार, दुबई, मलेसिया, थाइल्यान्ड, लाओसलगायत देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् । गोपालले देश विदेशमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सम्मान तथा अवार्डसमेत पाइसकेका छन् । उनले ‘पिम्प नेपाल फेस्टिभल’, ‘डि सिने अवार्ड’, ‘बक्स अफिस’सहित थाइल्यान्ड र दुबईमा आयोजित ‘छायाछबी ओनर अवार्ड’ मा ‘वेस्ट कमेडी एक्टर’अवार्ड पाएका छन् । तनहँ‘मै विद्यालय तहको शिक्षा पूरा गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा कलाशास्त्रमा स्नातक गरेका छन् । त्यसबाहेक उनले भारतीय दूतावासको छात्रवृत्तिमा, भारतको पुणेमा ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया’ (एफटिआइआई)बाट अभिनयको विशिष्ट कोर्स पूरा गरेका छन् । विभिन्न २० देशका कलाकारहरूसँग उनले त्यहाँ अभिनय सिक्ने मौका पाएका थिए । त्यहाँ अध्ययनका लागि संसारभरका आठ सय कलाकारले आवदेन दिएका थिए । त्यसमध्ये २० जनाभित्र उनी पर्न सफल भए । उनी नेपालबाट अध्ययनका लागि छानिएर देशकै प्रतिनिधित्व गर्दै त्यहाँ पुगेको थिए । एफटिआइआईमा छानिएको क्षणले आज पनि उनलाई गौरवको महसुस गराउँछ । त्यस अवसरमा धेरै कुरा सिक्न पाएको र आफ्नो अभिनय कला अझ निखारिएको उनको अनुभव छ । त्यसपछि उनले नेपाल आएर आधा दशकसम्म नेपाली युवाहरुलाई अभिनय कला सिकाएका पनि थिए । गोपाल नेपाल चलचित्र कलाकार संघका निर्वाचित सदस्य, टेलिभिजन कलाकर्मी मञ्च नेपालका सदस्य, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का सदस्य सचिव पनि हुन् । चलचित्र क्षेत्रको विकासका लागि लागिपरेका उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । कोरोना महामारीका कारण समस्यामा परेको धेरैलाई उनले राहत दिएका छन् । ‘आज म जे जस्तो अवस्थामा छु त्यो सबै दर्शक, स्रोतकै देन हो । त्यसैले मेरो दर्शकलाई समस्यामा पर्दा सहयोग गर्नु मेरो कर्तव्य हो,’ उनको प्रष्ट धारणा छ । कोरोना महामारीका कारण चलचित्र क्षेत्र प्रभावित भएकाले फुर्सदिला भए । यही मेसोमा बैबाहिक बन्धनमा पनि बाधिँए । निषेधाज्ञाकै बीचमा गत वैशाखमा ३४ वर्षको उमेरमा उनलाई बिहे गर्ने फुर्सद मिल्यो । उनी समाजसेवाका साथै कोरोना महामारी ठीक भएलगत्तै अभिनय क्षेत्रमा धेरै काम गर्ने योजनामा छन् । त्यसबाहेक उनी नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न लागि परेका छन् । प्रस्तुतिः भक्त राई
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०३:५५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP